संक्षिप्त इस्तेलाहाते हदीस

हदीसः- प्रिय नबी एवं संदेष्टा श्री मुहम्द सल्लल्लाहु अलैहि वसल्लमको कथन,कर्म एवं अनुमतिलाई नै हदीस भनिन्छ ।

हदीस 4 किसिमका हुन्छन्

1-मरफूअः- जुन हदीसमा प्रिय नबी हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको साथी (सहाबी) रसूलुल्ल्लाह सल्लल्लाहु अलैहि वसल्लमको नाम लिएर हदीस वर्णन गर्छन त्यस हदीसलाई मर्फूअ

 

हदीस भनिन्छ ।

 

2-मौकूफः- जुन हदीसमा सहाबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमको नाउ न लिई हदीस वर्णन गर्ने वा आफना धारणा व्यक्त गर्ने हदीसलाई मौकुफ हदीस भनिन्छ ।

 

3-मत्वातिरः- जुन हदीसको वर्णन गर्नु वाला प्रत्येक युगमा यति होस् जसलाई असत्य माथि एकत्रित हुन असंभव होस् मत्वातिर हदीस भनिन्छ ।

 

4-आहादः- जुन हदीसको रावी तथ्यांकमा मत्वातिर हदीसको रावी भन्दा कम हुन्छ ,,आहाद,, भनिन्छ ।

 

हदीस दुई प्रकारका हुन्छ (1) लोकप्रिय (मकबूल) (2) अप्रत्याशित (गैर मकबूल)

 

(1)लोक प्रिय हदीस (मकबूल) दुई प्रकारका हुन्छ (1) हसन (2) सहीह

 

(1) हसनः- जुन हदीसको रावी सहीह हदीसको रावीको तुलनामा हाफ्जामा(कण्ठस् गरेमा) कम होस् र शेष शर्त त्यही होस् ,,हसन,, कहलाउँ छ ।

 

(2)सहीहः- जुन हदीसको रावी विश्वसनीय (सेकः) मुक्तिदाता, (पर्हेजगार) विश्वसनीय साधक हाफ्जाको मालिक होस् र प्रमाण (सनद) निरंतर(मुत्तसिल) होस् ,,सहीह,, भनिन्छ ।

 

सहीह हदीसको 7 श्रेणी हुन्छ

 

श्रेणी-1 जुन हदीसलाई बुखारी र मुस्लिम दुबैले रिवायत (विवरण) गरेको पर सहमति बनी (मुत्तफक अलैह) ।

 

श्रेणी-2 जुन हदीसलाई मात्र बुखारीले विवरण (रिवायत) गरेको ।

 

श्रेणी-3 जुन हदीसलाई मात्र मुस्लिमले विवरण( रिवायत) गरेको  ।

 

श्रेणी-4 जुनहदीसलाई बुखारी र मुस्लिमको शर्त अनुसार कुनै अर्को मुहद्दिसले विवरण  (रिवायत) गरेको  ।

 

श्रेणी-5 जसलाई मात्र बुखारीको शर्त अनुसार कुनै अर्को मुहद्दिसले विवरण  (रिवायत) गरेको ।

 

श्रेणी-6 जसलाई मात्र मुस्लिमको शर्त अनुसार अर्को मुहद्दिसले विवरण (रिवायत) गरेको ।

 

श्रेणी-7 जसलई बुखारी र मुस्लिम बाहेक अर्को मुहद्दिसले  राम्रो (सहीह) मानेको ।

 

(2)  अप्रत्याशित (गैर मकबूल) कमजोर (जईफ) जुन हदीसको रावीको वफादारी र

 

सत्यता संदिग्ध होस् ,,गैर मकबूल,, अर्थातः अप्रत्याशित र कमजोर कहलाउँछ ।

 

अप्रत्याशित अर्थात जईफ हदीसको 8 श्रेणी होस्

 

1-माअलक  2-मुन्कताअ  3- मुर्सल  4-माअजल  5- मौजुअ  6- मत्रूक  7- शाज  8-मुन्कर

 

1-माअजलः- जुन हदीसको एउटा वा सम्पुर्ण रावी सनदको शुरुदेखि विच्छेद होस् ।

 

2-मुन्कताअः- जुन हदीसको एउटा वा एक भन्दा बढी रावी विभिन्न ठाउँ बाट (परित्याग) साकित होस् ।

 

3-मुर्सलः-जुन हदीसको रावी अन्तिम सनदबाट(परित्याग) साकित होस् अर्थात ताब्ईको पछि सहाबीको नाउ न होस् ।

 

4-माअजलः- जुन हदीसको दुई वा दुई भन्दा बढी रावी एकै साथ सनदको बीच बाट मुन्कता (विच्छेद) होस् ।

 

5-मौजुअः- जुन हदीसको रावीलाई हदीसको विषयमा झूठो कुरो गर्न प्रमाणित होस् ।

 

6-मत्रूकः- जुन हदीसको रावी माथी मात्र असत्य (झूठ) को  दोषारोपण छ तर हदीसको विषयमा असत्य कुरो प्रमाणित न होस् ।

 

7-शाजः- एउटा विश्वसनिय रावी आफू भन्दा अरु विश्वसनिय रावी र नियमको विरोध गरोस् ।

 

8-मुन्करः- जुन हदीसको रावी फासिक (भ्रष्ट) वा (विधर्मी) बिद्अती होस् ।

IslamNepal.com

Go to top