कुर्आन

सूरतुलः अस्र

 September 9, 2015

सूरतुलः अस्र

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१)  युगको कसम !
(
२)  निश्चय नै मानव जाति घाटामा छ……
(
३)  ती मानिसहरु बाहेक जसले ईमान ल्याए, सत्कर्म गरे तथा परस्पर नितान्त सत्यको अर्ति र धैर्यको उपदेश दिइरहे ।

ब्याख्याः

1. युगको अभिप्राय बितेको युगको पनि हो र बित्दो युगको पनि । युगको कसम खानुको  मतलब यो हो कि इतिहास्  पनि साक्षि छ र बित्दो समय पनि साक्षि छ कि इमान नल्याउने, सत्कर्म नगर्ने र परम्परा सत्य तथा धैर्यको उपदेश नदिने मानिसहरु सदा घाटामा रहनेछन् । फिरऔ़न, नमरुद तथा अन्य ठूला-ठूला इमान नल्याएका राजा महाराजा देखि गरिब भन्दा गरिब काफिरहरु विनाशको चपेटामा पर्दै आएका छन् र अल्लाहमाथि आस्था राख्ने ईशदूतहरु र उनीहरुका आस्थावान अनुयायीहरु सदा सफल भएका छन् ।

कुरआन मजीद मानव मार्गदर्शन अन्तिमग्रन्थ

सम्पूर्ण मानवजातिको मार्गदर्शन ग्रन्थ

 भाग एक (1)

कुरआन मजीद अन्तिम ईश्वरीय ग्रन्थ र मानव जातिको लागि पूर्ण मार्गदर्शन हो । यसमा जम्मा ११४ वटा सुरह (अध्यायहरू) छन् । जस मध्ये केहि

संदेष्टाहरु मुहम्मद सल्लल्लाहु अलैही वसल्लम माथि वहाँ

मक्काबाट मदीना प्रस्थान भन्दा अघि अवतरित भएका हुन् भने केहि मदीना प्रस्थान गरी सकेपछि अवतरित भएका हुन् । अवतरणको क्रममा सुरह अलक

(९६) को आयत (श्लोक) १–५ सम्म सबैभन्दा पहिले

अवतरित हुने आयतहरू हो र सुरह माइदा (५) को आयत ३ सबैभन्दा अन्तमा अवतरित आयत हो । जबकी सिंगो सुरहको रुपमा अवतरित सुरह “फातिहा”

कुरआनको सबभन्दा पहिलो हो।

हुन त सिंगै कुरआन आफै सम्पूर्ण मानव जातिको लागि मार्गदर्शन हुने प्रमाण हो तर म तलको पंक्तिहरूमा कुरआनकै केहि आयतहरूद्वारा यसको परिचय

गराउन साथ यसको मार्गदर्शन हुने बारे प्रमाण पेश

गर्ने प्रयास गर्दछु ।

कुरआन ईश्वरीय ग्रन्थ हुनमा विश्वसनियता

जहाँ सम्म कुरआनको ईश्वरीय ग्रान्थ हुने विश्वासनियताको प्रश्न छ यसको अनेकौ. आयतहरू यसको प्रमाण हुन, जस मध्ये केहि उदाहरण पेश गर्न

उपयुक्तहोला । सुरह फुस्सिलत (४१) को आयतहरू २ र ३

मा भनिएको छ। “यो (ग्रन्थ) अत्यन्त करुणामय परम दयालु (अल्लाह) को तर्फबाट अवतरित हो । यो यस्तो ग्रन्थ हो जसका आयतहरूको विस्तृत वर्णन

यस्तो कुरआनको रुपमा छ जसको भाषा अरबी हो ती

मानिसहरूका लागि जो ज्ञान राख्द छन् ।”

कुरआन कसरी अवतरण भयो ?

कुरआन कसरी अवतरण भयो ?

कुरआन अल्लाहको वाणी हो भन्दा सबैलाई सन्देह हुन सक्छ तर कसरी कुरआन अल्लाहको वाणी हो र कुरआन कसरी अवतरण भयो भन्ने बारेमा यहाँ प्रष्ट पार्न चाहन्छु । १७ अगस्त सन् ६१० ई. शुक्रवारको

रात थियो मुहम्मद सल्लल्लाहु अलैही व सल्लम गार हिरामा सत्य प्राप्तिको लागि चिन्तन गरेर ईश्वर समक्ष नतमस्तक हुनुहुन्थ्यो त्यसैबेला अचानक गुफामा उज्यालो प्रकाशले ज्वजल्यमान भयो र वहाँ

