सात महापाप के के हुन् ?
May 2, 2017
शिर्क तौहीदको ठिक उल्टो हो, अल्लाहको उसको कुनै सिफत(बिशेषता)मा कुनै पनि दर्जामा अल्लाह बाहेक कुनै अरुलाई हरेक प्रकारको पूजा तथा इबादतमा समानता दिनु हो । कुरआनमा अल्लाहको कथन छ-
“जो अल्लाहको साथ शिर्क गर्दछ अल्लाहले उसलाई जन्नत (स्वर्ग) अवैध गरेको छ र उसको ठेगाना जहन्नम हो।” (सूर माइदा, आयत नं. 72)
शिर्क अल्लाहको लागि सबैभन्दा ठूलो महापाप हो । यि महापापहरुको बारेमा तल बयान गरिने छ । शिर्क तीन प्रकारको हुन्छ । शिर्क अकबर, शिर्क अस्गर, शिर्क खफी । यस मध्ये शिर्क अकबर सबै भन्दा ठूलो महापाप मध्ये पर्दछ जसको कारण मानिस जहन्नम (नर्क) मा जानेछ । त्यस्तै अरु पनि यस्ता महापाप छन् जसले गर्दा मानवलाई बर्बाद गरी नर्क तर्फ धकेल्छ ।
अब म तपाई समक्ष सात महापापको बारेमा इनशाअल्लाह जे जति तत्वदर्शिताले भ्याएसम्म जानकारी गराउने कोशिस गर्दछु ।
(क) शिर्क,
(ख) जादू टुना गर्नु,
(ग) कसैको हत्या गर्नु,
(घ) ब्याज खानु,
(ङ) अनाथको धन खानु,
(च) युद्धको मैदानबाट भाग्नु,
(छ) पवित्र स्त्रीमाथि ब्याभिचारको झुटो आरोप लगाउनु
यि हरेक पापहरुमा संसारिक जीवन र परलोकको जीवनमा दण्ड निर्धारित छ । यि पापहरुको बारेमा केही व्याख्या तल गर्दछु ।
(क) शिर्क-वास्तविक सृष्टिकर्ता अल्लाहलाई नमानी अरु कसैलाई पूजा गर्न योग्य सम्झनु जस्तैः मूर्ति पूजा गर्नु, फोटोमा पूजा, आकाश, पृथ्वी, नदी नालाको पूजा, जनावरको पूजा, पंक्षिको पूजा, घर्षने जन्तुको पूजा, बोट बुट्यानको पूजा ईत्यादी।
वास्तविक सृष्टिकर्ता ईश्वर (अल्लाह) लाई नमानी अरु कसैलाई पूजा गर्न योग्य ईश्वर ठान्ने, यो संसार सृष्टि गर्ने, पालन गर्ने, हामीलाई जीवन प्रदान गर्ने, हाम्रो प्राण निकाल्न अधिकार दिने, पाप र पुण्यको हिसाब किताब गरी पुण्यवानलाई स्वर्ग र पापीलाई नर्कमा हाल्न आदेश दिने र अन्तमा यो संसारलाई ध्वस्त पार्ने काम मात्र एक परम शक्तिशाली महिमावान ईश्वर(अल्लाह) को अधिकारमा छ भने पूजा पनि उनैको हुनुपर्छ किनकि तपाई सोच्नु होस् यो सिंगो ब्राह्माण्डलाई हामीले बनाएको मूर्तिले सृष्टि गर्न सक्छ त ? भनेर तपाईसँग प्रश्न गरें भने तपाई अवश्य पनि भन्नु हुन्न यो त्यो मूर्तिले बनायो भनेर। जब त्यो मूर्तिमा त्यो क्षमता छैन भने आखिरी किन पूजा गर्ने ? यस सम्बन्धमा कुरआनमा भनिएको छः
“हे मानव हरु ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरुले एउटा झिङ्गा पनि बनाउन सक्दैनन्। यद्यपी त्यसको निम्ति सबै एकत्रित भए पनि र यदि झिङ्गाले उनीहरुसित कुनै चीज खोसेर लिएर जान्छ भने पनि तिमीहरुले त्यसबाट छुटाउन सक्दैनौ जो याचक (विन्ती गर्नेवाला) छ उ पनि असमर्थ छ र जोसँग तिनीहरुले याचना गर्दछन् ऊ पनि असहाय छ।”(सूरः २२ आयत नं. ७३)
