सम्भोग वा ठूलो अपवित्रतापछि कसरी पवित्रता प्राप्त गर्नु पर्छ?
पवित्रताको नीयतले पूरै शरीरलाई पानीले भिजाउनु नै पर्याप्त हुन्छ।
- तर पूर्ण तरिका के छ भने, पहिले फोहोरलाई सफा गर्नु, त्यसपछि सलाहको लागि झैं वजू गर्नु अनि बल्ल पूरै शरीरमा पानी हालेर राम्रोसँग नुहाउनु। यसो गर्दा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नतको अनुसरण हुन्छ र बढी पुण्य पनि प्राप्त हुन्छ।
- यदि नुहाएर ठूलो पवित्रता प्राप्त गर्छ भने यो उसको वजूको लागि पनि पर्याप्त हुनेछ, स्नानको साथमा वजू गर्नु अनिवार्य छैन। तर विधिपूर्वक नुहाउनु नै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को तरिका हो।
मोजामाथि मसह गर्नु (घस्नु)- :
यो इस्लामको विशेषता हो। एउटा मुस्लिमले खुट्टा धुनुको साटो मोजा वा पूरै खुट्टालाई छोप्ने गरी लगाएको जुत्तामाथि मसह गर्न वैध गरेको छ, तर केही शर्तमा… वजू गरेर मोजा लगाएको हुनुपर्दछ र स्थानीयले २४ घन्टा र यात्रीले ७२ घन्टा सम्म। मसह गर्ने तरिका… हातलाई पानीमा भिजाएर खुट्टामाथि मात्र एक चोटि घस्नु।
ठूलो अपवित्रतापछि नुहाउदा जसरी भएपनि (मोजा फुकालेर) दुवै खुट्टालाई पानीले धुनु पर्छ।

पानीको प्रयोगबाट असमर्थ हुनु-
यदि एउटा मुस्लिम विरामी हुने वा रोग बढ्ने डरले पानीको प्रयोगबाट असमर्थ छ वा पानी नभएको वा थोरै पानी जो खानपिनको लागि मात्र पर्याप्त छ भने यस्तो अवस्थामा माटोबाट तयम्मुम (पवित्रता प्राप्त) गर्नु जायज छ।
तयम्मुमको तरिका-
(बिस्मिल्लाह पढेर) दुबै हातलाई पवित्र माटोमाथि घस्नुहोस् अनि अनुहार तथा दुवै हातमा नाडीसम्म मल्नुहोस्। वजू र स्नान दुवैको लागि एउटै तरिका हो।