सूरतुन नास-११४ – (मक्की, आयतहरु-६)
December 20, 2012
भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि) जसले मानव हृदयमा भ्रम उत्पन्न गर्छ।
सूरतुन नास-११४ – (मक्की, आयतहरु-६)
शुरु गर्दछु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. भनिदेऊ ! म शरणमा पर्छु मानवका पालनकर्ताको;
२. मानवका वास्तविक सम्राटको;
३. मानवका पूज्यको;
४. भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि) …
५. जसले मानवहृदयमा भ्रम उत्पन्न गर्छ……
६. चाहे त्यो जिन्न मध्येको होस् वा मानव मध्येको।
IslamNepal.com