(ख) जादू टुनाः-“इस्लामी धर्मशास्त्रमा लेखिएको छ जादू सिक्नु र सिकाउनु दुवै अवैध हो । किनकि जादूले केवल क्षति मात्र हुन्छ, जस्तै स्त्री र पुरुषलाई विछोड गराई दिन्छ”। (कुरआन सूरः अल बकरा आयत नं. १॰२)
यसैले जादू र टूनाबाट अल्लाहको शरण माग्नु पर्दछ । यस सम्बन्धमा कुरआनमा भनिएको छ,
“भन, म अल्लाहको शरण लिन्छु जसले रातलाई पन्छाएर प्रकाशमय गराउनु हुन्छ, हरेक त्यो पाप जो वहाँले सृष्टि गर्नु भएको छ र अंन्धकार पार्ने पापबाट जब त्यो छाउँछ र समूहमा फुक्दै हिंड्ने (जादू गर्नेवाला र जादू गर्नेवाली) को पापबाट र ईर्ष्या गर्नेवालाको पापबाट जब उ ईर्ष्या गर्न थाल्दछ”।(सूर-११३ अल-फलक, आयत नं. १-५)
समूहमा फुक्दै हिंड्नेको अभिप्राय हो वास्तवमा उनीहरु समूहमा रहेर जादू, टूना गर्दछन् । सूरः फलक़ र सूरः नास रातमा पढेर सुतेपछि उनीहरुलाई जादू, टूनाले कुनै असर गर्दैन । जो व्यक्ति अल्लाह माथि भरोषा गर्दछन् उसले जादू, टूना देखि डराउनु पर्दैन ।
(ग) हत्याराः-“जो कोही कसैको जानी बुझी हत्या गर्दछ भने त्यसलाई दण्ड नर्क हो । जसमा उ संधै भरी कठोर यातनामा रहनेछ। त्यसमाथि अल्लाहको धिक्कार हुनेछ र उसको लागि भयानक यातना तयार गरिएको छ।”(सूरः निसा- आयत नं. ९३)
अर्को ठाउँमा भनिएको छ, “कुनै जीव जन्तुको विना कारण हत्या नगर, जसलाई हत्या गर्न अल्लाहले अवैध गर्नु भएको छ । यदि कुनै निर्दोष मानिसमारिन्छ भने त्यो व्यक्तिको उत्तराधिकारीको अधिकार यो छ कि उक्त हत्याराको बदला लिने र उसले हत्या गर्न सिमा पार नगरोस् । निश्चय पनि उसलाई सहायता गरियोस्।” (सूरःबनी इसराईल, आयत नं. ३३)
अर्को ठाउँमा भनिएको छ, “दरिद्रताको डरले आफ्नो सन्तानको हत्या नगर, हामी उनीहरुलाई पनि जीविका दिनेछौं र तिमीलाई पनि, वास्तवमा भ्रुण हत्या महापाप हो ।”
(सूरःबनी इसराईल, आयत नं. ३३)
(घ) ब्याज लिनुः-ब्याजको अर्थ हो लाभ अंग्रेजीमा यसलाई इन्ट्रेस्ट भनिन्छ । ब्याजको परिभाषा हो असल पूँजीमा बृद्धि हुनु । ब्याज केवल उधारोमा हुन्छ यसलाई कुरआनमा भनिएको छ-
“लारिबाइल्लाफिन्नस्या”
अर्थः- “ब्याज केवल उधारो लेनदेनमा नै हुन्छ” ।
एक सामान्य अर्थ यो पनि होः-
“कुल्लु क़र्जि जर्रा मन्फ़ अ तन फ़हुवा रिबा”
अर्थ- हरेक कर्जा जसबाट नाफा हुन्छ त्यो ब्याज हो । जस्तै कसैले जैदलाई दस रुपैयाँ दियो र फिर्ता गर्दा उसले एक रुपैयाँ ज्यादा लिन्छ भने त्यो एक रुपैंयाँ ब्याज हो र दस रुपैयाँ असल पूँजी हो। अल्लाह तआलाको भनाईछः
