तपाईको आर्थिक कारोबार

अल्लाहले गाँस, बास र कपासकै पूर्तिको लागि मेहनत र मजदुरी गर्ने आदेश दिनु भएको छ। यी कुराहरु यसरी स्पष्ट हुन्छन्…  

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मानिस भिख माग्दा-माग्दै अल्लाहकहाँ पुग्छ, तर उसको अनुहारमा मासुको एक चोक्टा पनि हुँदैन।” (श्रोत- बुखारी : १४०५, मुस्लिम : १०४०)  

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसलाई भोकमरी लाग्यो र त्यसको निवारणको लागि मानिसकहाँ जान्छ भने उसको समस्या समाधान नहुन पनि सक्छ, तर जसले आफ्नो समस्या अल्लाहकहाँ लिएर जान्छ भने उहाँले त्यसलाई पूरा मात्र होइन, बरु आत्मनिर्भर बनाई दिनुहुन्छ।” (श्रोत- अहमद : ३८६९, अबु-दाऊद : १६४५)