हिजरीवर्ष 1439 को सन्देश

 September 22, 2017

हिजरीवर्ष 1439 को सन्देश

हिजरीवर्ष 1439 औं (नयाँ वर्ष) को अवसरमा मानिसहरु हाँस्छन्खेल्छन्सांगितीक कार्यक्रम गर्नेपटका पड्काउनेपटका उडाउनेमोज-मस्ती गर्दछन् यो त सामान्य नै हो तर नाइट क्लबमा त यस्तो तमासा हुन्छ कि जुन देखेरसुनेर एक भलादमीव्यक्तिहरु लाजले टाउको निहुर्याउन बाध्यहुन्छ।

अहिले हामी अरबी पात्रो अनुसार अनुसार 1439 औं हिजरीवर्षमा प्रवेश गरिसकेका छौंअरबी महिनाको पहिलो महिनाको नाममुहर्रम हो।

वर्षको अन्त हुनु र नयाँ वर्ष प्रवेश हुनु यो एक मुस्लिमको लागि खुशीको विषय होइनखुशीको चाढ पर्व पनि मनाइदैन र कुनै हर्षोल्लास र उमंग पनि गरिंदैन तर यो नयाँ बर्षले हामीलाई जिम्मेवारीको निम्तो दिन्छआफ्नो आत्माको बारेमा चिन्तन मनन गर्ने सन्देश दिन्छयसबाट हामीले आफ्नो जीवनको बारेमा विभिन्न दृष्टिकोणले विचार र मनन गर्नु पर्छ । जस्तैः आफु कहाँ छु ? के गर्दै छु ? मैले के गरें र के काम गर्नु पर्थ्यो ? इत्यादी ।

यो केवल एक वर्ष गयो र नयाँ वर्ष आउने मात्र होइन । वास्तवमा हाम्रो जीवनबाट एक वर्ष कम हुँदै गएको छ । जसरी हिउँलाई घाममा राख्यौं भने केही क्षणमा पग्लेर त्यो समाप्त हुन्छ ठिक त्यसैगरी हाम्रो आयु एक-एक बर्ष गर्दै घट्दै घट्दै जान्छ, अनि एक दिन हाम्रो जीवनको अन्तिम घडी आउँछ र हामी सदासर्वदाको लागि यस संसारबाटजानेछौं । हो यो संसार समाप्त हुनेवाला छ,  हाम्रो जीवनकर्कलाको पातमा रहेको पानीको थोपा जस्तै होसानो हावा आउना साथ टपक्क भुइमा झर्छ,  हाम्रो जीवन सीमित छ। बुद्धिमान त्यही हुन्छ जो आफ्नो आत्माको निरिक्षण गर्छ र न्यायको दिनको तयारी गर्छ र बुद्धिहीन त्यो हो जो आफ्नो  इच्छाहरुको पछि लागि रहन्छ र अल्लाहबाट काल्पनिक आशा लिई रहन्छ।

यसैलेआवशयक  मृत्युपछिको सजायकोयाद गर्नुअंध्यारो चिहानलाई याद गर्नु, मुनकर नकीरको प्रश्नलाई याद गर्नु,  न्यायको दिनको डरलाई याद गर्नुजन्नत र जहन्नमको स्थितिमा विचार गर्नु।

अल्लाहले भन्नुभयोः “ऐ मानव हो ! निश्चय नै अल्लाहको प्रतिज्ञा सत्य छ । अतः सांसारिक जीवनले तिमीलाई धोकामा नपारोस् र न त्यो धोकेवाज अल्लाहको विषयमा तिमी धोका दि (हे मानव! निश्चय नै अल्लाहको वचन   सत्य हो। अतः सांसारिक जीवनले तिमीलाई धोकामा नपारोस् र न कुनै धोकेवाजले नै तिमीहरुलाई धोका देओस्।) सूरह फातिर/5

निश्चय नै शैतान तिमिहरुको शत्रु हो। अतः  उसलाई शत्रु नै जान। उसले त आफ्नो समूहलाई केवल यसैले  बोलाइ रहन्छ किउ दन्किएको आगोमा सम्मिलित होस्ती सबै नरकबासी होउन।सूरह फातिर/6

