अय्यामे बीज़को रोज़ा राख्दा हुने फाइदा
अय्यामे बीज़को रोज़ा १३, १४ र १५
आज विज्ञानले अनुसन्धानद्वारा यो प्रमाणित गरेको छ कि जब चन्द्रमा पूर्ण हुन थाल्छ तब त्यस अवधिमा मानव शरीर पनि यसबाट प्रभावित हुन्छ, यसैले अन्य दिनको अपेक्षामा यी दिनमा मानव भित्र कामुकता, उत्तेजना सृर्जना हुन थाल्छ, सहवासमा उत्तेजित हुन थाल्छ, क्रोधमा वृद्धि हुन थाल्छ जसले गर्दा यी दिनहरुमा अपराधिक घटनाहरु धेरै घट्ने गर्दछ । अरबी क्यालेन्डरको मिती अर्थात हिजरी सम्बत अनुसार हरेक महिनाको १३, १४ र १५ तारिखमा अल्लाहको रसूल (सल्ल.) ले हाम्रो लागिरोज़ा (उपवास) राख्न उपदेश दिएका छन् । अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्ना तीन सहाबाहज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु, हज़रत अब्दुल्लाह बिनअमर बिन आस रज़ियल्लाहु अन्हुमारहज़रत अबू ज़ररज़ियल्लाहु अन्हुलाईउपदेश दिंदै भन्नु भएको थियो किअय्यामे बीज़को रोज़ालाई विशेष रूपमा पालन गर।
जीवनको उद्देश्य के हो ?
जीवनको उद्देश्य के हो ?
परम् दयालु तथा अत्यन्त कृपाशील अल्लाहको नामबाट
जब हामी यस संसार माथि विचार गर्छौँ र चारै तिर हेर्छौँ हामी यसमा विभिन्न किसिमका चिज तथा वस्तुहरू फैलिएको देख्छौँ । हाम्रो सामुन्ने यस संसारका प्राकृतिक तथा अप्राकृतिक वस्तुहरू छन् । यसको उद्देश्य र महत्व माथि विचार गर्दा हामीलाई थाहा हुन्छ कि यिनीहरू मध्ये कुनै पनि चिज बिना मतलब तथा उद्देश्यहीन छैनन् ।
थरी थरीका बोटविरुवाहरू छन। जीवजन्तु,मानव, जनावर, चरा, किरा फटयाङगा्रहरू छन् । एकातिर अग्ला अग्ला पहाडहरू छन् भने अर्को तिर समथल जमीन तथा नदी नालाहरू छन्। जमीन मुनि विभिन्न किसिमका खनिजहरू, ग्यास तथा पेट्रोलियम पदार्थहरू छन् । आकाशमा सूर्य, चन्द्रमा तथा ताराहरू छन् । यी मध्ये हरेकले कुनै न कुनै उद्देश्य पूर्ति गर्दै गरेको देख्छौं । त्यो उद्देश्य के हो ? र कसरी पुरा गरी रहेका छन् ? गहन विचार पछि यी सबै मानिसहरूको सेवामा रहिरहेका छन् भन्ने निष्कर्षमा हामी पुग्छौं। साथै हामी यिनलाई सृष्टिकर्ताको आदेशानुसार र त्यही उद्देश्य पुरा गरीरहेका हेर्छौं जसको लागि यिनलाई उनले सृष्टि गरेका छन्। कुनै पनि चिज आफ्नो उद्देश्य विपरित काम गर्दैन । आगो, पानी, हावा सबैले त्यही गर्छन् जसको आदेश उनीहरूलाई दिइएको छ। यस कुराको पुष्टि विज्ञानले पनि गर्छ र यही संदेश हरेक युगमा आएका सन्देष्टाहरू, धार्मिक अगुवाहरू तथा सम्पूर्ण ज्ञानी व्यक्तिहरूले दिएका छन् । यो मात्र होइन हरेक साधारण व्यक्तिसंग प्रश्न गर्दा यसको उत्तरमा अलिकति पनि फरक हुने छैन । यस भन्दा अलि अगाडी बढौं र विचार गरौं के हामी यी कुराहरूबाट अलग्गिएर यस संसारमा बाँच्न सक्छौँ ? कदापि सक्दैनौँ ।
तसर्थ यसबाट यो कुरा स्पष्ट भयो कि यो संसार र यसका हरेक कुराहरू हामी मानवको लागि सृष्टि गरिएको हो र हामी यसलाई उपभोग गरी राखेका छौं । कुरआनमा स्पष्ट शव्दमा भनिएको छ “उनी (अल्लाह)ले नै धर्तिका हरेक चिज तिमीहरूका लागि सृष्टि गरेका छन् ।” (सुरह २ः२९)
माथि उल्लेखित कुराहरूवाट स्वतः एउटा प्रश्न उठ्छ कि “के हाम्रो जीवनको पनि कुनै उद्देश्य छ ?” छोटो चिन्तन मनन् पछि हामी यस निस्कर्षमा पुग्दछौं कि अवश्य हाम्रो यस जीवनको पनि कुनै न कुनै उद्देश्य हुनु पर्छ र हामीले त्यस उद्देश्यको पुर्ति गर्नु अनिवार्य छ । अझ यी प्रश्नहरू जस्तै हामी को हौं ? कहाँबाट आयौं ? कसरी आयौं ? र कहाँ जाने छौं ? हामीलाई कसले पठाएको हो ? र किन पठाएको हो ? यी प्रश्नहरू माथि विचार गर्दा हामीले गम्भिर हुनु जरुरी छ र यी प्रश्नहरूका जवाफ खोज्न पनि आवश्यक छ ।
