इस्लाम सत्यमार्ग

 

इस्लाम नै सत्यधर्म हो ।

आज म तपाईँहरुसमक्ष यो प्रश्न राख्न चाहन्छु कि यो विशाल जगतको सृष्टिकर्ता र यहाँका सम्पूर्ण मानव जातिलाई सृष्टि गर्नेहुर्काउनेलाभ तथा हानि

पुर्याउने विभिन्न आकार प्रकार र स्वरूप अनि भेषभुषामा बाँड्नेमृत्यु दिने र यस धर्तीबाट हाम्रालागि आवश्यक पर्ने खाद्य सामाग्री र विभिन्न

प्रकारका फलफूलहरु सृजना गर्ने तथा यो सम्पूर्ण जगतलाई आफ्नै नियमित गतिमा चलाउने त्यो को हुन सक्छ ? के तपार्इँलाई थाहा छ ? थाह छैन

भन्ने जानी राख्नुहोस् -इस्लाम सत्यमार्ग हो।

 यदि तपाईं चिन्तन् मनन् गर्नुहुन्छ भने यस निस्कर्षमा पुग्नुहुन्छ कि यो विशाल जगत जुन अनौठो प्रकारको आकारमा छ र यस जगत भित्र रहेका

कुनै पनि वस्तु अमर छैन र यसको अन्त्य भइराखेको हामी देख्दैछौं र यहाँ कुनै वस्तु यस्तो पनि छैन कि जुन आफ्नो अधिनमा रहेको छ । यी सबै

एक महान शक्तिको अधिनमा हरेको छ। त्यो शक्ति एक अल्लाह नै हो। कुरआनको सूरह-आले इमरानआयत १८९ मा भनिएको छः “र आकाश

तथा धर्तीमा अल्लाहकै शासन रहेकोछ र अल्लाह सम्पूर्ण कार्यको सामर्थ्य राख्दछन् ।

यस संसारमा एक भन्दा बढी ईश्वर छैन यदि एक भन्दा बढी ईश्वर भएको भए यस्तो  संसारको कल्पना गर्न सक्ने थिएन । यो कुरालाई कुरआनको

सूरह अंम्बिया आयत २२ मा अल्लाहले यसरी भन्नु भएको छः

यदि आकाशहरु एवं धर्तीमा अल्लाहबाहेक अन्य ईश्वरहरु भएको भए यी दुवै अव्यवस्थित भई अस्त व्यस्त हुने थियो । अतः सिंहसानका

मालिक अल्लाह तिनीहरुको मन गढन्ते कुराहरुबाट पवित्र रहेकाछन्।

 इस्लाम धर्मको महान ग्रन्थ कुरआनको सूरहः इख्लास, १ देखि ४मा उल्लेख छः

पवित्र कुरआनको सूर: अल इखलासमा यस प्रकार ईश्वरको परिचय गराइएको छ। भन अल्लाह एउटै हुनुहुन्छअल्लाह निस्पृह हुनुहुन्छ।

वहाँबाट कोही पनि जन्मेको छैनन वहाँ कसैबाट जन्मनु भएको छवहाँ समान अरु कोही छैन

सूरहः फातिहाआयतः१-५,

१. अल्लाहको नामबाट शुरू गर्दछु जो अत्यन्त दयालु तथा कृपालु हुनुहुन्छ ।

२. सारा प्रशंसा अल्लाहको लागि हो । जो सम्पूर्ण ब्राह्माण्डको पालनकर्ता हुनुहुन्छ ।

३. अत्यन्त कृपाशील तथा अत्यन्त दयावान छन् ।

४. बदला दिने दिनका स्वामी हुन् ।

५. हामी तपाईको नै पूजा गर्छौं र तपाईसँगै मद्दत माग्छौं ।

सूरहः बकरहआयत २५५ लगायत अन्य सूरहहरुमा एक अल्लाह कै मात्र वर्णन गरिएको छ । यदि कसैले एक भन्दा बढी अल्लाह (ईश्वर) छ भन्ने

धारणा राख्दछ भने इस्लामले त्यस कुराको पूर्णरूपमा बहिष्कार गर्दछ। पहिलो कलिमा ला इलाह इल्लल्लाह को व्याख्या विश्लेषण पनि यसै

कुरालाई स्पष्ट पार्दछ।

 यसरी आर्यहिन्दुपार्सीबौद्धयहूदी र सिखसबै धर्ममा एक अल्लाह (ईश्वर) को बारेमा वर्णन गरिएको छ। तापनि हामीले हाम्रो वास्तविक

