पैगम्बर मुहम्मद (स.) को जीवन एक नमूना

शुभ जन्म (Birth)

         ,,तपाई,, मक्का शहरको बनुहाशिम नामक घाटीमा बसन्त ऋतुमा जन्मिनु भयो । र, यो सोमबरको दिन बिहीनको समय थियो । त्यो दिन 9

रबिउल अव्वल थियो र यो पनि भनिन्छ कि त्यो दिन 12 तारीख थियो । वर्ष त्यही थियो जसमा अबराहाले मक्कामाथि आक्रमण गरेको थियो । उसले

साथमा हात्ति पनि ल्याएको थियो र अरबीमा हात्तीलाई ,,फील,, भनिन्छ । यस कारणले यस वर्षको नाम ,आमुलफील, पर्न गयो । त्यो दिन अप्रिल

22 तारीख 571 ई. थियो ।

         जन्मको समयमा सुडिनीको काम ,,औफ रजि.,, का पुत्र अब्दुर्रहमान की आमा अर्थात अम्रुकी छोरी शिफाले गरिन् ।

         जब तपाईं पैदा हुनु भयो तब तपाईं की माता को शरीरबाट एक ज्योति निस्कियो जसले सिरीया देशको महल प्रकाशनमा भयो । अनि

माताले अब्दुल मुत्तलिबकहाँ तपाईंको शुभ जन्मको सुसमाचार पठाउनु भयो । उहाँ हर्षकासाथ आउनु भयो र तपाईंलाई कावामा लगेर अल्लाह

तआला संग ,दुआ, गर्नु भयो यस आशाका साथ कि तपाईंको प्रशंसा हुनेछ, तपाईंको नाम मुहम्मद राख्नुभयो । अनि अरबी चलन अनुसार सातौं

दिन ,अकीका, र ,खत्ना, गराउनु भयो । मानिसहरुलाई निम्तो दिनुभयो ।

         तपाईंलाई तपाईंको पिताका दासी (लौण्डी) आइमनकी आमाले काखमा खेलाउने गर्थिन् । उनी हब्शी थिइन् र उनको नाम ,बरकत, थियो ।

अल्लाहले उनीमाथी ठूलो उपकार गरे । उनीले तपाईंको जमाना पाइन् । इस्लाम कबूल गरिन् क ,हिजरत, पनि गरिन् । अनि तपाईंको देहावसानको

5-6 महीना पछि आफ्नो इहलीला समाप्त गरिन् ।

रेजाअत (दूध पिलाउने)

         तपाईंको मातापछि सबभन्दा पहिले अबू लहब की दास थुवैबाले तपाईंलाई दूध खुवाइन् । त्यति बेला उनको आफ्नो बच्चा जसले दूध

पिइरहेको थियो, को नाम ,मसरुह,थियो । थुवैबाले तपाईंभन्दा पहिला अब्दुल मुत्तलिबका पुत्र हम्जा र तपाई पछि अबु सल्मा बिन् अब्दुल असद्

मख्जूमीका पुत्र अबु सल्मालाई पनि दूध खुवाएकी थिइन् । अर्थात् यी तीनै तपाईंको दूधे भाइ भए ।

हलीमा सआदियाको काखमा

         अरबका शहरीयाहरुको चलन थियो कि आफ्नो बच्चालाई शहरी रोगबाट बचाउनका लागि उनीहरुलाई दूध खुवाउने जनजाति (बदवी)

महिलाहरुलाई सुपुर्द गरिदिने गर्दथे ताकि उनीहरुको शरीर मजबूत र उनीहरुका षअरबी भाषा, शुद्ध र ठोस बनोस् । यसै चलन अनुसार अब्दुल

मुत्तलिबलाई पनि दूध चुसाउने धाईआमाको खोजी थियो । उता हवाजनका पुत्र बक्रः बक्रः का पुत्र सअदको वंशका केही आइमाइहरु यसै उद्देश्यले

