हदीस २ (
December 19, 2012
हदीस जिब्रील
यो हदीस पनि हज़रत उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो,वहाँ भन्नु हुन्छ- “एक दिन हामी अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसेका थियौं अचानक एक जना मानिस हाम्रो सामने आयो, जसले सेतो कपडा लगाएको थियो र उसको कपाल कालो थियो, त्यो व्यक्तिमा यात्राको कुनै असर देखिंन्थ्यो र न हामीहरु मध्य कसैले उसलाई चिन्थ्यौ, त्यो व्यक्ति अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को सामने आफ्नो घुँडा रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को घुडासँग मिलाएर बस्यो र आफ्नो हात रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को तिघ्रामा राख्यो र भन्न थाल्यो ‘ ए मुहम्मद ! मलाई इस्लामको बारेमा बताउनुहोस् । तब अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो इस्लाम यो हो कि तिमी यो गवाही देऊ कि अल्लाहको सिवाय कोही पूज्यनिय छैन र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको रसूल हो, नमाज पढ्नु, जकात दिनु, रमज़ानको रोजा राख्नु र अल्लाहको घरमा हज (तिर्थ यात्रा) गर्न जानु यदि आर्थिक क्षमता छ भने । उसले भन्यो, तपाईले सही भन्नुभयो । हामीलाई यस कुरामा आश्चार्य लाग्यो कि उसले प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ।
इमाम नववीको भूमिका
सबै प्रशंसा संसारको पालनहार अल्लाहको लागि हो । आकाश र पृथ्वीलाई थामने र सृष्टिको नीति नियम बनाउने वाला जसले विभिन्न संदेष्टाहरुलाई आफ्ना भक्तहरुको मार्गदर्शन र नियम सिकाउनका लागि पुरै
प्रमाणको साथ पठायो । सम्पुर्ण सुख सामाग्री माथि उसको प्रशंसा वर्णन गर्दछु र अरु अनुकम्पा र दान श्रेष्ठताको आशा गरि प्रार्थना गर्दछु । म गवाही दिन्छु कि अल्लाह बाहेक कोही वास्तविक उपास्य छैन, उसको कोही
साझेदार छैन, उ एक्लै सबैको मालिक, दया र क्षमा गर्ने वाला हो । र यसको गवाही दिन्छु कि हाम्रो सरदार मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहको भक्त,रसूल,उसको प्रिय र मित्र र सृष्टिमा सर्वोत्तम हुन् ।
अल्लाहले उहाँलाई सधैंको चमत्कार पवित्र कुरआन र सुन्नत द्वारा पठायो जुन मार्गदर्शन चाहनेहरुका लागि प्रकाश हुन् । हाम्रो सरदार मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम जवामिउल कलिम (तत्वपुर्ण सुभाषि) र सरल
धर्मको दृष्टिले धेरै प्रमुख हुन् । उहाँ र सम्पुर्ण नबी र रसूलहरु, उनका परिवार,अनुयायीहरु र सम्पुर्ण शुभकर्म गर्नेहरु माथि अल्लाहको दया र सलाम होस् ।
अम्मा बअद – हजरत अली बिन अबू तालिब, अब्दुल्लाह बिन मसऊद, मुआज बिन जबल, अबु दर्दा, इब्ने उमर, इब्ने अब्बास, अनस बिन मालिक, अबु हुरैरः र अबु सईद खुद्री रजियल्लाहु अन्हुम् अजमईन्
द्वारा अन्य बाटो र विभिन्न रिवायतहरु बाट हामीले बयान गरेका छौं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ : (जुन सुकै व्यक्तिले मेरो उम्मत (सम्प्रदाय) का लागि त्यसको धर्मको बारेमा
