ब्याख्या (تفسير)

सूरतुलः अस्र

 September 9, 2015

सूरतुलः अस्र

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१)  युगको कसम !
(
२)  निश्चय नै मानव जाति घाटामा छ……
(
३)  ती मानिसहरु बाहेक जसले ईमान ल्याए, सत्कर्म गरे तथा परस्पर नितान्त सत्यको अर्ति र धैर्यको उपदेश दिइरहे ।

ब्याख्याः

1. युगको अभिप्राय बितेको युगको पनि हो र बित्दो युगको पनि । युगको कसम खानुको  मतलब यो हो कि इतिहास्  पनि साक्षि छ र बित्दो समय पनि साक्षि छ कि इमान नल्याउने, सत्कर्म नगर्ने र परम्परा सत्य तथा धैर्यको उपदेश नदिने मानिसहरु सदा घाटामा रहनेछन् । फिरऔ़न, नमरुद तथा अन्य ठूला-ठूला इमान नल्याएका राजा महाराजा देखि गरिब भन्दा गरिब काफिरहरु विनाशको चपेटामा पर्दै आएका छन् र अल्लाहमाथि आस्था राख्ने ईशदूतहरु र उनीहरुका आस्थावान अनुयायीहरु सदा सफल भएका छन् ।

सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)

 September 20, 2015

सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)

सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१)  (हे मानव !) अत्यधिक चाहनाले तिमीहरुलाई भूलाइराखेको छ

२)  यहाँसम्म कि तिमीहरु चिहानसम्म पुग्छौ ।

३)  कदापि होइन, तिमीहरु चाँडै जान्नेछौं ।

४)  अनि कदापि होइन, तिमीहरु चाँडै जान्नेछौं ।

५)  कदापि होइन, यदि तिमीहरुलाई विश्वासनीय ज्ञान भएको भए

६)  तिमीहरुले अवश्य नरक देख्नेछौ ।

७)  तिमीहरु अवश्य देख्नेछौ वास्तविक नेत्रले ।

८)  अनि त्यस दिन तिमीहरुलाई सुख-सामाग्रीबारे अवश्य सोधिनेछ ।

सूरतुन नास-११४ – (मक्की, आयतहरु-६)

 December 20, 2012

भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि) जसले मानव हृदयमा भ्रम उत्पन्न गर्छ।

सूरतुन नास-११४ – (मक्की, आयतहरु-६)

शुरु गर्दछु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१. भनिदेऊ ! म शरणमा पर्छु मानवका पालनकर्ताको;

२. मानवका वास्तविक सम्राटको;

३. मानवका पूज्यको;

४. भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि)

५. जसले मानवहृदयमा भ्रम उत्पन्न गर्छ……

६. चाहे त्यो जिन्न मध्येको होस् वा मानव मध्येको।

IslamNepal.com

Go to top