सृष्टिकर्तालाई छाडी अन्य काल्पनिक ईश्वरको पूजा गरी घोर भ्रममा परी पाप कार्यहरु गरिरहेका छौं। जसको पुष्टि तलका धर्मग्रन्थहरुका शिक्षाबाट

पनि हुन्छ ।

यजुर्वेदः

न तस्य प्रतिमा अस्ति यस्य नाम महदयश ! (यजुर्वेद ३२-३)       

अर्थ- जुन प्रभुको बडा प्रसिद्ध यश (किर्ती) छउहाँको कुनै प्रतिमा (फोटो वा मूर्ति) छैन।

श्रीमद्भगवद्गीताः

अव्यक्तम व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धय                                       

परं भावजानन्तो ममाव्ययमनुत्तमम (श्रीमद्भगवद्गीता ७/२४)                  

अर्थ- म अविनाशीसर्वश्रेष्ठ र सर्वशक्तिमान हुँ आफ्नो शक्तिले सम्पूर्ण संसारलाई चलाई रहेको छु ! बुद्धिहीन मानिस मलाई नचिनेर

मनुष्यको जस्तो जन्म लिनेवाला सम्झन्छन्

बाइबलबाटः

म यहोवा (अल्लाह) हुँम बाहेक तिमीहरुले अरु ईश्वर नमान्नू । आकाशमापृथ्वीमा र पृथ्वीमुनी भएकोपानीमा हुने कुनै वस्तुको

प्रतिमूर्ति तैले आफ्नो निम्ति कुनै किसिमको मूर्ति नबनाउनू । तिनीहरुको अगाडि नझुक र तिनीहरुको पूजा नगर्नुकिनकि म तिमीहरुको

परमप्रभु परमेश्वर हुँ । (व्यवस्था ५/७-९)

कुरआन सूरहः निसाआयत ४८ मा उल्लेख छः

अल्लाहले आफुसित कसैलाई साझेदारी बनाउने कार्य (शिर्क) लाई कदापी क्षमा गर्ने छैनन्तर यसबाहेकका अन्य पाप जसको लागि

चाहनेछन् क्षमा गर्ने छन्। जसले अल्लाहसँग कसैलाई साझेदार बनायो। उसले वास्तवमा एउटा ठूलो पाप गरेको संरचना गर्यो

कुरआन सूरहः सूरहः माइदाआयत ७२, ….. “हे इस्राईलका सन्तानहरु हो ! त्यस अल्लाहको साझेदार ठहर्यायो उसकोलागि अल्लाहले

स्वर्ग निषेध गरे। उसको निवास नरक हुनेछ र यस्ता अत्याचारीहरुको कोही सहयोगी हुने छैन।

सूरहः लुकमानआयत, १३ मा भनिएको छः “र स्मरण गर जब लुकमानले आफ्नो छोरालाई उपदेश दिंदै भने- हे मेरो छोरा अल्लाहसँग

कसैलाई साझेदार नबनाऊ किनभने साझेदार ठहर्याउनु ठूलो अत्यचार हो

 माथि दिइएका कुराहरुबाट स्पष्ट रुपमा प्रष्ट हुन्छ कि यदि कसैले एक अल्लाह (ईश्वर) लाई छोडी अन्यको प्रतिमा बनाइ पूजा आराधना गर्दछ भने

अल्लाह तआलाले त्यो व्यक्तिमाथि कदापि दया गर्ने र यति ठूलो पापलाई क्षमा दिने छैन बरू मृत्युपछि उसको सदा सर्वदा बस्ने ठाउँ नरक हुने छ।

फेरि अल्लाह सुब्हानहु व तआलाले कुरआन मजीद सूरहः अंम्बियाआयत ९८ मा भन्नु भएको छः

निस्सन्देह तिमीहरु र अल्लाह बाहेक जसको उपासना गर्छौ र नरकका इन्धन बन्नेछौ। तिमीहरु त्यसमा अवश्य होमिनेछौ ।

 स्वयं अल्लाह तआला कुरआन मजीदको सूरहः ताहाआयत १४ मा भन्नुहुन्छः

निस्सन्देह म नै अल्लाह हुँ। म बाहेक अन्य कोही पूज्य छैन। अतः मेरै उपासना गर र मलाई स्मरण गर्न नमाज कायम गर ।

यसबाट के ज्ञात हुन्छ भने हामी सबैलाई सृष्टि गर्नको मुख्य उद्देश्य अल्लाहको पूजाआराधना गर्नु नै हो । जस्तै सूरहः जारियातआयत ५६ मा भनिएको छः