चालीस हदीस कण्ठ गर्यो भने उसलाई परलयको दिन आलिम (धर्मगुरु) र फकीह (धर्मशास्त्रि) हरुको गिरोहमा उठाइने छ) । (बैहकी) एक अर्को रिवायतमा छ : (अल्लाह उसलाई फकीह र आलिमहरुको हैसियतले उठाउने
छ) । अबु दर्दा रजियल्लाहु अन्हुको रिवायतमा छ : म कियामत (परलय) को दिन उसको लागि सिफारिसी र गवाह रहने छु) । इब्ने मसऊद रजियल्लाहु अन्हुको रिवायतमा बयान गरिएको छ कि : (उसलाई भनिने छ
कि तिमी जन्नत (स्वर्ग) को जुन बाटोमा चाहौ त्यसबाट प्रवेश गर) । र इब्ने उमर रजियल्लाहु अन्हुको रिवायतमा छ : (उसलाई आलिमहरुको गिरोहमा लेखिदिने र शहीदहरु संग उठाइने छ) । हदीस विशेषज्ञहरु यस
माथि सहमत छन् कि यो हदीस कमजोर छ, यधपि विभिन्न बाटोहरु बाट बयान गरिएको छ ।
यस विषयमा आलिमहरुद्वारा अनगिन्त पुस्तकहरु लेखिएका छन् । जहाँ सम्म मलाई थाहा छ कि यस विषयमा सर्वपर्थम पुस्तक अब्दुल्लाह बिन मुबारक द्वारा तय्यार गरिएको , यस पछि महागुरु मुहम्मद
बिन असलम तुसी, फेरि हसन बिन सुफ्यान नेसाई, अबु बक्र आजुर्री, अबु बक्र मुहम्मद बिन इब्राहीम अस्फहानी, दारकुत्नी, हाकिम, अबु नुऐम, अबु अब्दुर्रहमान सुलमी, अबु सईद मालिनी, अबु उसमान साबुनी, अबु
अब्दुल्लाह बिन मुहम्मद अनसारी, अबु बक्र बैहकी (रहमतुल्लाहि अलैहिम अज्मईन) र अघिल्लो र पछिल्लोहरु मध्ये धेरै आलिमहरु छन् जसको गणना गर्नु सम्भव छैन ।
यी इमाम र आलिमहरुको अनुसरण गर्दै मैले चालीस हदीसहरु जम्मा गर्नका लागि अल्लाहसित इस्तिखारा (एउटा नमाज र प्रार्थना हो) गरें । सम्पुर्ण आलिमहरु यसमाथि सहमत छन् कि कर्महरुको महान्ता
सम्बन्धित कमजोर हदीस माथि पनि अमल (करम) गर्न सकिन्छ । तर मेरो विश्वास यस हदीस माथि छैन । बरु नबी सल्लल्लाहु अलैहि वसल्लम द्वारा बयान गरिएका सत्य हदीसहरु माथि मैले भरोसा गरेको छु :
(तिमिहरु मध्ये जुन उपस्थित उसले अनुपस्थित व्यक्ति सम्म पुर्याइदेओस् ) । (बुखारी) र उहाँको यो कथन : (अल्लाह तआला त्यो मानिसलाई आनन्दित र हरियो राखोस्, जसले मेरो कथन सुन्यो र त्यसलाई राम्रीसित
याद गर्यो फेरि जस्तो सुनेको थियो त्यस्तै अर्को मानिसहरुस्म पुर्याई दियो) । (अबु दाऊद)
केही आलिम (विद्वान) हरुले चालीस वटा हदीसहरु विभिन्न विषयहरुमा जम्मा गरेका छन्, केही असल धर्मको बारेमा, केही फरअ (शाखा) को बारेमा, केही जिहादको बारेमा, केही संयम र चरित्रको बारेमा र
केही उपदेश र पर्वचनको बारेमा तय्यार गरेका छन् । ती सबैको अभिप्राय भलो थियो अल्लाह सबै सित प्रसन्न रहोस् । मैले यी सबै भन्दा उत्तम र बेस एउटा ,,चालीस हदीस,, भन्ने पुस्तक जम्मा गर्नको ख्याल गरें ।
अतः मैले जुन हदीसहरु जम्मा गरेको छु तीमा यी सबै कुराहरु सामिल छन् र प्रत्येक हदीस धर्मका सिद्धान्तहरु मध्ये ठूलो सिद्धान्त हो । आलिमहरुको बयान बमोजिम कि त इस्लामको आधार हुन् वा आधा भाग व
तिहाई भाग आदि । फेरि मैले यो पनि ध्यानमा राखेको छु कि यी सबै हदीसहरु सत्य होउन् र यी मध्ये धेरै सहीह बुखारी र सहीह मुस्लिमबाट नै हुनु पर्छ । म बिना सनद वर्णन गरि बयान गर्ने छु ताकि कण्ठ गर्न