आउनुहोस् हामी माथि उल्लेखित प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरौं । यसबाट स्पष्ट हुनेछ कि हाम्रो जीवनको वास्तविक उद्देश्य के हो ? हामी को हौं ? यसको जवाफ स्पष्ट छ हामी सृष्टिहरू मध्ये कै एक प्राणी हौं र सर्वश्रेष्ठ प्राणी हौं । किनभने हामीलाई बुद्धि प्रदान गरेर अन्य सृष्टिहरू माथि प्रभुत्व प्रदान गरिएको छ । बुद्धिका साथै हामीलाई केहि अधिकारका साथ जिम्मेवारी पनि दिइएको छ जसलाई बहन गर्नु हामीले जरुरी छ । जहाँ सम्म हामी कहाँवाट आयौं र कहाँ जाने छौं ? प्रश्न छ यसको जवाफ पनि स्पष्ट नै छ । हामी सृष्टि हौ यसबाट स्पष्ट हुन्छ कि हाम्रो अस्तित्व थिएन हामीलाई अस्तित्व प्रदान गरिएको छ अर्थात हाम्रो सृष्टिकर्ता छन् जसले हामीलाई सृष्टि गरेर जीवन प्रदान गरेका छन् । हाम्रो अस्तित्व थिएन भन्नुको यो पनि अर्थ हो कि हामी मृत अवस्थामा थियौं र हामीलाई अस्तित्वमा ल्याए पछि जीवन प्रदान गरिएको छ। यसवाट यो पनि स्पष्ट हुन्छ कि हामीले एक दिन फेरि मर्नु छ । यो यस्तो स्वंय सिद्ध वास्तविकता हो जसको लागि कुनै प्रमाणको आवश्यक्ता नै छैन। किनभने प्रत्येक दिन मानिसको मृत्यु भई रहेको हामी हेर्छौं । यसबाट यो पनि सिद्ध भयो कि हामी मरे पछि सदाको लागि सखाप वा नष्ट हुने छैनौँ र हाम्रो पूनर्जीवन असम्भव छैन । किन भने एक पटक अस्तित्वमा आए पछि पूनः अस्तित्वमा आउन कसरी असम्भव हुन सक्छ होला ? जहाँसम्म सृष्टिकर्ता को छन् ? भन्ने प्रश्न छ यसको लागि मानिसहरूले आफ्नै विवेकद्वारा उनको वास्तविकताको पत्ता लगाउन वा ज्ञान प्राप्त गर्न सक्दैनन् ।
यसको लागि सृष्टिकर्ता कै तर्फवाट कुनै श्रोत, माध्यम वा ग्रन्थ छ छैन भन्ने वारे जान्नु जरुरी छ । तापनि यस संसारमा कुन यस्तो मानिस छ जसले कुनै आपत वा कठिन समयमा आफ्नो सृष्टिकर्ताको आश्रय खोज्दैन तथा आफनो पालनकर्तालाई स्मरण गर्दैन र उनका सहायता माग्दैन । यो कुरा पनि सर्वविदितै छ कि सृष्टिकर्ताले हरेक युगमा आफ्ना सन्देष्टा तथा दूतहरू पठाउदै आएका छन् र ग्रन्थहरू अवतरित गर्दै आएका छन जस मध्ये महामनु (आदम) अलैहिस्सलाम, नुह अलैहिस्सलाम, इद्रीस अलैहिस्सलाम, इब्राहीम अलैहिस्सलाम, मूसा अलैहिस्सलाम र ईसा अलैहिस्सलामहरू हुन् । ग्रन्थहरू मध्ये इब्राहीम अलैहिस्सलाम, माथि अवतरित ग्रन्थ सहीफाहरू र मूसा अलैहिस्सलाम, र ईसा अलैहिस्सलाम, माथि अवतरित क्रमशः तौरात तथा इन्जील छन् । केही विद्वानहरूको अनुसार वेद पनि ईशग्रन्थ हो । तर यी सबै ईशग्रन्थहरूको मूल पाठ कि त लोप भयो वा त्यसमा अनुयायीहरूले मिसावट तथा फेरबदल गरिदिए । सन्देष्टाहरू तथा ग्रन्थहरूको क्रममा अन्तिम सदेष्टा हजरत् मुहम्मद (स.) हुन् । र उनीमाथि अवतरित ग्रन्थ कुरआन मजीद हो जुन हरेक मिसावट तथा फेरबदलबाट पूर्ण रूपमा सुरक्षित छ । यसको यथार्थ बुझ्नको लागि कुरआन मजीदको अध्ययन अनिवार्य छ ।
तसर्थ हामीले कुरआनबाट केहि उल्लेखहरू पेश गर्नु अपरिहार्य नै होला । किन भने कुनै पनि वस्तुलाई नदेखिकन र त्यसलाई नजानिकन त्यसको वास्तविकता पत्ता लगाउन सकिदैन । सुरह वाकिआको आयत ५७ देखि ६२ सम्ममा मानव सृष्टि मृत्यु तथा पुनःजन्म बारे अल्लाह भन्दछन्: “हामीले नै तिमीहरूलाई सृष्टि गर्यौ फेरि तिमीहरू किन सत्य मान्दैनौ ? के तिमीहरूले विचार गर्यौ जुन वीर्यका थोपा, तिमीहरू चुहाउँछौ त्यसलाई) तिमीहरू आकार दिन्छौ वा त्यसलाई) आकार दिने हामी हौं ? हामीले नै तिमीहरूबीच मृत्युलाई निर्धारित गरिदिएका छौं र तिमीहरूको स्थानमा तिमीहरूजस्तै अरूलाई सृष्टि गरिदिन र फेरि तिमीहरूलाई एउटा अर्को सृष्टिमा परिणत गरिदिनमा जसलाई तिमीहरू जान्दैनौ हामी विवश छैनौं । तिमीहरू आफ्नो पहिलो सृष्टिलाई त जानिरहेकै छौ, फेरि तिमीहरू किन उपदेश ग्रहण गर्दैनौ” ?
