हदीस

हदीस २ (

 December 19, 2012

हदीस जिब्रील

यो हदीस पनि हज़रत उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो,वहाँ भन्नु हुन्छ- एक दिन हामी अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसेका थियौं अचानक एक जना मानिस हाम्रो सामने आयो, जसले सेतो कपडा लगाएको थियो र उसको कपाल कालो थियो, त्यो व्यक्तिमा यात्राको कुनै असर देखिंन्थ्यो र न हामीहरु मध्य कसैले उसलाई चिन्थ्यौ, त्यो व्यक्ति अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को सामने आफ्नो घुँडा रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को घुडासँग मिलाएर बस्यो र आफ्नो हात रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को तिघ्रामा राख्यो र भन्न थाल्यो ए मुहम्मद ! मलाई इस्लामको बारेमा बताउनुहोस् । तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो इस्लाम यो हो कि तिमी यो गवाही देऊ कि अल्लाहको सिवाय कोही पूज्यनिय छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको रसूल हो, नमाज पढ्नु, जकात दिनु, रमज़ानको रोजा राख्नु र अल्लाहको घरमा हज (तिर्थ यात्रा) गर्न जानु यदि आर्थिक क्षमता छ भने । उसले भन्यो, तपाईले सही भन्नुभयो । हामीलाई यस कुरामा आश्चार्य लाग्यो कि उसले प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ।

हदीस ३

यो हदीस अबू अब्दुर्हमान अब्दुल्लाह (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन)  उमरपुत्र खत्ताब रज़ियल्लाहु अन्हुमा (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) भन्नु भयो, मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट सुनेको थिए, वहाँले भन्नुभयो,- “इस्लामको जग पाँच चीजमा राखिएको छ,- यस कुराको प्रतिज्ञा गर्नु कि अल्लाह बाहेक कोही सत्य पूजनिय छैन र म यस कुराको प्रतिज्ञा गर्छु कि हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुनुहुन्छ, नमाज (प्रार्थना) पढ्ने गर्नु, जकात (दान) दिनु, र अल्लाहको घरकोहज्जगर्नु, रमज़ानको रोजा (ब्रत) राख्नु,  (बुखारी, मुस्लिम)

हदीस ४ (मानव सृष्टिको अवस्था)

 January 2, 2013

तिमीहरु हरेकको रचनातत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा….

मानव सृष्टिको अवस्था

अबू अब्दुर्रहमान अब्दुल्लाह बिन मस्ऊद रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको छ,- वहाँ भन्नुहुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो,- जो सच्चा छ र जसको सच्चाई सबैले मान्दछ, “तिमीहरु हरेकको रचनातत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा रहन्छ, फेरि त्यतिनै अवधि मासुको डल्लोको रुपमा रहन्छ, अनि अल्लाहको आदेशानुसार फरिश्ताले (इश्दुत) त्यसमा प्राण हाल्नु हुन्छ, अनि चार कुराको आज्ञा हुन्छ,- उसको जीविका, उसको उमेर, उसको काम कर्तव्य र उसको भाग्य राम्रो या नराम्रो ।

हदीस ४ (मानव सृष्टिको अवस्था)

 January 2, 2013

तिमीहरु हरेकको रचनातत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा….

मानव सृष्टिको अवस्था

अबू अब्दुर्रहमान अब्दुल्लाह बिन मस्ऊद रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको छ,- वहाँ भन्नुहुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो,- जो सच्चा छ र जसको सच्चाई सबैले मान्दछ, “तिमीहरु हरेकको रचनातत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा रहन्छ, फेरि त्यतिनै अवधि मासुको डल्लोको रुपमा रहन्छ, अनि अल्लाहको आदेशानुसार फरिश्ताले (इश्दुत) त्यसमा प्राण हाल्नु हुन्छ, अनि चार कुराको आज्ञा हुन्छ,- उसको जीविका, उसको उमेर, उसको काम कर्तव्य र उसको भाग्य राम्रो या नराम्रो ।

हदीस ५ (धर्ममा नयाँ अविष्कार देखि निषेध)

 January 14, 2017

जो कसैले यस्तो कार्य गर्छ, जुन हाम्रो धर्मसँग सम्बन्धित नियममा छैन भने त्यो स्वीकार्य हुँदैन । (मुस्लिम)