सजिलो होस् र ठूलो मात्रामा लाभ पनि प्राप्त होस् । (इन् – शाअल्लाह) यस पछि एउटा अध्यायमा कठिन र सख्त शब्दहरुको व्याख्या गर्ने छु ।
आखिरत (परलयको दिन ) मा रुचि राख्ने हरेक व्यक्तिले यी हदीसहरुलाई जान्नु आवश्यक छ, किन भने यी सबै महत्वपुर्ण कुराहरु र सम्पुर्ण कुराहरु र सम्पुर्ण कर्महरुको बारेमा आधारित छन्, सोच विचार
गर्ने माथि यो कुरो स्पष्ट छ । अल्लाह माथि नै मेरो विश्वास छ, र उसैको लागि समर्पण गर्छु । उसैको लागि प्रशंसा र कृतज्ञता हो, साहस र सुरक्षा उसै द्वारा प्राप्त हुन्छ ।
इमाम नववी
हदीस १४ (मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा)
January 24, 2017
मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा
हदीस १४ मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा
इब्ने मस्ऊद (रज़ियल्लाहु अन्हु) बयान गर्नु हुन्छ,- अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, “अल्लाहले त्यस मुस्लिमको रगत बगाउन अवैध गर्नु भएको छ जसले अल्लाहलाई उपास्य र मलाई अल्लाहको सन्देष्टा हुने गवाही दिन्छ, यी तीन अवस्थाहरु बाहेक,
हदीस ८ (मुस्लिममा जीवन र धनको सुरक्षा)
June 4, 2013
हदीस ८ (मुसलमानको ज्यान र सम्पत्तिको प्रतिरक्षा)
इब्ने उमर रजियल्लाहु अन्हु बर्णन गर्नु हुन्छ,- अल्लाहको रसूल सल्लल्लाहु अलैही वसल्लमले भन्नुभयो- “मलाई आदेश आएको छ कि म मानिससँग लडाई गर्नु यहाँसम्म कि उनीहरु यस कुराको गवाही दिउँन कि अल्लाह बाहेक कोही सत्य पूजनिय छैन र मुहम्म्द सल्लल्लाहु अलैही वसल्लम अल्लाहको रसूल हुन्,
हदीस ७ धर्मको नाम उपदेश र भलाई चाहनु हो
June 15, 2017
धर्मको नाम उपदेश र भलाई चाहनु हो
हदीस ७ धर्मको नाम उपदेश र भलाई चाहनु हो
अबू रुक़ैया तमीम बिन औसअद्दारी रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएकोछ- नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः- धर्मको नाम उपदेश र भलाई चाहनु हो, हामीले भन्यौ, कस्को लागि ? वहाँले भन्नुभयो, अल्लाह र उहाँको किताब, उहाँको दूत, मुसलमानको इमाम (अगुवा) र सम्पूर्ण मुसलमानको लागि । (मुस्लिम)
हदीस ५ (धर्ममा नयाँ अविष्कार देखि निषेध)
January 14, 2017
जो कसैले यस्तो कार्य गर्छ, जुन हाम्रो धर्मसँग सम्बन्धित नियममा छैन भने त्यो स्वीकार्य हुँदैन । (मुस्लिम)
धर्ममा नयाँ अविष्कार देखि निषेध
सम्पूर्ण मोमिन (मुसलमान) का आमा उम्मे अब्दुल्लाह आइशा रज़ियल्लाहु अन्हाबाट वर्णन गरिएकोछ, वहाँ भन्नु हुन्छ,- मलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयोः- जो कोही पनि हाम्रो यस धर्ममा नयाँ चीज लागु गर्न खोज्छ अथवा आविष्कार गर्छ जुन त्यसमा पहिले देखिथिएन त्यसलाई रद्द गरिन्छ । (हदीस-बुखारी)
हदीस ४ (मानव सृष्टिको अवस्था)
January 2, 2013
“तिमीहरु हरेकको रचना–तत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा….