हाम्रो सृष्टिकर्ताको परिचयको लागि कुरआनमा कयौं स्थानहरूमा स्पष्ट शब्दहरूमा उल्लेख छ । म यहाँ दुईवटा मात्र प्रमाण पेश गर्न चाहन्छु । कुरआनको दोस्रो सुरह (बकरह) को आयात २५५ मा उल्लेख छ ।“ अल्लाह उनी बाहेक कोही उपास्य छैन, जीवन्त एवं चिरस्थायी छन् । उनलाई उंघ पनि लाग्दैन निन्द्राको के कुरा ? आकाश तथा पृथ्वीका सबै चिजहरू उनकै अधिनस्त हुन् । को छ जसले उनको अनुमति विना सिफारिस गर्न सकोस् । उनी तिनीहरूका अगाडी र पछाडीका सबै कुरा राम्ररी जान्दछन् र उनीहरू अल्लाहले चाहे बाहेक अरु कुनै चिज आफ्नो ज्ञानको परिधिमा ल्याउन सक्दैनन् । उनको कुर्सी (सिंहासन) आकाश तथा धर्ति सम्म फैलिएको छ । तिनीहरूको संरक्षणले उनलाई कति पनि थकित तुल्याउँदैनन् । उनी सर्वोच्च तथा महान छन् ।” यसै गरी कुरआनको सूरह इख्लास (११२) मा उल्लेख छ: “भनि देऊ उनी अल्लाह एउटै छन् । उनी अल समद (आत्म निर्भर तथा अरू सवैको आश्रय) छन् । उनको कोही सन्तान छैन न उनी कसैका सन्तान हुन् । न उनको कोही समकक्ष नै छ ।” यो हाम्रो सृष्टिकर्ताको संक्षिप्त परिचय हो । छोटकरीमा यो भन्न सकिन्छ कि उनी नै यस जगतका सृष्टिकर्ता पालनकर्ता तथा मालिक हुन् र यसमा उनको कोही साझेदार छैन ।
अब हामी अगाडी बढौं र यो जान्ने प्रयास गरौं कि हाम्रो सृष्टिकर्ताले हामीलाई कुनै उद्देश्यको पूर्तिका लागि सृष्टि गरेका छन् वा हाम्रो जीवन उद्देश्य विहिन छ ? यो जान्नको लागि पनि कुरआनमा पढदा हामी स्पष्ट शब्दमा पाउछौं कि हामीलाई सृष्टि गर्नुको उद्देश्य हाम्रो सृष्टिकर्ताको भक्ति तथा उपासना हो ।
सूरह जारियात ५१, आ ५६ मा भनिएको छ । “मैले मानव तथा जिन्नलाई मात्र आफ्नो भक्तिको उद्देश्यले सृष्टि गरेको छु।” यसै कुरालाई सुरह बकरहको आयत २१ र २२ मा हाम्रो सृष्टिकर्ताले आदेश दिदै भनेका छन् । “हे मानव तिमीहरू आफ्नो त्यसै सृष्टिकर्ताको उपासना गर जसले तिमीहरूलाई र तिमीहरू भन्दा अघिका मानिसहरूलाई पनि सृष्टि गरेका छन् ताकि तिमीहरू नरकको आगोवाट बच्न सक ।” जसले तिमीहरूका लागि धर्तिलाई ओछयान र आकासलाई छाना बनाए तथा आकाशबाट पानी बर्साए अनि त्यसबाट उनले तिमीहरूको जीविका स्वरुप फलफूलहरू उत्पन्न गरे । तसर्थ तिमीहरू जानी जानी अल्लाहसंग अरु कसैलाई साझेदार नबनाउ ।” कुरआनमा यस्ता कैयौं आयतहरू छन् जसले मानवको जीवनको उद्देश्य माथि प्रकाश पार्दछ । विस्तारमा नगई म यिनै प्रमाणहरूका साथ तपाईहरूलाई हाम्रो जीवनको उद्देश्य माथि चिन्तन मनन गर्न र त्यसको लागि आवश्यक कदम चाल्न आह्वान गर्दै आफ्नो कलम यहीं रोक्छु ।
आशा छ कि हामी आफ्नो जीवनको उद्देश्य पूरा गर्न तत्पर हुनेछौं किन भने यही नै हाम्रो सफलता अर्थात स्वर्गमा जाने बाटो पनि हो । र यसो नगरेमा कसैले हामीलाई नरकवाट बचाउन सक्दैन । के हामी नरकमा यातना सहन आफु भित्र साहस पाउँछौं यदि होइन र कदापि होइन भने हामी आजै देखि स्वर्गको बाटो अर्थात एक सत्य ईश्वर आफ्नो सृष्टिकर्ताको बाटो रोजौं । यसको लागि कुनै पनि आवश्यक्ता परेको खण्डमा म तपाईहरूको सेवामा अग्रसर रहने छु ।
लेखक- जुल्फकार अली अलीग
दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम
August 24, 2017
दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम
दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले के के गर्नु भयो, ती दीन (धर्म) नियमहरु किन पालना गर्ने र यदि ति नियम पालना नगरे के हुन्छ ? यस बारेमा तपाई समक्ष हामी प्रस्तुत गर्नेछौं।
हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलेदीन (धर्म) का खातिरलागु गरेकाजीवन प्रणाली र सन्देश अल्लाहका फरिश्ता जिब्रील अलै. को माध्यमाबाट पठाइएको थियो त्यही दीनको नाम इस्लाम थियो । इस्लाम ईश्वरद्वारा चुनिएको दीन (जीवन प्रणाली) हो । ईश्वरले चुनेको जीवन प्रणाली मानिसको लागि एक मात्र सत्यमार्ग तथा परलोकमा मुक्तिको साधन हो ।
Read more: दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम
डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ?
January 29, 2017
डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ?
डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ? आउनुहोस् यस बारेमा जान्ने कोशिस गरौं । डा. गैरी मिलर भन्छन्- क़ुरआन संसारमा एउटै किताब हो जसमा लेखिएको छ कि- “तिमी एउटा पनि गल्ति खोजेर ल्याऊ र तिमी यस्तो कदापी गर्न सक्दैनौ।”
एक ईसाई धर्म प्रचारक कनाडाका गैरी मिलरले इस्लाम स्वीकार गरे र इस्लामको लागि एक महत्वपूर्ण धर्म प्रचारक साबित भए। मिलर सक्रिय ईसाई प्रचारक थिए र बाइबिलको शिक्षाहरुमा उनको गहरो पकड थियो। उनी गणित विषयलाई धेरै मन पराउँथे र यही कारण हो कि तर्कमाडा.मिलरको गहिरो विश्वास थियो।
Read more: डा.गैरी मिलर एक ईसाई प्रचारक थिए तर किन इस्लाम स्वीकार गरे ?
जन्नत प्रवेश हुने अन्तिम व्यक्ति
August 4, 2016
जहन्नम (नर्क) बाट निस्कने अन्तिम जन्नती व्यक्ति
जन्नत प्रवेश गर्ने अन्तिम व्यक्तिको विशेषता कस्तो हुनेछ र उसको साथ अल्लाहले कस्तो उपकार गर्नु हुन्छ भन्ने बारेमा इस्लाम धर्म के हो ? भन्ने पुस्तकमा उल्लेखित सही मुस्लिमको हदीस तथा कुरआनको केही आयतहरुबाट छोटकरीमा तपाईहरु समक्ष यो प्रमाण पेश गर्दै छु।
हजरत अब्दुल्लाह बिन मस़ऊद(रज़ि) को बयानमा आएको छ कि रसूलुल्लाह (सल्ल.) ले भन्नु भयोः म राम्रोसँग जान्दछु सबै भन्दा अन्तिममा जहन्नुम (नर्क) बाट निक्लेर जन्नत (स्वर्ग) मा कुन चाहीं प्रवेश गर्छ । त्यो व्यक्ति हुन्छ जो घुँडा टेक्दै निस्किन्छ, तब अल्लाह तआला उसलाई भन्नु हुन्छ, जाउ जन्नत (स्वर्ग) मा गई हाल, ऊ जन्नत (स्वर्ग) को नजिक आउँछ, उसलाई यस्तो महशुस हुन्छ कि त्यो भरी सकेको छ, ऊ फेरी वापस फर्केर भन्छ, ए मेरो प्रभु ! मैले त त्यो ठाउँ भरिएको जस्तो देखें । अल्लाह तआला भन्नु हुन्छ जाउ जन्नत(स्वर्ग) मा प्रवेश गर, तिम्रो लागि त्यो भित्र संसारको दस गुना ठाउँछ । उ भन्छः के तपाई मसँग ठट्टा गर्नु हुन्छ, वास्तवमा तपाई त मालिक हो, बयान गर्नेवाला बयानकर्ता भन्नु हुन्छ कि मैले रसूलुल्लाह (सल्ल.) यति धेरै खुलेर हाँसेको देखें वहाँको हंसिलो मुहार देखिएको थियो । रावी (बयानकर्ता) को बयान छ कि भनिन्छ कि त्यो व्यक्ति जन्नतमा सामान्य दर्जावाला जन्नति(स्वर्गवासी) हुनेछ। (बुख़ारी, मुस्लिम)
गाई पूजा कसरी आरम्भ भयो ?
