الحديث الأول


 ARBAUNA


” إنما الأعمال بالنيات “

عن أَمِيرِ المُؤمِنِينَ أَبي حَفْصٍ عُمَرَ بنِ الخطَّابِ رَضِيَ اللهُ عَنْهُ قَالَ : سَمِعْتُ رَسُولَ اللهِ صلى الله عليه وسلم يَقُولُ:[إِنَّما الأَعْمَالُ بالنِّيَّاتِ وإنَّما لكُلِّ امْرِىءٍ ما نَوَى، فَمَنْ كانَتْ هِجْرَتُهُ إلى اللهِ ورَسُولِهِ فَهِجْرَتُهُ إلى اللهِ ورَسُولِهِ، ومَنْ كانَتْ هِجْرَتُهُ لِدُنْيا يُصِيبُها أو امْرأةٍ يَنْكِحُها فَهِجْرَتُهُ إلى ما هَاجَرَ إليه

رَوَاهُ إِمَامَا الْمُحَدِّثِينَ أَبُو عَبْدِ اللهِ مُحَمَّدُ بنُ إِسْمَاعِيل بن إِبْرَاهِيم بن الْمُغِيرَة بن بَرْدِزبَه الْبُخَارِيُّ وَأَبُو الْحُسَيْنِ مُسْلِمٌ بنُ الْحَجَّاج بن مُسْلِم

الْقُشَيْرِيُّ النَّيْسَابُورِيُّ رَضِيَ اللهُ عَنْهُمَا فِي “صَحِيحَيْهِمَا” اللذينِ هُمَا أَصَحُّ الْكُتُبِ الْمُصَنَّفَةِ


 شرح الحديث مع فضيلة الشيخ مُحَمّد بن صَالِح العُثَيْمِين رحمه الله 


हदीस- १


 (कर्म त नियतमा निर्भर हुन्छ)

अमिरुल मोमिनीन अबू हफ्स उमर विन खत्ताब (रज़ि) द्वारा भनिएको छ, मैले अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैही वसल्लम) ले भन्नु भएको सुनेको थिए-कर्म त नीयतमा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, जो कसैले पनि अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम)ِ को लागि प्रवास गयो त उसको प्रवास अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम) को लागि हो र जसले संसारिक फाईदा प्राप्त गर्नका लागि प्रवास जान्छ अर्थात कुनै नारीसँग विवाहको लागि प्रवास जान्छ भने उसको प्रवास त्यसैको लागि मानिन्छ जसको लागि उसले प्रवास गएको थियो   (हदीस- बुखारी, मुस्लिम)