الحديث الخامس والثلاثون
"لا تحاسدوا ولا تناجشوا ولا تباغضوا"
عن أبي هُريرةَ رضي اللهُ عنه قال: قال رسوُل الله صلى الله عليه وسلم : [لا تَحَاسَدُوا، ولا تَنَاجَشُوا، ولا تَباغَضُوا، ولا تَدَابَرُوا، ولا يَبعْ بَعْضُكُمْ على
بَيْعِ بَعْضٍ، وكُونُوا عِبادَ اللهِ إخْوَاناً، المُسْلمُ أَخُو المُسْلمِ: لا يَظْلِمُهُ، ولا يَكْذِبُهُ، ولا يَحْقِرُهُ، التَّقْوَى هاهُنا - ويُشِيرُ إلى صَدْرِه ثَلاثَ مَرَّاتٍ , بِحَسْبِ
امْرِىءٍ مِنَ الشَّرِّ أن يَحْقِرَ أخاهُ المُسْلِمَ، كُلُّ المُسْلِمِ على الْمسْلِم حَرَامٌ: دَمُهُ ومالُهُ وعِرْضُهُ
رَوَاهُ مُسْلِمٌ
हदीस –३५
अबू हुरैरह रज़ियल्लाहु अन्हुले बयान गर्नु भएको हो । वहाँ भन्नु हुन्छ अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो,- “आपसमा जलन, इर्ष्या
नगर, दाम लगाएर एक अर्कामा मूल्य नबढाउ, आपसमा बैरभव र नफरत न गर, एक अर्कामा बाइकट नगर, आफ्नो सामान बिक्री गर्न अरुसँगै अगाडी
नबढाउ, अल्लाहको भक्त एक आपसमा भाई भाई हौ, न उसमाथि अत्याचार गर र न उसलाई बेसहारा छोड्, न उसँग झुटो बोल र न उसलाई कम सम्झ,
डर यहाँ हुन्छ- हातलाई आफ्नो छातीतर्फ देखाउँदै तिन पटक भन्नु भयो, मानिसको लागि यति पाप नै काफी छ उ आफ्नो मुसलमान भाईलाई कम
सम्झनु, एउटा मुस्लिमको जीउधन र इज्जत अर्को मुस्लिमको लागि अवैध गरिएको छ ।” - मुस्लिम