धर्ममा नयाँ अविष्कार देखि निषेध

सम्पूर्ण मोमिन (मुसलमान) का आमा उम्मे अब्दुल्लाह आइशा रज़ियल्लाहु अन्हाबाट वर्णन गरिएकोछ, वहाँ भन्नु हुन्छ,- मलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयोः- जो कोही पनि हाम्रो यस धर्ममा नयाँ चीज लागु गर्न खोज्छ अथवा आविष्कार गर्छ जुन त्यसमा पहिले देखिथिएन त्यसलाई रद्द गरिन्छ । (हदीस-बुखारी)

हदीस ७ धर्मको नाम उपदेश र भलाई चाहनु हो

 June 15, 2017

धर्मको नाम उपदेश र भलाई चाहनु हो

हदीस ७ धर्मको नाम उपदेश र भलाई चाहनु हो

अबू रुक़ैया तमीम बिन औसअद्दारी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएकोछ- नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः- धर्मको नाम उपदेश र भलाई चाहनु हो, हामीले भन्यौ, कस्को लागि ? वहाँले भन्नुभयो, अल्लाह र उहाँको किताब, उहाँको दूत, मुसलमानको इमाम (अगुवा) र सम्पूर्ण मुसलमानको लागि । (मुस्लिम)

हदीस ८ (मुस्लिममा जीवन र धनको सुरक्षा)

 June 4, 2013

हदीस ८ (मुसलमानको ज्यान र सम्पत्तिको प्रतिरक्षा)

इब्ने उमर रजियल्लाहु अन्हु बर्णन गर्नु हुन्छ,- अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लमले भन्नुभयो- मलाई आदेश आएको छ कि म मानिससँग लडाई गर्नु यहाँसम्म कि उनीहरु यस कुराको गवाही दिउँन कि अल्लाह बाहेक कोही सत्य  पूजनिय छैन र मुहम्म्द सल्लल्लाहु अलैही वसल्लम अल्लाहको रसूल हुन्,

साथै नमाज पढ्नु, र जकात दिनु, यदि यस्तो गर्छन भने मबाट उनीहरु आफ्नो रगत(ज्यान) र मालको सुरक्षा गर्नेछन्, तर कानूनको उल्लंघन गरेको छ भने उसले सजाय पाउनै पर्छ । यो नै ईस्लामिक हक, अधिकार र माग हो । र उनको हिसाब (लेखोजोखो) अल्लाह तआलाको जिम्मा हुनेछ ।” (बुखारी, मुस्लिम्)

स्रोतः- चालिस हदीस

लेखकः- इमाम यह्या बिन शर्फ़ुद्दीन अन-नववी

हिन्दी अनुवादकः- कौसर यजदानी

नेपाली अनुवादकः- मुहम्मद इब्राहिम खरेल

हदीस १४ (मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा)

 January 24, 2017

मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा

हदीस १४  मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा

इब्ने मस्ऊद (रज़ियल्लाहु अन्हु) बयान गर्नु हुन्छ,- अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, “अल्लाहले त्यस मुस्लिमको रगत बगाउन अवैध गर्नु भएको छ जसले अल्लाहलाई उपास्य र मलाई अल्लाहको सन्देष्टा हुने गवाही दिन्छ, यी तीन अवस्थाहरु बाहेक,

१. विवाहित व्यक्ति व्यभिचार गर्छ भने,

२. ज्यानको बदला ज्यान लिनु परेमा,

३. मुस्लिम भएपछि आफ्नो धर्म छोड्छ र मुस्लिम समूहबाट अलग रहन्छ भने।” (बुखारीमुस्लिम)

ब्याख्या

(क) विवाहित व्यक्ति व्यभिचारी यदि विवाहित पुरुष हो या नारी उनीहरुले ब्याभिचार गरेको चार गवाहीद्वारा प्रमाणित भएमा साथै उनीहरु मुस्लिम भए उनीहरुलाई इस्लामिक शरिया (कानून) बमोजिम सार्वजनिक ठाउँमा मनिसहरुलाई भेला गरी अपराधीलाई ढुंगाले हानेर (संगसार) हत्या गरिन्छ।

(ख) ज्यानको बदला ज्यान- यदि कसैले कुनै निरअपराध व्याक्तिको ज्यान लिन्छ भने उसलाई पनिइस्लामिक शरिया (कानून) बमोजिम फाँसी दिइन्छ ।यदि पीडित पक्षलेब्लड मानी लिएर फासी सजायबाट मुक्त गर्न चाहन्छ भने उसले फाँसीबाट त जोगिन्छ तर ब्लड मनी दिएर सजाया अवधीभरी जेल बस्नु पर्ने हुन्छ।

