इस्लाममा घरपरिवारको स्थान

इस्लामले घरपरिवारलाई दिएको प्राथमिकता निम्न बुँदाहरुबाट प्रष्ट हुन्छ-

  1. १) इस्लामले विवाह गर्न र सुन्दर संसार बसाउन हौसला प्रदान गरेको छ। यसलाई महान सत्कर्म र रसूलहरुको तरिका भनेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “म कहिले ब्रत बस्छु र कहिले बस्दिनँ, राति सलाह पढ्छु र आराम पनि गर्छु अनि म बिहे पनि गर्छु। मेरो तरिकाबाट जो विमुख हुन्छ त्यो हामीमध्येको होइन।” (श्रोत- बुखारी : ४७७६, मुस्लिम : १४०१)
  1. २) इस्लामले घरपरिवारका प्रत्येक सदस्यलाई आत्मसम्मान प्रदान गरेको छ, चाहे पुरुष होस् वा महिला…

इस्लामले बालबालिकाको शिक्षा-दिक्षा र गतिलो संस्कारको महान जिम्मेवारी आमा-बुवालाई सुम्पेको छ। उमर-पुत्र अबदुल्लाह (रजियल्लाहु अन्हुमा) भन्नु हुन्छ, मैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई यी कुराहरु भन्दै गरेको सुनेको थिएँ… “तिमीहरु सबै जिम्मेवार व्यक्ति हौ र तिमीहरु आफ्नो जिम्मेवारीप्रति सोधिनेछौ, मुस्लिमको इमाम (हाकिम) सम्पूर्ण मुस्लिमहरुको जिम्मेवार व्यक्ति हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ, पुरुष आफ्नो घरको अभिभावक हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ, श्रीमती आफ्नो श्रीमानको घरको जिम्मेवार हुन् र उनीसित उनको जिम्मेवारीप्रति सोधिनेछ, नोकर मालिकको धन-सम्पत्तिको जिम्मेवार व्यक्ति हो र ऊ सित उसको जिम्मेवारीप्रति सोधिनेछ।” (श्रोत- बुखारी : ८५३, मुस्लिम : १८२९)

  1. ३) इस्लामले आमा-बुवालाई सम्मान र सत्कार दिनका साथै उनीहरुको आज्ञापालन र हेरचाह गर्न सधैं तयार रहने आदेश दिएको छ…

इस्लामले आमा-बुवालाई सम्मान र सत्कार गर्ने प्रेरणा दिएको छ।  .

छोरा-छोरी जति सुकै ठूलो भए पनि उनीहरुले आमा-बुवाको आज्ञापालन र उनीहरुसित भद्र व्यवहार गर्नु पर्छ। किनभने उनीहरुको आज्ञापालनलाई आल्लाहको उपासनासँग गाँसिएको छ। उनीहरुको कुरा काट्नु, उनीहरुसित ठूलो स्वरले बोल्नु वा हप्काउनु त परै जाओस्, उनीहरुलाई उफ भन्नसमेत अवैध गरिएको छ। अल्लाहले भन्नु भएको छ… “तिम्रो ईश्वरले निर्णय गर्नु भएको छ कि मात्र उहाँको उपासना गर र माता-पितासँग भद्र व्यवहार गर। उनीहरूमध्ये एक वा दुवै बुढेसकालमा पुगेका छन् भने उनीहरुलाई उफ पनि नभन, उनीहरुलाई नहप्काउ बरु उनीहरूसित आदरपूर्वक कुरा गर।” (श्रोत- सूरह बनी-इस्राइल : १७/२३)

  1. ४) सन्तानको हक अधिकारलाई सुरक्षित राख्न अनि उनीहरूको आय-व्ययलगायत सम्पूर्ण कुराहरुमा न्याय-निसाफ गर्न आदेश दिएको छ।
  2. ५) साइनोलाई बलियो र गाढा बनाउनु अनिवार्य छ, चाहे त्यो आमा पट्टिको होस् या बुवा पट्टिको, जस्तै…

दाजु-भाइ, दिदी-बहिनी, काका, फुपू, मामा, सानिमा र उनीहरुका सन्तानहरु। इस्लामले यसलाई ठूलो सत्कर्म र साइनो तोड्न वा उनीहरूसँग नराम्रो व्यवहार गर्नलाई ठूलो पाप घोषित गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “साइनो तोड्ने स्वर्गमा कदापि प्रवेश गर्न सक्दैन।” (श्रोत- बुखारी : ५६३८, मुस्लिम : २५५६)