मैले जिन र मानवजातिलाई आफ्नो भक्तिको लागि मात्र सृष्टि गरें ।

कुरआन सूरः शूरा आयत ११ मा उल्लेख गरिएको छः “अल्लाह जस्तो कोही पनि छैन ।

न उहाँको आमा-बुबा छन्न कोही मालिक तथा स्वामी छनः (शविताश्वतारा उपनिषद् ९/६)

अल्लाह तआलाले सबै मानवजातिका लागि रोजेको जीवन पद्धति इस्लाम हो। अरबी भाषा अनुसार इस्लाम शब्दको अर्थ हुकुम मान्नुआत्मसमर्पण

र अज्ञापालन गर्नु हो। इस्लाम धर्मको नाम इस्लाम यस कारणले राखिएको छ कि यो अल्लाहको आदेशहरुलाई पुर्णरुपले स्वीकार गर्नु र त्यस

अनुसार जीवनयापन गर्नु हो। इस्लामले एक ईश्वरको आदेश र  उनैको आज्ञा ग्रहण गर्ने कार्यमा सम्पूर्ण मानवजातिको भलो हु्न्छ भन्ने कुरालाई स्पष्ट

पारेको छ।

यसरी वहुदेववादको विरोध प्रतिक यस सारा जगतको मालिकस्वामीसृष्टिकर्तापालनकर्ता मृत्युदिने र सम्पूर्ण जगतलाई आफ्नो अधिनमा चलाउने

परमात्मा एक छन्सर्वशक्तिशाली छन्निराकार छन् र उनले चाहेमा जे पनि गर्न सक्दछन् र सम्पूर्ण जगतलाई आफ्नो अधिनमा राख्दछन् भन्ने

कुराको जानकारी पनि इस्लामको प्रमुख सिद्धान्त र महत्वपूर्ण विषयहरुमध्ये रहेको छ। इस्लामको विशेषता यो छ कि यो कुनै जाति तथा व्यक्तिसंग

सम्बन्धित छैन। यसको नामले नै एक विशेष गुणलाई स्पष्ट पार्दछ जुन इस्लाम शब्दको अर्थमा आधारित छ।

यो नाम इस्लामबाट स्वयम् स्पष्ट हुन्छ कि यो कुनै व्यक्तिको मस्तिष्कको उपज होइन वा कुनै विशेष जातिसंग पनि सम्बन्धित छैन। यो कुनै निश्चित

व्यक्तिजाति वा देशको लागि मात्र होइन, यो त सम्पूर्ण मानवको कल्याणको लागि हो। यसको मुल आशय केवल इस्लामको गुणलाई मानिसभित्र

जगाउनु नै हो। प्रत्येक युग र प्रत्येक जातिका सत्य मार्गी व्यक्ति र राम्रो काम गर्ने महानुभाव जस्मा यस्ता विशेषताहरु पाइन्छन् ती सबै मुस्लिम

थिएमुस्लिम हुन र भविष्यमा पनि मुस्लिम हुनेछन्।

मेरा प्यारा मित्रहरु माथिको विश्लेषणबाट पूर्ण रुपमा स्पष्ट हुन्छ कि इस्लाम धर्म कुनै जातिसमूह विशेष आदिको धर्म होइन बरू यो सम्पूर्ण

मानवजातिलाई अल्लाह एक छन भन्ने कुरालाई अवगत गराई उनकै भक्तितर्फ ध्यानाकर्षण गराउँछ। हामी सम्पूर्ण मानवजातिहरु एक पुरुष र एक

महिलाबाट जन्मेका हौं । हामी सबै दाजुभाइ हौं भन्ने भावना पनि यसले दर्शाउँछ। यस संसारमा हुने विभिन्न किसिमका हिंसात्मक घटनाहरुलाई

रोक्न र संसारमा शान्ति कायम गर्नका लागि हामी सबै मानव जातिको धर्म इस्लाम नै हो भन्ने धारणाले मात्र यस संसारमा शान्ति आउँछ।

तसर्थ म अन्तमा तपाईहरुसंग यो अपिल गर्दछु कि यदि तपार्इहरु शान्ति र मृत्युपछि मुक्ति चाहनु हुन्छ भने तपाई र हामी सबै इस्लाम धर्मलाई

अपनाऔँ र यसलाई आफ्नो व्यवहारमा पनि परिचालन गरौं।

 

लेखक- जुल्फकार अली अलीग

 

 

 

 

IslamNepal.com

Go to top