पुस्तक अधिवेशनहरु (इस्तेलाहात पुस्तक)

1- सहाह सित्तः- हदीसको 6 सहीह पुस्तकहरु बुखारी,मुस्लिम,अबुदाऊद,निसाई,तिर्मिजी,इब्ने माजःलाई सहाह सित्त भनिन्छ ।

 

2-जामेअः- जुन हदीसमा इस्लामको बारेमा सबै छलफलहरु उदाहरणार्थः अकाएद,अहकाम,तफसीर(व्याख्या),स्वर्ग, नर्क, इत्यादी उपलब्ध होस् जामेअ भनिन्छ ।

 

3- सुननः- जुन पुस्तकमा मात्र अहकामको विषय बारे अहादीस सङ्कलन गरिएको हुन्छ सुनन् भनिन्छ जस्तै ,,सुनन् अबु दाऊद,,

 

4-मुस्नदः- जुन पुस्तकमा क्रमिक (तर्तीब वार) प्रत्येक सहाबीको हदीस संयुक्त गरिएको ,,मुस्नद,, भनिन्छ जस्तै ,,मुस्नद अहमद,,

 

5-मुस्तख्रजः- जुन पुस्तकमा एक किताबको अहादीस कुनै अर्को सनद बाट रिवायत गरिएको ,,मुस्तख्रज,, भनिन्छ जस्तै ,,मुस्तख्रज अल इस्माइली अल् बुखारी,,

 

6-मुस्तद्रकः- जुन पुस्तकमा एउटा मुहद्दिसको शर्तहरु सेट गरिएको अनुसार अहादीस जम्मा गरिएको, जुन त्यो मुहद्दिसले आफ्ना पुस्तकमा  प्रविस्ट (दर्ज) गरिएन ,,मुस्तद्रक कहलाउँ छ । जस्तै

,,मुस्तद्रक

हाकिम,,

7- अर्बईनः- जुन पुस्तकमा 40 अहादीस संकलन गरिएको ,,अर्बईन,, भनिन्छ जस्तै ,, अर्बईन नव्वी,,

 

*जुन हदीसको रावी प्रत्येक युगमा दुई भन्दा बढी हुन्छ ,,मश्हूर,, र जुन हदीसको रावी कुनै युगमा मात्र दुई रहन्छ ,, अजीज,, र जुन हदीसको रावी कुनै युगमा एउटै हुनु भयो ,, गरीब,, भनिन्छ