स्तम्भहरु (अर्कान)

• महाप्रलयको दिनमाथि आस्था राख्नु


• महाप्रलयमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?
• महाप्रलयको दिनमाथि आस्थाका केही फाइदाहरु-
महाप्रलयको दिनमाथि आस्था राख्नु
महाप्रलयको दिनमाथि आस्थाको अर्थ-
अल्लाहले मृत्यु पश्चात सम्पूर्ण व्यक्तिहरुलाई चिहानबाट जीवित पारेर उठाउनु हुनेछ, त्यसपछि हिसाब-किताब लिएर कर्म अनुसार प्रतिफल दिनु हुनेछ र स्वर्गवासी स्वर्गका महलहरुमा र नरकवासी नरकका खाल्डोमा बसोबास गर्नेछन् भन्ने कुरामाथि दृढतापूर्वक आस्था राख्नु।

• भाग्यमाथि आस्था राख्नु


• भाग्यमाथिको आस्थाले कुन विषय वस्तुलाई समेटेको छ?
• मानिसको आफ्नो अख्तियार, शक्ति र मनसाय हुन्छ-
• भाग्यलाई दोष दिनु-
• भाग्यमाथि आस्थाका केही फाइदाहरु-
भाग्यमाथि आस्था राख्नु
भाग्यमाथि आस्थाको अर्थ-
राम्रो र नराम्रो हरेक कुरा भाग्य विधाताको चाहना र फैसलाले नै हुन्छ, उहाँ जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, उहाँको आदेश बिना रुखको एउटा पात पनि हल्लिन सक्दैन, उहाँले जसको भाग्यमा जे कोर्नु भएको छ, त्यो भन्दा बाहिर केही हुन सक्दैन भन्ने दृढतापूर्वक आस्था राख्नु। तर उहाँले आफ्नो भक्तलाई उसको शक्ति र मनसाय अनुसार स्वतन्त्रता दिनु भएको छ।

• अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु

 

• फरिश्ता (देवदूत) हरुमाथि आस्था राख्नु
• किताबहरुमाथि आस्था राख्नु
अल्लाहका नाम र विशेषताहरुमाथि आस्था राख्नु
अल्लाहले आफ्नो लागि जुन नाम र विशेषताहरु कुरआन वा हदीसमा प्रमाणित गर्नु भएको छ, ती कुराहरुमाथि जस्ताको तस्तै आस्था राख्नु।
अल्लाहकै लागि राम्रा नाम र परिपूर्ण विशेषताहरु छन्। उहाँ जस्तो नाम र विशेषता अरु कसैको हुनै सक्दैन। अल्लाहले भन्नु भएको छ… “उहाँ जस्तो अरु कोही छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुन्।” (श्रोत- सूरह अश्-शूरा : ४२/११) अल्लाह आफ्नो नाम र विशेषताहरुमा सम्पूर्ण सृष्टिको समानताबाट पवित्र र महान हुन्।

• 'ईमान' का ६ वटा आधारहरु


१- अल्लाहको अस्तित्वमाथि आस्था राख्नु-
• २- अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्था राख्नु-
• ३) अल्लाहको उलूहियत (उपासना) माथि आस्था राख्नु
• ईबादत (उपासना) भनेको के हो?
• शिर्क (बहुदेववाद)
'ईमान' का ६ वटा आधारहरु
अल्लाहमाथि आस्थाको अर्थ-
अल्लाहको अस्तित्वमाथि दृढतापूर्वक आस्था राख्नु, उहाँ नै हाम्रा प्रभु र पूज्य हुन् भन्ने कुरामाथि विश्वास गर्नु तथा उहाँका नाम र विशेषताहरुलाई स्वीकार्नु।
यी चारै कुराहरुको बारेमा विस्तृतरुपमा तल वर्णन गर्नेछौं…

तपाईको हज्ज

• हज्जको अर्थ-

• हज्जको लागि क्षमताका अवस्थाहरु
• हज्जका विशेषताहरु
• हज्जका उद्देश्यहरु
- तपाईको हज्ज
मक्का र मस्जिद-हरामका विशेषताहरु
मस्जिद-हराम, अरब द्वीपको पश्चिमी भेग मक्का मुकर्रमामा अवस्थित छ। इस्लाममा यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्…
1. १- यसैको मुटुमा पवित्र काबा छ-
यो काबाको ढोका हो, यसमा कुरआनका धेरै जसो आयत (श्लोक) हरु कोरिएका छन्। .

काबा एउटा चारपाटे घनाकार भएको निर्मित सानो सुन्दर घर हो, जो मस्जिद-हरामको बीच भागमा अवस्थित छ।
यो विश्वकै मुस्लिमहरुको किब्ला, ढुकढुकी र केन्द्र बिन्दु हो। यसै किब्लाको दिशामा अनुहार फर्काएर मुस्लिमहरुलाई सलाह पढ्ने र अन्य उपासना गर्ने आदेश दिएको छ।

IslamNepal.com

Go to top