पवित्रताको अर्थ
पवित्रताको वास्तविक अर्थ : सरसफाई, शुद्धता र स्वच्छता हो।
अल्लाहले मुस्लिमलाई भित्रि आत्मा र बाहिरी भाग दुवैलाई पवित्र पार्न आदेश दिनु भएको छ। शरीरको बाहिरी भागलाई प्रत्यक्ष अवैध चीजबीज र दिसा-पिसाबबाट सफा-सुग्घर राख्नु पर्दछ भने भित्रि आत्मालाई शिर्क, इर्ष्या, डाह, घमण्ड, धोखा जस्ता हृदय रोगबाट शुद्ध पार्नु पर्दछ। यसो गरियो भने अल्लाहको मायाको हकदार बन्न सकिन्छ। अल्लाहले भन्नु भएको छ… “अल्लाहले धेरै तौबा (प्रायश्चित) गर्ने तथा सफा-सुग्घर रहने व्यक्तिहरूलाई मन पराउनु हुन्छ।” (श्रोत- सूरह अल्-बकरह : २/२२२)
अल्लाहले सलाह (नमाज) पढ्नको लागि पवित्रतालाई अनिवार्य गर्नु भएको छ, किनभने यसले अल्लाहको निकटता तथा उहाँसँग कुराकानी गर्ने सौभाग्य प्राप्त हुन्छ। मानौं, कुनै देशको राजा वा राष्ट्रपतिसँग भेट गर्ने अवसर पाउनु भयो भने तपाई कस्तो खालको पोशाक लगाउन मन पराउनु हुन्छ ? मेरो बिचारमा तपाई सबैभन्दा राम्रो वस्त्र धारण गरी चिटिक्क परेर जान रुचाउनु हुन्छ। त्यसो भए सिङ्गो संसारको एक्लो मालिकसँग भेट्न जाँदा कस्तो हुनुपर्छ त ?
म कसरी वजू गरुँ?
वजूको महत्व- वजू अथवा पवित्रता प्राप्त गर्नु सर्वोत्कृष्ट तथा महत्वपूर्ण सत्कर्म हो। यदि कोही स्वच्छ र शुद्ध मनले वजू गर्छ भने अल्लाहले उसका सम्पूर्ण पाप तथा गल्तीहरुलाई पखालि दिन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जुन बेला एउटा मुस्लिमले वजू गर्छ, जब अनुहार धुन्छ भने उसको अनुहारमा रहेका सम्पूर्ण पापहरु जसलाई उसले आँखाले हेरेको हुन्छ, पानीको थोपाको साथमा झरेर जान्छ, जब हात धुन्छ भने हातले गरेका सम्पूर्ण पापहरु पानीको थोपाको साथमा झरेर जान्छ, जब खुट्टा धुन्छ भने खुट्टाले गरेका सम्पूर्ण पापहरु पानीको थोपाको साथमा झरेर जान्छ। यहाँसम्म कि ऊ पूर्ण निश्चल र पवित्र हुन्छ।” (श्रोत- मुस्लिम : २४४)
• ठूलो अपवित्रता र स्नान-
• सम्भोग वा ठूलो अपवित्रतापछि कसरी पवित्रता प्राप्त गर्नु पर्छ?
ठूलो अपवित्रता र स्नान-
स्नान गर्नु पर्ने कारणहरु-
यदि कुनै मुस्लिमले निम्न लिखित कुराहरुमध्ये केही गर्छ भने उसले अनिवार्य रुपमा नुहाउनु पर्छ। नुहाउनु भन्दा अगाडिको अवस्थालाई ठूलो अपवित्रता भनिन्छ।
यी कुराहरु यस प्रकार छन्-
अनिवार्य स्नान गर्दा पूरै शरीरलाई पानीले भिजाउनु नै पर्याप्त हुन्छ।
1. १) वीर्य स्खलन- सपना वा बिपनामा जुनसुकै तरिकाले वीर्य स्खलन हुनु। वीर्य- गाढा, बाक्लो, सेतो तरलपदार्थ जुन यौन सम्पर्कको बेलामा निस्कन्छ।
2. २) सम्भोग- स्त्रीको योनीमा लिङ्ग पसाएपछि अनिवार्य रुपमा नुहाउनु पर्छ, चाहे वीर्य स्खलन होस् वा नहोस्। अल्लाहले भन्नु भएको छ… “यदि तिमी 'जुनुबी' (वीर्य स्खलन भएको अवस्थामा) छौ भने पवित्रता प्राप्त गर।” (श्रोत- अल्-माइदा : ५/६)
• कलेमा (दुवै गवाहीहरु) को अर्थ र अभिलाषा
• मुहम्मद अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु
• मुहम्मद अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनुको अर्थ-
कलेमा (दुवै गवाहीहरु) को अर्थ र अभिलाषा
म गवाही दिन्छु, अल्लाह बाहेक अरु कोही सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन्।
ला इलाहा इल्लल्लाह नै किन?
• किनभने यो नै मुस्लिमको पहिलो कर्तव्य हो। यदि कोही व्यक्ति इस्लाम ग्रहण गर्न चाहन्छ भने उसले सर्वप्रथम यसै कुरालाई तन, मन र वचनले स्वीकार गर्नु पर्दछ।
• जसले अल्लाहलाई राजी पार्नको लागि विश्वासका साथ यसको गवाही दिन्छ, उसको लागि यो गवाही नरकबाट मुक्ति पाउने माध्यम बन्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाहको खुशीको लागि साँचो र स्वच्छ मनले ला इलाहा इल्लल्लाहको गवाही दिने व्यक्तिमाथि अल्लाहले नरकलाई अवैध गर्नु भएको छ।” (श्रोत- बुखारी : ४१५)
• जसको मृत्यु उक्त गवाहीमाथि आस्था राखेको अवस्थामा हुन्छ, ऊ अवश्य नै स्वर्गमा जानेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “अल्लाह बाहेक अरु कोही सत्य ईश्वर छैन” माथि आस्था राखेको अवस्थामा कसैको मृत्यु भयो भने ऊ अवश्य नै स्वर्गमा जानेछ।” (श्रोत- अहमद : ४६४)
• तसर्थ ला इलाहा इल्लल्लाहको बारेमा जानकारी प्राप्त गर्नु अनिवार्य र अति महत्वपूर्ण छ।
IslamNepal.com