(मुहम्मद सल्लल्लाहु अलैही व सल्लम) ले एक आवाज सुन्नु भयो । “इकरा अर्थात पढ ।

यो आवाज सुनेर अचम्म मान्दै डराउनु भयो । वहाँ (मुहम्मद सल्लल्लाहु अलैही व सल्लम) ले डराउँदै उत्तर दिनु भयो “मलाई पढ्न आउँदैन” तर फेरी आवाज आयो । “इकरा” पढ फेरी वहाँ (मुहम्मद

सल्लल्लाहु अलैही व सल्लम) ले उत्तर दिनु भयो “मलाई पढ्न आउँदैन” तेश्रो पटक फेरी आवाज आयो ।

(१.) इक-रअ बिस्मे रब्बिकल्लज़ी ख़-ल-क़ (२.) ख-ल-कल-इन्सा-न मिन अ-लक (३.) इक़रअ व रब्बुकल-अकरमु (४.) ल्लज़ी अल्ल-म बिल्-क-लमि (५.) अल्ल-मल्- इन्सा-न मा लम् यअ-लम

अर्थः- पढ आफ्नो ईश्वरको नाम लिएर जसले तिमीलाई सृष्टि गरेका छन् । जसले मनुष्यलाई चिप-चिपा जस्तो तरल पदार्थबाट सृष्टि गरेका छन् । पढ र तिम्रो ईश्वर धेरै दयावान हुनुहुन्छ जसले कलमद्वारा

ज्ञान दिएका छन् । जसले कलमद्वारा मनुष्यलाई त्यो सबै सिकाए जुन उसले जान्दैनथ्यो । (सूर अलक आयत १-५ )

यो आवाज एक फरिष्ता थियो । फरिष्ता त्यो ईश्वरको तर्फबाट बोल्नु भयोको थियो जो संसारको रचयिता र पालनहार हुनुहुन्छ ।

यसरी मुहम्मद सल्लल्लाहु अलैही व सल्लमलाई अल्लाहले आफ्नो दूत चुन्नु भयो र त्यो महान रात रमज़ानको शब्बेकद्रको रात थियो त्यसपछि पटक-पटक गरेर तेइसबर्षमा पुरा कुरआन अवतरित भएको

थियो। जुन समयमा हजरत मुहम्मद सल्लल्लाहु अलैही सल्लम मक्कामा हुनुहुन्थ्यो त्यस समयमा मक्कामा अवतरित भएको सूरालाई सूर मक्की भनिन्छ भने मुहम्मद सल्लल्लाहु अलैही व सल्लम

मक्काबाट हिजरत(प्रवाश) गरेर मदिना जानु भयो त्सपछि अवतरित सूरलाई मदनी सूर भनिन्छ र फेरी मक्का विजय पश्चात मक्कामा बसाईको अवस्थामा मक्कामा अवतरित भएता पनि त्यो सूरलाई पनि मदनी सूर नै भनिन्छ ।

स्रोतः- कुरआनको संक्षिप्त परिचय

सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)

 September 20, 2015

सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)

सुरतुल तकासुर-१०२ (मक्की, आयतहरु-८)

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१)  (हे मानव !) अत्यधिक चाहनाले तिमीहरुलाई भूलाइराखेको छ

२)  यहाँसम्म कि तिमीहरु चिहानसम्म पुग्छौ ।

३)  कदापि होइन, तिमीहरु चाँडै जान्नेछौं ।

४)  अनि कदापि होइन, तिमीहरु चाँडै जान्नेछौं ।

५)  कदापि होइन, यदि तिमीहरुलाई विश्वासनीय ज्ञान भएको भए

६)  तिमीहरुले अवश्य नरक देख्नेछौ ।

७)  तिमीहरु अवश्य देख्नेछौ वास्तविक नेत्रले ।

८)  अनि त्यस दिन तिमीहरुलाई सुख-सामाग्रीबारे अवश्य सोधिनेछ ।

सूरतुन नास-११४ – (मक्की, आयतहरु-६)

 December 20, 2012

भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि) जसले मानव हृदयमा भ्रम उत्पन्न गर्छ।

सूरतुन नास-११४ – (मक्की, आयतहरु-६)

शुरु गर्दछु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१. भनिदेऊ ! म शरणमा पर्छु मानवका पालनकर्ताको;

२. मानवका वास्तविक सम्राटको;

३. मानवका पूज्यको;

४. भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि)

५. जसले मानवहृदयमा भ्रम उत्पन्न गर्छ……

६. चाहे त्यो जिन्न मध्येको होस् वा मानव मध्येको।

Sheikh Raad Mohammed al-Kurdi

كردي 

Sheikh Nabil Al Rifay

نبيل 

Sheikh Khalid Al-Jileel

خالد الجليل 

IslamNepal.com

Go to top