इस्लाममा नारीको स्थान

इस्लामले नारीलाई ठूलो सम्मान प्रदान गरेको छ। नारी न त पुरुषको दासी हो, न कुनै सस्तो खेलौना ! इस्लामले नारीलाई छुट्टै पहिचान र अधिकार दिएको छ, तीमध्ये केही अधिकारहरु यसप्रकार छन्…

इस्लामले यी महिलाहरुको हेरचाहमाथि जोड दिएको छ-

आमा- अबु-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, एक जना सहाबीले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित प्रश्न गर्यो : मेरो सेवा, माया र आदरका सबभन्दा नजिकको हकदार को हो ? उहाँले जवाफ दिनु भयो… तिम्री आमा, उसले फेरी सोध्यो : त्यसपछि को ? उहाँले जवाफ दिनु भयो… तिम्री आमा, उसले फेरी सोध्यो : त्यसपछि को ? उहाँले तेस्रो पल्ट जवाफ दिनु भयो… तिम्री आमा, उसले फेरी सोध्यो : त्यसपछि को ? उहाँले (चौथो पल्टमा) जवाफ दिनु भयो… तिम्रो बुवा।” (श्रोत- बुखारी : ५६२६, मुस्लिम : २५४८)

छोरी- आमिर-पुत्र उक्बा (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ कि मैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई भन्दै सुनेको थिएँ… “जसको तीनवटा छोरीहरु छन्, उसले आफ्नो छोरीहरूलाई पर्याप्त माया गर्छ, गाँस, बास र कपासको व्यवस्था गर्छ भने तिनीहरु आफ्नो बुवाको लागि नरकको बाधक बन्नेछन्।” (श्रोत- इब्ने माजा : ३६६९)

श्रीमती- आईशा (रजियल्लाहु अन्हा) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो… “तिमीहरुमध्ये त्यो व्यक्ति प्रतिष्ठित हो, जो आफ्नो घरपरिवारसँग भद्र व्यवहार गर्दछ र म आफ्नो घरपरिवारसित भद्र व्यवहार गर्दछु।” (श्रोत- तिर्मिजी : ३८९५)

श्रीमान र श्रीमती रथका दुई पाङ्ग्राहरु झैं एक अर्काका पूरक हुन्। सभ्य समाज निर्माणमा एकले अर्काको कमीलाई पूरा गर्छ।

दुवै लिङ्गमा कुनै प्रतिस्पर्धा छैन-

महिला र पुरुषको झगडाले गर्दा नै कतिपय समाजमा पुरुषले महिलामाथि दमन गरेको छ भने कतिपय समाजमा महिलाहरु आफ्नो उद्देश्यदेखि विमुख भएर कुबाटोमा लागेका छन्, तर वास्तवमा दुवै लिङ्गमा कुनै प्रतिस्पर्धा छैन।

अल्लाहको विधानदेखि टाढा नभएको भए यस्तो कहिल्यै पनि देखा पर्ने थिएन। अल्लाहले भन्नु भएको छ… “अल्लाहले एकलाई अर्कामाथि जुन श्रेष्ठता प्रदान गर्नु भएको छ, त्यसको कामना नगर। पुरुष आफ्नो कर्मको भागीदार हो र महिला आफ्नो कर्मको भागीदार हो, अल्लाहको कृपाको लागि दुआ गर।” (श्रोत- सूरह अन्-निसा : ४/३२) यसरी हरेकको आ-आफ्नो विशेषता, काम र मर्यादा छ, हरेकले अल्लाहको कृपा र खुशी पाउन प्रयास गर्नु पर्छ। इस्लामि विधान मात्र पुरुष वा स्त्रीको लागि भनेर आएको छैन, यो त सिङ्गो संसारकै लागि आएको छ।

इस्लामि सिद्धान्त अनुसार दुवै लिङ्गमा कुनै झगडा र युद्धको स्थान छैन। पुरुषले महिलाको विरुद्धमा र महिलाले पुरुषको विरुद्धमा अभियान चलाउनु, एकले अर्कासँग बदला लिनु र अर्काको कमीकमजोरीलाई खोज्दै हिंड्नु व्यर्थ हो।

एकातिर यी सबै बेकारका कुराहरु हुन् र अर्कोतिर इस्लामबाट टाढा भएको र एक अर्काको कार्य क्षेत्रलाई राम्रोसँग नबुझेको हुनाले यो विकृति भित्रिएको देखिन्छ। सबैले अल्लाहको कृपाको लागि दुआ गरिराख्नु पर्दछ।