“जुनमानिसहरुब्याजखान्छन्तिनीहरुचिहानबाटयसरीतर्सेर उठछन्किजस्तैशैतानले
छोएकोपागलहुन् तिनीहरुलेभन्नेगर्दथेकिब्यापारगर्नुपनित्यस्तैहोनीजस्तैब्याजलिनु।
तरब्यापारलाई अल्लाहलेजायजठहर्याउनु भएकोछब्याजलाईनाजायज।जुनमानिसले
आफुलाईअल्लाहकोआदेश पुगेर पनिब्याजको कारोवारगर्नछोड्दछ रजेजति भइसकेकोछ,
त्यसलेमाफीपाउनेछ रत्यसकोनिर्णय अल्लाहलेगर्नेछरयदिफेरिब्याजलिनथाल्योभने
त्यस्तामानिसहरुनर्कवासीहुनेछन्, र सधैंनर्कमारहनेछन् ”। (सूरः बकरा, आयत नं. २७५)
फेरि अर्को ठाउँमा भनिएको छ,
“एइमानवाला ! दुईगुनातीनगुनाब्याजनखाऊरअल्लाहसँग डराउताकिकामयाबीहासिल
गररनर्ककोआगोबाटबचजुननर्कवासीहरुकोलागितयार पारिएकोछ, ईश्वररउनकोरसूलको
पालनागरताकितिमीहरुमादयागरियोस् ”।(सूरः आले इम्रान, आयत नं. १३०,१३२)
कुरआनमा भनिएको छ,
“अल्लाहलेब्याजलाईसमाप्तपार्नुहुन्छरदानदिनेलाईउन्नति, बृद्धिगर्नुहुन्छरअल्लाहलेकुनैकृतघ्नरपापीलाईप्रेमगर्नुहुन्न ” (सूरः बकरा, आयत नं. २७६)
कुरआनमा भनिएको छ,
“जुनमानिसलेयस्तोगर्दैनभनेअल्लाहरउसकोरसूलसँगयुद्धकोलागितयारहौ, यदिपश्चातापगर्छौभनेआफ्नोवास्तविकरकमकोहकदारहौ, तिमीकसैलाई अत्यचारनगररतिमीमाथिपनिकसैलेअत्यचारनगरुन। ” (सूरः बकरा, आयत नं. २७९)
कुरआनमा भनिएको छ,
“यदिकठिनाईमाछभनेउसलाईतिर्नसजिलोनहुञ्जेलसम्मकोलागि समयदेउ।तरयदितिमीलेत्यसलाईदानकोरुपमामिनाहागरिदिन्छौभनेतिम्रोनिम्ति सबैभन्दाराम्रोहुन्छ, यदियोकुरातिमीबुझ्दछौभने।” (सूरः बकरा, आयत नं. २८०)
(ङ)अनाथकोधनखानुः-अनाथ त्यो बालकलाई भन्दछन् जसको बुवाको देहान्त उसको वाल्य अवस्थामा भएको हुन्छ । अनाथले विभिन्न किसीमको सामाजिक एवं आर्थिक समस्या झेल्नु पर्दछ । जसको बुवा देहान्त भएको छ र उसले आफ्नो धेरै सम्पति छोडेको छ भने यस्तो अवस्थामा उसको धनको रेखदेख गर्नको लागि एक व्यक्तिलाई नियुक्त गरिएको हुन्छ उसको कर्तव्य हो कि त्यस अनाथको धनलाई बढाउने प्रयास गर्नु र त्यो रेखदेखको बदलामा उसको लागि जो उचित धनराशि निर्धारित गरिएको हुन्छ त्यो भन्दा धेरै नलिनु। कुरआनमा भनिएको छः
“अनाथकोधनकोनजिकपनिनजानु, उचितढंगले, जबसम्मउयुवा अवस्थमापुग्दैन”
(सूरः अन आम- आयत नं. १२२, सूरः बनी इसराईल आयत नं. ३४)
जबसम्म अनाथ युवा अवस्थामा पुग्दैनन तब तक उसको धनमालको रेखदेख गर । त्यस पूँजीलाई उचित स्थानमा लगाउ ताकि उसलाई लाभ होस् । अनाथको धनलाई आफ्नो धनसँग मिलाएर ब्यापारमा पनि लगाउन सकिंन्छ तर जे जति हिस्सा उसको पूँजी छ त्यस पूँजीको प्रतिशतको हिसाबले लाभ पनि दिनुपर्छ । कुरआनमा भनिएको छः