December 7, 2015
गोरू पूजा सामरीले गर्न खोजेका हुन् ?
मानिस धार्मिक मान्यतालाई सोच समझ बीना आकर्षित हुन जान्छ, जुन चीज उसले आफ्नो आंखाले देख्छ त्यसमा तुरन्त विश्वास गर्दछ चाहे बुद्धि र विवेकको विपरित नै किन न होस्।
अहिले मपवित्र कुरआनमूसा अलै. र उनको समुदायको कहानी प्रस्तुत गर्छु । मूसा अलै. को समुदाय बनू इस्राईललाई मिस्रबाट लिएर निस्के र अल्लाहले उनको लागि बगिरहेको समुद्रको बीचबाट बाटो बनाई दिनु भयो, जसबाट बनू इस्राईल सरलतापूर्वक पार गरे र फिरऔन र उनका सेना सहित त्यही समुद्रमा डुबाई दिएर हमेशाको लागि शिक्षा बन्यो।
कुरआनको बारेमा वैज्ञानिक धारणा
March 21, 2017
मानव भ्रुणको विकास क्रम
(क) कुरआनमा उल्लेखित चमत्कारहरुका बारेमा वैज्ञानिकहरुको टिप्पणीःकुरआनमा उल्लेखित चमत्कारहरको बारेमा वैज्ञानिकहरु के भन्दछन् त भन्ने सम्बन्धमा केही वैज्ञानिकहरुको भनाईलाई मैले यहाँ पेश गरेको छु ।
१. डा. T.V.N. Persaud-क्यानडाको मानिटोवा विश्व विद्यालयमा शरीर विज्ञान विभागका विभागिय प्रमुख तथा बालरोग र शिशु स्वास्थ्यका प्रोफेसर हुनुहुन्छ । आफ्नो क्षेत्रमा उनको ठूलो ख्याति छ । वहाँ २५ वटा पुस्तकका लेखक तथा सम्पादक हुनुहुन्छ ।
वहाँका १८१ वटा वैज्ञानिक लेखहरु प्रकाशित भैसकेका छन् । क्यानडामा शरीर विज्ञानको क्षेत्रमा दिइने सर्वप्रतिष्ठित पुरस्कार (Association of Anatomists को J.C.B. Grant Award) १९९१ मा वहाँलाई नै प्रदान गरिएको थियो । वहाँले कुरआनका वैज्ञानिक चमत्कारहरुमाथि अनुसन्धान गर्नु भएको थियो । यस सम्बन्धमा प्रश्न गरिंदा वहाँको उत्तर यस्तो थियोः “मलाई लाग्छ मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम एक साधारण व्यक्ति थिए । उनी पढ्न लेख्न जान्दैनथे । हामी आज भन्दा १४०० बर्ष अघिको कुरा गर्दैछौं । एक जना अनपढ व्यक्तिले विद्वत्तापूर्ण घोषणाहरु गरेको र वक्तव्यहरु दिएको पाउँछौं र वैज्ञानिक प्रकृतिका यी तथ्यहरु आश्चार्यपूर्ण ढंगले शुद्ध र सटीक छन् । यो एउटा संयोगको प्रतिफल कदापि हुन सक्तैन । मेरो के विश्वास छ भने यो पक्कै पनि ईश्वरीय प्रेरणा अथवा प्रदर्शन हुनुपर्छ जसद्वारा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले यो धार्मिक सन्देश दिन सफल भए” ।
ईसा अलैहिस्सलामको बारेमा इस्लामिक धारणा
December 1, 2017
ईसा अलैहिस्सलामको बारेमा इस्लामिक धारणा
मरियमको पुत्र ईसा मसीह अलैहिस्सलामको बारेमा हाम्रो विश्वास र आस्था यही छ जुन अल्लाहको किताब र हाम्रो पैग़म्बर मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको सुन्नतबाट पता चल्दछ।
तर हामी विश्वास राख्दछौं ईसा अलैहिस्सलाम अल्लाहको भक्त मध्य एक भक्त हुन् र वहाँले चुनेको रसूल (पैगम्बरहरु) मध्यबाट एक पैगम्बर हुन्, जसलाई अल्लाह तआलाले बनी इस्राईलको समूदायतर्फ अल्लाह तआलाको तौहीद र उसको इबादतको लागि निमन्त्रणा गर्न पठाएका थिए ।
अल्लाह तआलाको कथन छ : “र (याद गर त्यो समयलाई) जब मरियमको पुत्र ईसा अलैहिस्सलामले भन्नु भयो, हे (मेरो समुदाय) इस्राईलका सन्तान ! म तिम्रो लागि अल्लाहको तर्फबाट पठाइएको पैगम्बर हुँ, र आफु भन्दा पूर्व ग्रन्थ तौरातको पुष्टि गर्नेवाला हूँ र एक पैग़म्बरको शुभ सूचना देने वाला हूँ जुन म पछि आउनेछन् जसको नाम अहमद हुनेछ । फेरि जब वहाँ उनको साथ स्पष्ट प्रमाण लिएर आए तब उनीहरु भन्न थाले यो त खुला जादू हो।” (सूरः सफ्फ: 6)