एक कम्पनीले बर्षको अन्तमा आफ्नो आय व्ययको समीक्षा गर्दछलाभ र हानीको गणना गर्दछ र फेरी त्यसको अनुपातमा आगमी बर्षको लागि योजना बनाउँछन्। त अब हामी एक मुसलमानको नाताले पछिल्लो वर्षको सम्बन्धमा विचार गर्नु पर्छ र अघिल्लो वर्षको लागि योजना बनाउनु आवश्यक छ।

गत वर्षको नयाँ हिजरी वर्षको आगमनमा मैले नयाँ मुस्लिम भाइलाई उपदेश दिएकोथिएमैले उनको बीच एक प्रश्न-पत्र वितरण गरेकोथिएजसमा सकारात्मक र नकारात्मक दुवै पक्षको फरक कार्य लेख्नलाई कोठा बनाएको थियोमैले पनि आफ्नो साथ एक प्रश्न-पत्र राखेको थिएँफेरि भने कि आज घर गएपछि हामी सबै आ-आफ्नो आवश्यक घरायसी कामहरु सकेर एक घण्टा या आधा घण्टाको लागि एकान्तमा बसेरबर्ष भरी हामीले जुन राम्रो काम गर्यौ त्यो सकारात्मक कामको कोठामा नोट गरौं र जुन नराम्रो काम गर्यौ त्यसलाई नकारात्मक पक्षको कोठामा नोट गरौंजुन कमि-कमजोरी र अपराध पाइन्छत्यसलाई एक-एक गरेर नोट गरौंफेरि ती पुण्य कार्य र पाप कार्यलाई त्यसको महत्व र अपराधिक कार्यको अनुपात त्यसलाई क्रमवद्ध गरौं,  त्यसपछि सर्व-प्रथम आफ्नो पुण्यकार्यमा विचार गरौं र त्यसमा अझ पुण्यवृद्धि गर्नको लागि राम्रो उपायको खोजीमा ध्यान दिंउँ फेरि आफ्नो एक-एक त्रुटि र पापकार्यलाई विचार गरौंफेरि सोचौं कि यो पाप हामीबाट कसरी भएको छ त्यसको कारण के हुन सक्छ, त्यसलाई सतर्कतापूर्वक विचार गरौं फेरि सोचौं कि यस्ता पापकार्यहरुबाट हामी कसरी मुक्ति प्राप्त गर्नसक्छौंॽ

त हामी नयाँ वर्षको शुभ अवसरमा आफ्नो प्रत्येक पाठकहरुसँग अनुरोध गर्छौं कि तपाई यस कार्यलाई आफ्नो व्यावहारिक जीवनमा स्थान दिनुहोस्,  आफ्नो एक वर्षको कामको निरिक्षण गर्नुहोस्आफ्नो भविष्यको लागि एक रणनीति तयार गर्नुहोस् ।

यदि हामी भित्र यो सोच आयो भने अल्लाह सुन्नेवालादेख्नेवालाहाम्रोनिरक्षक हुनुहुन्छ, हामीलाई कृपालु तथा दयालु अल्लाहले चाहेमा माफ गर्न सक्नु हुन्छ। फरिश्ता (दूत) हाम्रो एक-एक कार्यको रेकर्ड तयार गरि रहन्छन्जुन अंगबाट हामीले पाप कार्य गरेका थियौं, त्यही अंग हाम्रो विरुद्ध गवाही दिन्छ, जुन धर्तिमा तपाई, हामीले अपराध गरेका थियौं त्यही धर्ती कियामतको दिन हाम्रो विरुद्ध गवाही दिन्छ, जुन अंगले हामीले अपराध गरेका छौं त्यहि अंगले हाम्रो विरुद्ध गवाही दिन्छ। हे अल्लाहहामी सबैको हृदयलाई सुधार गर्नुहोस् र जब हाम्रो अन्त हुन्छ त ईमानमा अन्त होस्। आमीन

स्रोतः-http://cutt.us/qCMb5

लेखकः-सफात आलम मुहम्मद ज़ुबैर तैमी

IslamNepal.com

Go to top