“जोव्यक्तिअत्याचारगरेरअनाथकोधनखान्छन्उसलेआफ्नोपेटमा आगोभर्दछन्, रत्यो अवश्यनर्कमाजानेछ” ।
जब अनाथ युवा अवस्थामा पुग्दछ तब उसको माल उसलाई फिर्ता गर अनि त्यसमा हेरा फेरी नगर । कुरआनमा भनिएको छः
“अनाथकोधनउसलाईदिनुरआफ्नोकमजोरमालसँगउसकोराम्रोमालनलिनुरआफ्नो
मालसँगमिलाएरनखानुनिःसन्देहयोमहापापहो” । (सूरः अन निसा, आयत नं. १०)
नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नु हुन्छ,
“मरअनाथलाईपाल्नेवालास्वर्गमायसप्रकार रहन्छौंभन्दैआफ्नोदुईवटाऔंलाजोडेर त्यसतर्फसंकेतगर्दैदेखाउनुहुँन्थ्यो”। (सही बुखारी, हदीस नं. ६००५)
एक जना मानिसले आएर नबी सल्लल्लाहु अलैहि वसल्लमसंग आफ्नो कमजोरीको बारेमा भन्यो,
“मेरो दिलधेरैकठोरछतबनबीसल्लल्लाहुअलैहिवसल्लमलेभन्नुभयो, अनाथकोटाउकोमा हातलेसुमसुम्याउरनिर्धनलाईभोजनगराउ”। (मुस्नद अहमद, ७५७६)
(च)युद्धकोमैदानबाटभाग्नुः-युद्धको मैदनबाट भाग्दा आफ्नो साथिहरुलाई धोका हुन्छ र जसले यस्तो कार्य गर्दछ उसलाई काँतर भनिन्छ। काँतर व्यक्तिले आफ्नो ज्यान बचाउन अरु साथिहरुलाई संकटमा पार्दछ । यस्तो कार्यले साथिहरुमा सहाँस कम हुनुको साथै शत्रुहरुको मनोबलमा वृद्धि हुन जान्छ फलस्वरुप आफ्नो साथिहरु शत्रुहरुको फन्दामा परि ज्यान गुमाउन पर्ने हुन्छ । साथिहरुमा यस्तो एकता हुनुपर्छ कि मर्नु परे पनि संगै मर्ने र बाँचे साथिलाई पनि बचाउने कोसिश गर्नु पर्दछ । तर आफ्नो ज्यान बचाउन साथिलाई शत्रुको माझमा छाडेर भाग्नु हुँदैन ।
(छ)पवित्रनारीमाथिब्यभिचारकोआरोपलगाउनुः-पुरूष आफ्नो पत्निलाई ब्यभिचारको आरोप लगाउँछ र जबसम्म त्यसमा चारजना साक्षि हुँदैनन् भने काज़ीको सामने चार पटक कसम खाएर भन्दछ कि उ आफ्नो दावामा बिलकुल सत्य छ र पांचौ पटक उसले भन्दछ कि यदि उ झूटो छ भने उसमाथि अल्लाहको प्रकोप होस्, यसै गरी स्त्री पनि काज़ीको सामने कसम खाएर भन्छिन कि उनी आफ्नो दावामा सच्चा छिन्, र यदि आफ्नो दावामा झूटो भएमा अल्लाहको प्रकोप म माथि होस् ।
यसपछि उनीहरु दुई जना हम्मेशाको लागि पति पत्निको नाताबाट अलग हुनेछन् । त्यस अवस्थामा उसकी पत्निको गर्भ आफ्नो होइन भनेर भन्दछ भने त्यो बच्चा आमाको जिम्मामा आउँछ र बाबुको वंशबाट खारेज हुन्छ ।
कुनै पनि पवित्र नारी माथि शंकाको भरमा झूटो आरोप लगाउनु हुँदैन तर चारजना साक्षिले देखेको छ भने मात्र त्यो कुरा प्रमाणित मानिन्छ अन्यथा आरोप लगाउऩेवाला व्यक्तिले उसले झूटो बोलेको कबुल गरेमा इस्लामिक कानून अनुसार झूटो बोल्नेवालालाई असी कोर्रा हान्ने आदेश दिइएको छ ।