इस्लामको 5 स्तम्भहरु (अर्कानल इस्लाम)

तपाईको हज्ज

• हज्जको अर्थ-

• हज्जको लागि क्षमताका अवस्थाहरु
• हज्जका विशेषताहरु
• हज्जका उद्देश्यहरु
- तपाईको हज्ज
मक्का र मस्जिद-हरामका विशेषताहरु
मस्जिद-हराम, अरब द्वीपको पश्चिमी भेग मक्का मुकर्रमामा अवस्थित छ। इस्लाममा यसका धेरै विशेषताहरु छन्, तीमध्ये केही यस प्रकार छन्…
1. १- यसैको मुटुमा पवित्र काबा छ-
यो काबाको ढोका हो, यसमा कुरआनका धेरै जसो आयत (श्लोक) हरु कोरिएका छन्। .

काबा एउटा चारपाटे घनाकार भएको निर्मित सानो सुन्दर घर हो, जो मस्जिद-हरामको बीच भागमा अवस्थित छ।
यो विश्वकै मुस्लिमहरुको किब्ला, ढुकढुकी र केन्द्र बिन्दु हो। यसै किब्लाको दिशामा अनुहार फर्काएर मुस्लिमहरुलाई सलाह पढ्ने र अन्य उपासना गर्ने आदेश दिएको छ।

सलाह पढ्ने तरिका



1. १) नीयत (संकल्प) गर्नु- सलाह सही हुनको लागि नीयत अनिवार्य छ। अर्थात यो उपासना अल्लाहकै लागि हो भन्ने

हृदयदेखि संकल्प गर्नु पर्दछ, जस्तै… मग्रिब, ईशा वा जुन सलाहको समय हुन्छ, त्यसैको नीयत गर्नु। नीयत गर्दा

मुखले भन्नु पर्दैन, बरु मन र मस्तिष्कमा गरिने दृढ संकल्प नै पर्याप्त हुन्छ, किनकि नीयत गर्दा मुखले नै भन्नु पर्ने

कुरा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँका सहाबा (साथीहरु) बाट प्रमाणित छैन।

• सलाह (नमाज)


• सलाहका लागि चाहिने शर्तहरु के के हुन्?
• पाँच अनिवार्य सलाहहरु र त्यसका समयहरु
• सलाह पढ्ने ठाउँ
सलाह (नमाज)

सलाहको वास्तविक अर्थ : प्रार्थना गर्नु हो। भक्त र उसको सृष्टिकर्ता बीच सम्बन्ध कायम गर्ने आधार हो। यसले अल्लाहको उपासना, बिन्ती र गुहारको उच्च भाव र अर्थहरुलाई समेटेको छ। भक्त उहाँलाई गुहार्छ, उहाँसँग कानेखुसी गर्छ, यो थोत्रो संसार र आफ्नो असल वास्तविकतालाई सम्झिन्छ। आफ्नो ईश्वरको महिमाको बोध गर्छ र सलाहमा तल्लीन हुन्छ। सलाहले इस्लाममाथि हिड्न धैर्यता दिन्छ र अत्याचार, दुर्व्यवहार, अश्लील र अवज्ञादेखि टाढा राख्छ। अल्लाहले भन्नु भएको छ… “निश्चय नै सलाहले अश्लील कार्य तथा नराम्रो कुराहरुबाट जोगाउँछ।” (श्रोत- सूरह अल्-अन्कबूत : २९/४५)
सलाहको स्थान र विशेषता
सलाह, शारीरिक उपासनाहरूमध्ये एउटा महत्वपूर्ण उपासना हो। यसमा हृदय, मस्तिष्क र जिब्रो सबै समावेश रहेको हुन्छ। यसको महत्व धेरै जसो कुराहरुमा देखा पर्छ, तीमध्ये केही यस प्रकार छन्…
सलाहको स्थान-

सलाहका आधार र अनिवार्य कुराहरु


• सलाह भङ्ग गर्ने कुराहरु-
• सुन्नत सलाहहरु के के हुन्?
• जमातको सलाह
• अजान
सलाहका आधार र अनिवार्य कुराहरु
सलाहका आधारहरु, यी सलाहका महत्वपूर्ण आधारहरु हुन्, जानेर वा बिर्सेर छोड्यो भने सलाह भङ्ग हुन्छ।
यी निम्न छन्-
तक्बीर तहरीमा, कियाम, सूरह फातिहा पढ्नु, रुकू गर्नु, रुकूपछि उभिनु, सज्दा, दुवै सज्दाहरुको बीचमा बस्नु, अन्तिम तशह्हुदमा बस्नु, बिस्तारै-बिस्तारै सलाह पढ्नु र सलाम फेर्नु।
सलाहका अनिवार्य, यी सलाहका अनिवार्य कुराहरू हुन्, जानी-जानी छोड्यो भने सलाह भङ्ग हुन्छ, तर बिर्सेर वा चाल नपाईकन छुट्यो भने सलाहमा कमी हुन्छ, जसलाई सज्दा सहु गरेर पूरा गर्न सकिन्छ।
सलाहका वाजिबहरु निम्न छन्-

IslamNepal.com

Go to top