अल्लाह तआलाले भन्नुभयो: “र मसीहले भन्नु भयो ऐ इस्राईलका सन्तान ! मेरो र तिम्रो ईश्वर एकै हुन्, यसैले अल्लाहको प्रार्थना गर, जसले शिर्क गर्छ अल्लाहले त्यसलाई स्वर्ग अवैध गरि दिएको छ र उसको ठेगाना जहन्नम हो र अपराधीलाई कसैले मदत गर्ने छैन्।” (सूरः माईदा : 72)
अत: ईसा अलैहिस्सलाम पूज्य होइनन् र न अल्लाहको छोरा हुन तर ईसाईहरुको यो भ्रममा छन् ।
अल्लाहको कथन छ: “तिनीहरु काफिर(अस्वीकार गर्नेवाला) हुन् जसले मरियम पुत्र मसीह नै अल्लाह हुन भने ।” (सूरः माईदा :72)
अल्लाहको कथन छ: “यहूदी त भन्दछन् उज़ैऱ अल्लाहको पुत्र हुन र ईसाई भन्दछन् मसीह (ईसा) अल्लाहको पुत्र हुन्, यो त उनको आफ्नो मौखिक कुरा हुन् जसद्वारा यी व्यक्ति पनि उनै काफि़रहरुको कुराको सहमत गरि रहेका छन्, जुन यी भन्दा पहिले बितिसकेका थिए, अल्लाहले यीनलाई तहस नहस गर्नेछन्, यिनीहरु कहाँ कहाँ भट्केर गैरहेका छन्।” (सूरः त्तौबा : 30)
जब अल्लाह तआलाको कृपाले ईसा अलैहिस्सलामलाई आमाको काखमा नै बोल्ने शक्ति प्रदान गर्नु भयो, तब उनले पहिलो कुरा यही भने:” म अल्लाह तआलाको भक्त हूँ, वहाँले मलाई किताब प्रदान गर्नु भयो र मलाई आफ्नो दूत (पैग़म्बर) बनाउनु भयो।” (सूरः मरियम : 30)
हामी यस कुरामा विश्वास राख्दछौं कि अल्लाह तआलाले उनलाई यस्तो निशानीहरु (चमत्कारहरु) को माध्यमद्वारा सामर्थ्य प्रदान गर्नु भयो जुन उनको सच्चाईले बताउँछ ।
अल्लाहको कथन छ: “(र याद गर त्यस समयलाई) जब अल्लाह भन्नु हुन्छ कि हे मरियमको छोरा ईसा ! तिमी र तिम्रो आमा माथि मेरो पुण्यलाई याद गर जब मैले पवित्र आत्मा (जिब्रील) को माध्यमद्वारा तिम्रो मदत गरें, तिमी बच्चामा र धेरै उमेरका मानवसँग कुरा गर्दथ्यौ र जब मैले तिमीलाई किताब र हिक्मत र तौरात र इंजीलको ज्ञान दिए, र जब तिमी मेरो हुकुमले माटोबाट चराको मूर्ति बनाउँथ्यौ र त्यसमा फुक्दा त्यो मेरो हुकुमबाट साँच्ची कै चरा बन्दथ्यो र मेरो हुकुमले जन्मअन्धा र कोढीलाई ठिक गर्दथ्यौ र जब तिमी मेरो हुकुमबाट मुर्दालाई क़ब्रस्थानबाट जिउँदो निकालेर खड़ा गर्दथ्यौ र जब मैले बनी इस्राईललाई तिमीबाट रोके जुन समय तिमी उनको साथ चमत्कार लिएर गएका थियौ तर उनीहरु मध्य काफिर व्यक्ति भन्न लागे यो त बस खुलेआम जादू हो।” (सूरः माईदा : 110)
हामी यो विश्वास राख्दछौं कि ईसा अलैहिस्सलाम कुमारी आमा (मरियम)बाट बिना पिताबाट जन्मेका हुन्, र यो अल्लाहको शक्ति बिना संभव छैन । अल्लाहको महिमा हो। जब अल्लाह कुनै चीज़ सृष्टि गर्ने इच्छा गर्नु हुन्छ र भन्नु हुन्छ- “होस्”, बस त्यो तुरुन्तै हुन्छ ।
अल्लाहको कथन छ: “अल्लाह तआलाको साथ ईसाको मिसाल आदमको जस्तै हो, जसलाई माटोबाट सृष्टि गरेर भन्नु भयो कि “जीवित होस” भनेर, बस त्यो भैइहाल्यो। (सूरः आले इम्रान : 59)
अल्लाहको कथन छ:”(र त्यो समयलाई याद गर) जब फरिश्ताहरुले भने, हे मरियम ! अल्लाह तआलाले तिमीलाई आफ्नो एक खुशीको खबरको शुभसूचना दिनु हुन्छ जसको नाम मसीह ईसा बिन मरियम हो, जो संसारीक र आखिरतमा सम्मानित छ र उ मेरो नजिकको हुनेछ। त मानिससँग जन्मना साथ कुरा गर्दछ र ठुलो उमेरमा पनि र उ पवित्र हुनेछ। भन्न लागीन, हे मेरो ईश्वर ! मलाई पुत्र कसरी हुन्छ ? न मलाई कुनै पुरुष छोएको छ । फरिश्ताले भने, अल्लाह जे चाहनु हुन्छ त्यो अवश्य नै हुन्छ, अल्लाह जब कुनै काम गर्न चाहनु हुन्छ त मात्र भन्नु हुन्छ “होस्” त त्यो अवश्य हुन्छ।” (सूरः आले इम्रान :45-47)
