रमजान

रोजाको किसिम

रोजा र यसको किसिम

इस्लामी राज्यका दोश्रा राजा उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) भन्नु हुन्छ, मैले रसूल (सल्लल्लाहु अलैही वसल्लम) लाई भन्दै गरेको सुनेको थिए- कर्म त नीयत (अभिप्राय,इरादा, विचार) मा आश्रित हुन्छ र हरेक मानिसलाई त्यही मिल्दछ जुन उसले नीयत गरेको हुन्छ, (स्रोत बुखारी:54, मुस्लिम:1907)

नियत फ़ज्र भन्दा पहिले देखि गर्नु पर्छ, नियत(संकल्प) हृदयबाट गर्नु पर्छ, बोल्नु जरुरी छैन । मुस्लिम, पुरुष हो या नारी  बुद्धिमानी, अकलमन्द, तनदुरुस्त, स्थाही बसोवासमा हुनु पर्यो, यस्ता मानिसमा रोजा अनिवार्य हुन्छ ।

रोजाको बदला खाना-वृद्ध पुरूष या नारी, नाबालक, यस्तो बिमारी जुन  कहिल्यै उपचार हुन नसक्ने अवस्थामा छ र दुई जना बरिष्ट डक्टरहरुको सिफारिस बमोजिम उसलाई  रोजा राख्न छुट छ । तर उसले एक रोजाको बदलामा एक जना गरिबलाई खाना खुवाउनु पर्छ ।

रोजाको फाइदाहरु

रोजा र यसको फाइदाहरु

रोजाको फाइदाहरु रोजा(ब्रत) इस्लामको चौथो स्तम्भ हो र रोजा(ब्रत) राख्न सन् २ हिजरी देखि अनिवार्य भयो । रसूलुल्लाह सल्ल.को भनाई छः-जसले ईमान र पुण्यको लागि रोजा(ब्रत) राख्दछन् उसको सम्पूर्ण पापहरु अल्लाहले माफ गर्नुहुन्छ । (हदीस- मुस्नद, अहमद)

अझ अर्को थप पुष्टी गर्दै हजरत मुहम्मद सल्लल्लाहु अलैही व सल्लम. भन्नुहुन्छः-अल्लाह तआलाले भन्नुहुन्छमानिसको हर कार्य उसको लागि हो तर रोजा (ब्रत) मेरो लागि हो र म त्यसको बदला दिन्छु ।(हदीस- मुस्नद, अहमद र मुस्लिम)
रोजा(ब्रत) दुई किसिमको हुन्छ । फर्ज(अनिवार्य) र नफिल(अनिवार्य नभएको अर्थात गरे पुण्य नगरे पाप पनि हुँदैन) फर्ज रोजा(ब्रत) तिन किसिमको हुन्छ

IslamNepal.com

Go to top