रमज़ान विशेष: रोजामा सहरी र इफ़्तारको लागि उपयुक्त खाना
सहरी र इफ़्तारको लागि कस्तो खाना उपयुक्त हुन्छ ?
रमज़ान विशेष: रोजामा सहरी र इफ़्तारको लागि उपयुक्त खाना भन्ने सम्बन्धमा केही जानकारीको लागि यो लेख उपयुक्त हुने आशा राख्दै तपाईहरु समक्ष यो लेख पेश गरेको छु ।
इस्लामिक क्यालेन्डरको नवौं महिना विश्वभरका मुस्लिम समुदायले पूर्ण आस्था र विश्वासका साथ यस महिनालाई रोजा (व्रत) को माध्यमबाट आत्मा शुद्धिको प्रयाशमा तल्लिन रहन्छन्। इस्लाम धर्ममा आस्था राख्ने मानिसहरु अनिवार्य रुपमा रमजानको महिनामामा रोजा (भोको) बस्ने गर्दछन। सूर्योदय हुनुभन्दा करीब २ घन्टा पहिलादेखि खाने पिउने कार्यलाई पूर्णरुपमा रोकी सूर्यास्त नहुँदासम्म भोको बस्ने र अल्लाहको खुशीको लागि अल्लाहको आदेशलाई सक्दो पालना गर्ने प्रयाश गर्दछन।
Read more: रमज़ान विशेष: रोजामा सहरी र इफ़्तारको लागि उपयुक्त खाना
रमज़ानको शुभकामना र रोजाको फाइदाहरु
दुआ स्वीकार्य हुने केही मुख्य विधिहरु
सम्पूर्ण मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै अल्लाहसँग कुशलताको लागि प्रार्थना गर्दछु। रमज़ान १ तारिख देखि रमज़ानको रोजा राखिन्छ। यो अरबी पात्रो अनुसार नवौं महिनामा पर्छ। अंग्रेजी पात्रो अनुसार रमज़ानकोरोजा२०१७ में२७ तारिख सनिबार देखि शुरु हुने अनुमान गरिएको छ, तर एक दिन अघि या पछि पनि हुन सक्छ। अरबी पात्रोको हिसाबले शअबानको २९ तारिख चन्द्रमा देखियो भने वा यसको कुनै ठोस प्रमाण प्राप्त भयो भने त्यसको भोलि देखि ब्रत शुरु गर्नुपर्छ। तर कुनै पनि सत्यवान मुसलमान व्यक्तिले चन्द्रमा देखेन भने शअबान महिना ३० दिन पूरा गरेर मात्र ब्रत बस्नुपर्छ ।
रमज़ानको रोजामा एक महिनासम्म अल्लाहको लागि रोजा (ब्रत) राखिन्छ । जब मुहम्मद सल्लल्लाहु अलैही वसल्लम र वहाँका अनुयायी समेत मक्काबाट मदिनातर्फ हिजरत (प्रस्थान) गरेर गएको दुई बर्ष पछि देखि लागु भएको हो भन्ने प्रमाण कुरआनबाट प्रष्ट हुन्छ। यो महिना दया, क्षमा, नर्कबाट मुक्ति तथा पारस्पारिक सहानुभूतिको महिना हो । यसमा स्वर्गको ढोका खोलिन्छ, नर्कको ढोका बन्द गरिन्छ र शैतानलाई साङ्लामा बाँधिन्छ यसैगरी मानवको प्रगति मार्ग खुल्नेछ र पुण्यकार्य गर्न सजिलो हुनेछ । यस महिनामा पुण्यमा वृद्धि गरिन्छ, नफिल नमाज़को पुण्य फर्ज़ नमाज समान र फर्ज़ नमाजको पुण्य अरु महिना भन्दा सत्तरी फर्ज़ नमाज समान गरिनेछ र नमाजीको प्रार्थाना स्वीकार गरिन्छ । यसै महिनामा पवित्र कुरआन अवतरित भएको थियो जुन सम्पूर्ण संसारको लागि मार्गदर्शक हो । यसै रमज़ानको महिनामा शबे कद्रको रात पर्छ जुन हज्जार महिना अर्थात ८३ बर्ष ४ महिना भन्दा उत्तम हो ।
IslamNepal.com