हामी यस कुरामा विश्वास राख्दछौ कि ईसा अलैहिस्सलामले यहूदिहरुको लागि कुनै चीजहरु जायज ठहर्याउनु भएको थियो जो उनीहरुमा पहिले अवैध थियो।
अल्लाह तआलाले ईसा अलैहिस्सलामको बारेमा भन्नुभयो उहाँले बनी इस्राईलसँग भने :”र म तौरातको पुष्टि गर्नेवाला हूँ जुन मेरो सामने छ, र म यसैले आएको हूँ कि तिमीमा केही चीजहरुलाई जायज गरौं जुन तिमीमाथि अवैध गरिएको थियो, र म तिम्रोसाथ तिम्रो ईश्वरको निशानीहरु लिएर आएको छु, यसैले तिमी अल्लाहसँग डराउ र मेरो नै आज्ञापालन गर।” (सूरः आले इम्रान :50)
हामी यो विश्वास राख्दछौं कि उनको मृत्यु भएको होइन र न उनलाई उनको दुश्मन यहूदीहरुले हत्या गरेका हुन्, तर अल्लाह तआलाले उनलाई उनीबाट छुटकारा दिलाएको हो, र उनलाई जीवित आकाशमाथि उठाएको हो। तर अर्को व्यक्तिलाई उनको रुप जस्तै समानरूप बनाई दिएको थियो। विश्वास गर कि ईसाको बारेमा जो मतभेद गरी शंकामा पर्दछौ, जसलाई यसको कुनै ज्ञान छैन । यो कुरा निश्चित हो उनीहरुले उनको हत्या गरेका होइन तर अल्लाहले उनलाई माथि उठाएका हो र अल्लाह तत्वदर्शीवाला हुनुहुन्छ।” (सूरः निसा : 154-158)
हामी यस कुरामा विश्वास गर्दछौं ईसा मसीहले आफ्ना अनुयायीहरुलाई, पैग़म्बर मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको आगमनको शुभसूचना दिए।
तथा हामी यो पनि विश्वास गर्दछौं कि वहाँ अन्तिम समयमा यस धर्तिमा अवतरित हुनेछन्, आफ्नो दुश्मन यहूदिहरुको यस भ्रमित दावालाई झुटो बनाउनु हुन्छ । उनिहरुले ईशा अलैहिस्सलामलाई हत्या गरेका हुन् भन्ने, तथा ईसाईहरुको यस दावीको पनि खण्डन गर्नु हुन्छ वहाँ स्वयं अल्लाह या अल्लाहको छोरा हुन् । उहाँले केवल इस्लाम स्वीकार गर्नु हुन्छ।इमाम बुखारी (हदीस संख्या:2222) र मुस्लिम (हदीस संख्या:155)
अबू हुरैरा रज़ियल्लाहु अन्हुबाट बर्णन गरिएको छ अल्लाहको पैग़म्बर सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो : “उस हस्तीको कसम जसको हातमा मेरो ज्यान छ ! निश्चित रूपमा छिट्टै ईसा बिन मरियम तिम्रो बीच एक न्यायाधीश शासक बनेर आउनु हुन्छ, (र यो एक हदीसको शब्द हो,- क़ियामत तबसम्म आउँदैन जब तिम्रो बीचमा इब्ने मरियम एक इंसाफकर्ता (न्यायाधीश) शासक बनेर अवतरित हुँदैनन्, फेरि सलीब अर्थात क्रस (ईसाईहरु जुन छातीमा झुण्ड्याउँछन्) लाई भाँचि दिनु हुन्छ, सुंगुरलाई मारि दिनु हुन्छ, जिज़्या (टैक्स) लाई समाप्त गर्नु हुन्छ, तथा धनको बहुल्यता हुनेछ यहाँ तक कि कोही त्यो स्वीकार गर्दैनन्।”
इंसाफकर्ता हाकिमको अर्थ- न्याय गर्नेवाला शासक हो, यसको अभिप्राय यो हो कि वहाँ यस शरीअत(धार्मिक कानून) अनुसार फैसला गर्नेवाला बनेर उत्रिनु हुन्छ, किनकि यो शरीअत निरन्तर बाक़ी रहन्छ, समाप्त कहिल्यै हुनेछैन, तर ईसा अलैहिस्सलाम यस उम्मत (समूदाय) को शासकहरु मध्यबाट एक शासक हुनेछन्।
त्यस बखत धनको बहुल्यतामा वृद्धि हुनेछ अर्थात् धन प्रशस्त हुनेछ तर त्यसको महत्व कम हुनेछ । न्यायको कारणबाट र अत्याचार नहुनाले उन्नती, प्रगतीमा वृद्धि हुनेछ, साथै भलाईहरु र परोपकारको प्रचार-प्रसार हुनेछ, त्यससमयमा धर्तीले आफ्नो खज़ानालाई बाहिर निकाल्नेछ तर मानिसहरुको हृदयमा धन-माल जम्मा गर्नलाई इच्छा कम हुन्छ किनकि उनीहरुलाई क़ियामत नजीक हुने ज्ञान हुनेछ । फेरि यसपछि ईसा अलैहिस्सलामको मृत्यु हुनेछ, र मुसलमान उनको जनाज़ाको नमाज़ पढ्नेछन् र उनलाई दफन गर्नेछन्।
