बच्चाको हज

 

यद्यपि बच्चामाथि हज गर्नु फर्ज होइन तर यदि ऊ हज गर्छ भने त्यो नफ्ल हज हुनेछ र त्यसको पुण्य उसले पाउनेछ भन्ने विषयमा सबैको

सहमति रहेको छ । (अल्–फत्ह अल्–रब्बानी)

 

 

१) साइब बिन यजीद (रजि.) को भनाई अनुसार “जुन वर्ष अल्लाहका रसूलले हिज्जतुल् विदाअ (अन्तिम हज) गर्नु भयो मलाई पनि हज गर्न लगाइयो

जबकि त्यसबेला म सात वर्षको थिएँ ।” (बुखारी, अह्मद, तिर्मिजी)

 

 

२) जाबिर (रजि.) भन्छन्, “हामीले अल्लाहका रसूल (स.) सँग हज ग¥यौ र हामीहरुसँग महिलाहरु र बच्चाहरु पनि थिए । हामीले बच्चाहरुको

तर्फबाट स्वयं तल्विया भन्यौं र रमिए जिमार गर्यौं ।” (अह्मद, इब्ने माजा)

 

 

३) अब्दुल्लाह बिन अब्बास (रजि.) भन्छन् अल्लाहका रसूल (स.) रौहा (मदीनाबाट ३६ मिलको दुरीमा एउटा ठाउँ) मा हुनुहुन्थ्यो र उहाँ (स.) ले

बाटोमा एउटा यात्रीसमूहसँग भेट्नुभयो । उहाँ (स.) ले उनीहरुलाई सलाम गर्नुभयो र भन्नुभयो “तिमीहरु को हौ ?” उनीहरुले जवाफ दिए “हामी

मुस्लिम हौं ।” उनीहरुले सोधे “तपाईहरुको हुनुहुन्छ ?” उहाँ (स.) ले भन्नुभयो, “म अल्लाहको रसूल हुँ ।” एक जना महिला (यो सोचेर) डराएर

भागेर आइन कि यो अवसर हातबाट फुस्केर नजाओस् र आफ्नो बच्चालाई पाखुरा समातेर उँटको काठीबाट निकालेर सोध्न लागिन् “हे अल्लाहका

रसूल ! के यस (बच्चा) माथि पनि हज छ ?” (अर्थात यसले हज गर्न सक्छ ?) उहाँ (स.) ले भन्नुभयो “छ, र तिम्रो लागि पनि प्रतिदान रहेको छ

(अर्थात यस बच्चालाई हज गर्ने प्रतिदान प्राप्त हुनेछ र तिमीलाई हज गराउने”) । (अह्मद, मुस्लिम, अबू दाऊद, नसई)

 

 

**यस सन्दर्भमा पाइने मत भिन्नता केवल यो हो कि हनफी विद्वानहरुका अनुसार यदि बच्चाले हज गर्छ भने उसले इह्राम बाँध्नु जरुरी छैन । यदि

इह्रामको अवस्थामा उसले यस्तो काम गर्यो जुन इह्रामको अवस्थामा गर्ने अनुमति छैन भने उसको जिम्मामा कुर्बानी आवश्यक हुनेछैन । अरु

विद्वानहरुका अनुसार यदि बच्चाले हज गर्ने हो भने उसले इह्राम पनि अनिवार्य रुपले बाँध्नेछ र इह्रामको अवस्थामा गर्ने अनुमति नरहेको काम

ऊबाट हुन्छ भने उसको जिम्मामा कुर्बानी पनि आवश्यक हुनेछ । (अल्–फत्ह अल्–कदीर अल्–हिदायाको व्याख्या, अल्–फत्ह अल् रब्बानी)

 

 

यदि कुनै व्यक्तिले सानो बेलामा हज गरेको छ र ठूलो भएपछि यसमाथि हज फर्ज हुन्छ भने उसले फेरी हज गर्नु जरुरी हुनेछ, उसले सानो

उमेरमा गरेको हज पर्याप्त हुने छैन भन्ने विषयमा एउटा अज्ञात समूह बाहेक सबैको सहमति रहेको छ । (अल्–फत्ह अल्–रब्बानी)

 

 

४) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जुन बच्चाले हज गर्यो अनि फेरी ऊ वयष्क उमेरमा पुग्यो, उसले

दोस्रो हज गरोस् ।” (तबरानी)

 

IslamNepal.com

Go to top

Joomla! Debug Console

Session

Profile Information

Memory Usage

Database Queries