मक्का आए र उनीहरुका अगाडि बालक मुहम्मदलाई पनि पेश गरियो । तर, जब उनीहरुलाई यो थाहा हुन्थ्यो कि तपाईं ,टुहुरो, हुनुहुन्छ तब

उनीहरुले तपाईंलाई जिम्मा लिन अस्वीकार गर्दथे ।

         एक महिला ,हलीमा, जो अबू जोवैबकी छोरी थिइन्, लाई कुनै बच्चा प्राप्त भएन । यसर्थ उनले विवश भएर तपाईंलाई नै लिइन् । तर जब

तपाईंलाई लिइन् तब उनको सौभाग्यको यस्तो ढोका खुल्यो कि संसार आश्चर्यचकित भयो । यसको एक झलक तल वर्णन गरिन्छ ।

         हजरत हलीमाको पिता अबू जुवैबको नाम अब्दुल्लाह बिन हारिस थियो । उ तपाईं स. का दूधे हजुरबा हुन् । हलीमाको पतिको नाम हारिस

बिन अब्दुल उज्जा थियो । यी दुबै कबीला सअद बिन बक्रः बिन हवाजिनसँग समबन्ध राख्दथे । हारिसका छोरा छोरीहरु जो तपाईंको दूधे भाइ-

बहिनी हुन्, तिनका नाम यस प्रकार छन्- अब्दुल्लाह, अनीसा र जुदामा यिनको उपनाम ,शीमा, खियो । पछि उनी तुल्नात्मक हिसाबले अग्ली थिइन्

र नबी सल्लल्लाहु अलैहि वसल्लमलाई काखमा खेलाउने गर्दाथिन् ।

हलीमाको घरमा बरकत नै बरकत

         जस्तो कि माथि नै संकेत गरिएको छ कि जब सम्म नबी सल्लल्लाहु अलैहि सल्लम हलीमाको घरमा रहनु भयो, उनको घर बरकत

(अभिबृद्धि) ले मालामाल रह्यो । हलीमाको बयान छ कि जब उनी मक्का आएकिथिइन् तब खडेरीको जमाना थियो । उनीसंग एक ,गधा, थियो जो

यस प्रकार कमजोर र दुब्लो थियो कि पुरा ,काफ्ला, मा सब भन्दा ढिलो हिड्दथ्यो । एक ,ऊँटनी, पनि थिइन् । तर त्यसले एक थोपा पनि दूध

दिंदैनथिन् । हलीमाको आफ्नो बच्चा भोकको छट्पटाइले पुरा रात रुने कराउने गर्दथ्यो, न स्वंय सुत्थ्यो, न आमा बुबालाई सुत्न दिन्थ्यो ।

         जब उनले बालक मुहम्मद सल्लल्लाहु इअलैहि वसल्लम लाई लिएर आफ्नो डेरामा आइन् र काखमा राखिन् तब स्तन दूधले भरियो ।

तपाईंले पेटभरी पिउनुभयो र तपाईंको साथै हलामाको बच्चाले पनि धितमारी पियो, अनि दुबै आरामका साथ सुते ।

         उता पति उठेर ऊँटनीनिर गएपछि देख्दछन् कि थनबाट दूध टप्कनै आँटेको छ । तसर्थ उनले यसप्रकार दूध दूहे कि दुबैले खुबै अघाएर

पिए र एकदमै आरामलेको रात गुजारे ।

मक्काबाट फिर्तीमा ,हलीमा, यसै कम्जोर गधामा सवार भइन् र आफ्नो साथमा बालक मुहम्मदलाई पनि लिइन् । तर यति बेला त्यही गधा यसरी तेज

हिंड्यो कि पुरै काफ्लालाई उछिनेर अगाडि निस्क्यो र कुनै गधा उसको रफ्तारको सामना गर्न सकेन ।