(ग)मुस्लिम भएपछि आफ्नो धर्म छोड्छ र मुस्लिम समूहबाट अलग रहन्छ भने- यदी कोही व्यक्ति इस्लाम धर्ममा आएर पनि फेरी इस्लाम धर्म छोड्छ भने उसलाई पनि हत्या गरिन्छ। यसकुराको प्रमाणको लागि अर्को हदीसबाट प्रष्ट पार्न चाहन्छु।

मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा

इब्ने उमर (रज़ियल्लाहु अन्हुमा) बर्णन गर्नु हुन्छ; अल्लाहको रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभयो; “मलाई आदेश आएको छ कि म मानिससँग लडाई गर्नु यहाँसम्म कि उनीहरु यस कुराको गवाही दिउँन कि अल्लाह बाहेक कोही वास्तविक  पूजनीय छैन र मुहम्म्द (सल्लल्लाहु अलैही व सल्लम) अल्लाहका रसूल हुन्, साथै नमाज पढ्नु, जकात दिनु, यदि यस्तो गर्छन भने मबाट उनीहरु आफ्नो रगत (ज्यान) र मालको सुरक्षा गर्नेछन्, तर इस्लामको हक बाँकी रहनेछ, र जसले कानूनको उल्लंघन गरेको छ भने उसले सजाय पाउँछ । यो नै इस्लामिक हक, अधिकार र माग हो । र उनको हिसाब (लेखाजोखा) अल्लाह तआलाको जिम्मा हुनेछ ।” (बुखारी, मुस्लिम्)

स्रोतः चालिस हदीस

नेपाली अनुवाद

अनुवादकः केदार नाथ खरेल

आई.पि.सी. अफिस, कुवैत

नेपाली विभाग शिक्षक

हदीस नं. १० दुआ स्वीकार हुने अवस्था

 August 9, 2015

हदीस नं. १० (दुआ स्वीकार हुने अवस्था)

हदीस नं. १० दुआ स्वीकार हुने अवस्था

हज़रत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ, रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभयो; अल्लाह तआला पवित्र हुनुहुन्छ र पवित्र कुरालाई नै स्वीकार गर्नु हुन्छ। अल्लाहले आस्थावानहरुलाई त्यही हुकुम दिनु भएको छ जुन रसूलहरुलाई दिनु भएको थियो र अल्लाह तआलाको भनाई छ; ए रसूल ! मैले प्रदान गरेको पवित्र रोजीरोटी खाऊ र उत्तम कर्म गर । र अल्लाह तआलाको भनाई छ; हे आस्थावानहरु हो ! हामीले प्रदान गरेका पवित्र खानेकुराहरु खाऊ, फेरि रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले एउटा यस्तो मानिसको बारेमा बताउनु भयो जो लामो यात्रा गर्दछ, बिग्रेको कपाल र धुलोले पूरै जीउ भरिएर मैलो भएकोछ, त्यो मानिस आफ्नो दुबै हात माथि उठाउँदै भन्दछ । हे पालनहार ! हे पालनहार ! जब कि उसको खाना अवैध छ, उसले लगाएको कपडा अवैध छ, अवैध चीजबाट उसको पालन पोषण भएकोछ, फेरी कसरी उसको दुआ स्वीकार हुन्छ त ?  (मुस्लिम)

हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)

 June 18, 2017

हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)

अमिरुल मोमिनीन अबू हफ्स उमर विन खत्ताब (रज़ि) द्वारा भनिएको छ, मैले अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैही वसल्लम) ले भन्नु भएको सुनेको थिए-कर्म त नीयतमा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, जो कसैले पनि अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लामको लागि प्रवास गयो त उसको प्रवास अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम) को लागि हो र जसले संसारिक फाईदा प्राप्त गर्नका लागि प्रवास जान्छ अर्थात कुनै नारीसँग विवाहको लागि प्रवास जान्छ भने उसको प्रवास त्यसैको लागि मानिन्छ जसको लागि उसले प्रवास गएको थियो (हदीस- बुखारी, मुस्लिम)

Subcategories

IslamNepal.com

Go to top