मानव सृष्टिको अवस्था
अबू अब्दुर्रहमान अब्दुल्लाह बिन मस्ऊद रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको छ,- वहाँ भन्नुहुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो,- जो सच्चा छ र जसको सच्चाई सबैले मान्दछ, “तिमीहरु हरेकको रचना–तत्व उसकी आमाको पेटमा चालीस दिनसम्म वीर्यको रुपमा जमी रहन्छ फेरि त्यति नै दिन जमेको खूनको रुपमा रहन्छ, फेरि त्यतिनै अवधि मासुको डल्लोको रुपमा रहन्छ, अनि अल्लाहको आदेशानुसार फरिश्ताले (इश्दुत) त्यसमा प्राण हाल्नु हुन्छ, अनि चार कुराको आज्ञा हुन्छ,- उसको जीविका, उसको उमेर, उसको काम कर्तव्य र उसको भाग्य राम्रो या नराम्रो ।
हदीस ३
यो हदीस अबू अब्दुर्हमान अब्दुल्लाह (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) उमरपुत्र खत्ताब रज़ियल्लाहु अन्हुमा (अल्लाह तआला उनिमाथि प्रशन्न रहुन) भन्नु भयो, मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) बाट सुनेको थिए, वहाँले भन्नुभयो,- “इस्लामको जग पाँच चीजमा राखिएको छ,- यस कुराको प्रतिज्ञा गर्नु कि अल्लाह बाहेक कोही सत्य पूजनिय छैन र म यस कुराको प्रतिज्ञा गर्छु कि हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुनुहुन्छ, नमाज (प्रार्थना) पढ्ने गर्नु, जकात (दान) दिनु, र अल्लाहको घरकोहज्जगर्नु, रमज़ानको रोजा (ब्रत) राख्नु, (बुखारी, मुस्लिम)
हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)
June 18, 2017
हदीस- १ (कर्म त नियतमा निर्भर हुन्छ)
अमिरुल मोमिनीन अबू हफ्स उमर विन खत्ताब (रज़ि) द्वारा भनिएको छ, मैले अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैही वसल्लम) ले भन्नु भएको सुनेको थिए-कर्म त नीयतमा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, जो कसैले पनि अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम)ِ को लागि प्रवास गयो त उसको प्रवास अल्लाह र उसको रसूल (मुहम्मद सल्लल्लाहु अलैही व सल्लाम) को लागि हो र जसले संसारिक फाईदा प्राप्त गर्नका लागि प्रवास जान्छ अर्थात कुनै नारीसँग विवाहको लागि प्रवास जान्छ भने उसको प्रवास त्यसैको लागि मानिन्छ जसको लागि उसले प्रवास गएको थियो (हदीस- बुखारी, मुस्लिम)
हदीस २ (
December 19, 2012
हदीस जिब्रील
यो हदीस पनि हज़रत उमर रजियल्लाहु अन्हुले बर्णन गर्नु भएको हो,वहाँ भन्नु हुन्छ- “एक दिन हामी अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसेका थियौं अचानक एक जना मानिस हाम्रो सामने आयो, जसले सेतो कपडा लगाएको थियो र उसको कपाल कालो थियो, त्यो व्यक्तिमा यात्राको कुनै असर देखिंन्थ्यो र न हामीहरु मध्य कसैले उसलाई चिन्थ्यौ, त्यो व्यक्ति अल्लाहको रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को सामने आफ्नो घुँडा रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को घुडासँग मिलाएर बस्यो र आफ्नो हात रसूल (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम) को तिघ्रामा राख्यो र भन्न थाल्यो
IslamNepal.com