         हजरत हलीमाको बसाइ क्षेत्र ,बनू सआद, सबभन्दा बढी सुखा र खडेरी लाग्ने इलाका थियो । तर त्यसको बावजूद पनि मक्काबाट फिर्ता

आएपछि उनको यो हालत भयो कि जब बाख्रीहरु चरेर आँउदथे तब तिनीहरुको भुँडी टन्न भरिएको हुन्थ्यो र थून पनि दूधले भरिएका हुन्थे । पति-

पत्नीखूब दूध दुहुँदथे र पिउँदथे । जबकि कुनै अन्य मानिसलाई दूधको एक थोपाको पनि सौभाग्य प्राप्त हुन्थेन ।

         यसरी यस परिवीरलाई निरन्तर लाभ र अभिबृद्धि (बरकत) प्राप्त भइह्यो । यहाँसम्म कि दुई साल बितीसक्यो र ,दूध पिलाउने, अवधि

(रेजाअत) समाप्त भयो । यसर्थ माता हलीमाले तपाईंको ,दूध, छुटाइदिइन् । यस अवधिमा तपाईं हृष्टपुष्ट र तागतिलो भइसक्नु भएको थियो ।

अझै थप अवधिसम्म माता हलीमाका साथ

         माता हलीमाको परम्परा नै भइसकेको थियो कि उनले नबी सल्लल्लाहु अलैहि वसल्लमलाई हरेक 6 महिनापछि मक्का ल्याउँथिन् । माता र

परिवारका सदस्यहरुसंग भेट गराउँथिन् । अनि आफ्नो बासस्थान ,बनू सआद, फिर्ता लग्थिन् । जब ,रेजाअत, अर्थात दूधे बालकलाई दूध चुसाउने

अवधि समाप्त भयो र दूध छोडाएर तपाईंलाई तपाईंको माता कहाँ ल्याइन् तब अझसम्म जुन लाभ र बरकत देखिसकेकि थिइन् त्यसलाई ध्यानमा

राखेर उनी चाहन्थिन् कि तपाईंलाई उनीसंग रहन दिइयोस् । तसर्थ उनले तपाईंको मातासित अनुरोध दिइयोस् ताकि ऊ अझ हृष्टपुष्ट होओस् । यस

कारणले कि मक्काको महामारीबाट डर लाग्दछ, माता उनीसंग राजी भएन् । हलीमा हर्षले गद्गगद् भई तपाईंलाई लिएर आफ्नो घर फिर्ता भइन् ।

लगभग थप दुई वर्षसम्म त्यहीं उहांकोबसाई रह्यो । अनि तपाईंको

बक्षस्थल चिरिन्छ

         मालिकका पुत्र अनस रजियल्लाहु अन्हुको कथन छ कि नबी सल्लल्लाहु अलैहि वसल्लम् बच्चाहरुका साथ खेलिरहनु भएको थियो कि हजरत

जिब्ईल अलैहिस्सलाम आए र तपाईंलाई सुताएर (पल्टाएर) छाती (बक्षस्थल) चिरिदिए । अनि तपाईंको मुटु निकाले र त्यसबाट एक चोक्टा

निकालेर भने कि यो तिमीमा शैतानको हिस्सा (भाग) हो । अनि मुटुलाई सुनको थालमा जमजमको पानीले धोएर जोडिदिए र त्यसै ठाउँमा

पल्टाइदिए । उता बच्चाहरु दौड्दै तपाईंको माता अर्थात् धाइआमाकहाँ पुगे र भन्न थाले कि मुहम्मदको हत्या गरिदियो । उनीहरु तुरुन्त गई हेरे-

मुहम्मदको अनुहार उदास थियो । हजरत अनसको कथन छ ,, मैले तपाईंको छातीमाथि सिलाइको असर देख्ने गर्दथे,, ।

प्रतिलिपि हाम्रो सौगात 2055 बाट