इमाम अहमद (हदीस संख्या :9349) ले अबू हुरैरा रज़ियल्लाहु अन्हुको हदीसबाट बर्णन गरेको हो, नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो: “म मानिसहरु मध्यमा ईसा बिन मरियमको सबै भन्दा धेरै योग्य हूँ, किनकि मेरो र उनको बीच कोही ईश्दूत आएका छैनन् … फेरी मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले अन्तिम समय कालमा उनी यो संसारमा अवतरित हुने उल्लेख गर्नु भएको छ र फेरी भन्नुभयो: अल्लाह तआला जे जति चाहनु हुन्छ वहा यस संसारमा त्यति बर्ष रहनु हुन्छ, फेरी अल्लाह तअलाले उहाँलाई मृत्यु गराउनु हुन्छ, मुसलमान उनको जनाज़ाको नमाज़ पढ्छन् र उनको शबलाई दफन(शब विसर्जन) गर्दछन् ।” (अल्बानीले अस्सिलसिला अस्सहीहा (2182) मा यसलाई सही भनेका छन् )।
हामी यो कुराको पनि विश्वास गर्दछौं ईसा अलैहिस्सलाम क़ियामतको नजिक अवतरण हुँदा ति मानिसहरुसँग आफ्नो अस्तित्वको बारेमा जाहेर गर्नु हुन्छ जसले उनको बारेमा पूज्य (भगवान) हुन भन्ने भ्रममा परेका थिए।
अल्लाह तआला वाणी छ : “(र त्यो समयको पनि याद गर) जबकी अल्लाह भन्नुहुन्छ हे ईसा इब्ने मरियम, के तिमीले ति व्यक्तिहरुसँग अल्लाहको सिवाय मेरो र मेरी आमाको पूजा गर्नु भनेका थियौ ? (ईसा) भन्नु हुन्छ म त तपाईलाई पवित्र मान्दछु, मलाई कसै गरी पनि शोभा दिंदैन र मलाई यस्तो कुरा गर्ने कुनै अधिकार पनि छैन, यदि मैले भनेको भए त तपाईलाई यसको ज्ञान हुनेछ, तपाई त मेरो हृदयको कुरा जान्नु हुन्छ, तर म तपाईको हृदयमा के छ त्यो जान्दिन, सिर्फ तपाई नै अप्रत्यक्षको बारेमा जान्नेवाला हुनुहुन्छ। मैले उनिहरुसँग केवल त्यही भने जुन तपाईले मलाई हुकुम दिनु भएको थियो, तिम्रो ईश्वर र मेरो ईश्वर अल्लाहको प्रार्थाना गर, र जबतक म उनिहरुको साथ थिए उनिहरुमा साक्षी रहे र जब तपाईले मलाई उठाउनु भयो तब तपाई नै उनको संरक्षक हुनुहुन्छ र तपाई हरेक चीजमा साक्षी हुनुहुन्छ ।” (सूरः माइदा : 116-117)
त यो हो मरियमको पुत्र ईसा मसीहको बारेमा मुसलमानहरुको आस्था र विश्वास।
अल्लाह तआलासँग दुआ गर्दछु हामीलाई जीवित रहुन्जेल ईमानमा सुदृढ़ राख र त्यसैमा हामीलाई मृत्यु देऊ।
र हाम्रो पैग़म्बर मुहम्मद सल्लल्लाहु अलैहि व सल्लममाथि अल्लाह तआलाको दया र शान्ति अवतरित होस्।
स्रोतः-इस्लाम प्रश्न र उत्तर
अनुवादक- मुहम्मद इब्राहीम खरेल
इस्लामी आस्था र संतुलन मध्यमार्गी
April 24, 2017
इस्लामी आस्था र संतुलन मध्यमार्गी
सन्तुलित (वसतियत) मध्यमार्गी जीवनको लागि हरेक मानिस इच्छुक हुन्छ, तपाई पनि यसको ईच्छुक हुनु हुन्छ ? आउनु हामी कसरी सन्तुलित रुपमा, धार्मिक जीवनयापन गर्न सक्छौं ? यस बारेमा जानकारी हासिल गरौं ।
इस्लाम धर्म सन्तुलनमा आधारित छ, यसको सम्पूर्ण शिक्षाहरु सन्तुलित, मध्यमार्ग र मानव स्वभाव अनुकूल छ । इस्लामी शिक्षाहरुमा आस्थाको त्यही महत्व छ जुन रुखमा जराको र शरीरमा टाउकाको महत्व छ ।
इस्लामी आस्थामा कसरी सन्तुलन र मध्यमार्ग अपनाइन्छ, यस बारेमा हामी यो लेख मार्फत बयान गर्ने प्रयत्न गर्छौ ताकि इस्लामको सुन्दरता स्पष्ट रूपमा तपाईहरु समक्ष आउन सकोस् ।
IslamNepal.com