सबै रसूलहरु (Prophets) ले देखाएको मार्ग एउटै हो ।
November 14, 2017
सबै रसूलहरु (Prophets) ले देखाएको मार्ग एउटै हो ।
सबै रसूलहरु (Prophets) ले देखाएको मार्ग एउटै हो। सबै रसूल तथा नबीले एकेश्वरवादको सन्देश दिन्थे । अल्लाहले यस धर्तिमा मानव जाति मध्येबाट असल चरित्र भएका व्यक्तिलाई ईश-दूत छनौट गर्नु हुन्थ्यो । उनीहरुमा ईश्वरिय शक्ति हुँदैनथ्यो, तिनीहरु सामान्य मानव जस्तै हुन्थे । तिनै नबी तथा रसूलले सिकाएको तरिका अनुसार अल्लाहको भक्ति गर्नु नै मुक्ति मिल्नेछ । सृष्टिकर्ताले सृष्टि गरिएको चीजको उपासना गर्ने होइन र मानव निर्मित चिज (मूर्ति र फोटो) लाई उपासना गर्ने होइन । जब बच्चा जन्मिन्छ उ ईश्वरिय आदेश र नियमानुसार जन्मिएको हुन्छ साथै उसले त्यही नियमको पालना गरेको हुन्छ जुन ईश्वरबाट निर्देशित हुन्छ । पछि उसका आमा बुबाले जुन धर्म मानेको हुन्छ त्यही सिक्दै जान्छ र त्यही धर्मको पालन गर्ने हुन्छ । यस सम्बन्धमा हदिसमा नबी सल्ल.ले भन्नुभयोः “हरेक जन्मलिने बच्चा आफ्नो प्राकृतिक ईश्वरिय धर्ममा जन्मिन्छ, फेरी उसको आमा बुबाले उसलाई, यहुदी, नसरानी या माजुसी (ग्रह तथा नक्षत्रको पूजा गर्ने व्यक्ति भनिन्छ) बनाउँछन्।” (बुखारी र मुस्लिम)
Read more: सबै रसूलहरु (Prophets) ले देखाएको मार्ग एउटै हो ।
सात महापाप के के हुन् ?
May 2, 2017
शिर्क तौहीदको ठिक उल्टो हो, अल्लाहको उसको कुनै सिफत(बिशेषता)मा कुनै पनि दर्जामा अल्लाह बाहेक कुनै अरुलाई हरेक प्रकारको पूजा तथा इबादतमा समानता दिनु हो । कुरआनमा अल्लाहको कथन छ-
“जो अल्लाहको साथ शिर्क गर्दछ अल्लाहले उसलाई जन्नत (स्वर्ग) अवैध गरेको छ र उसको ठेगाना जहन्नम हो।” (सूर माइदा, आयत नं. 72)
शिर्क अल्लाहको लागि सबैभन्दा ठूलो महापाप हो । यि महापापहरुको बारेमा तल बयान गरिने छ । शिर्क तीन प्रकारको हुन्छ । शिर्क अकबर, शिर्क अस्गर, शिर्क खफी । यस मध्ये शिर्क अकबर सबै भन्दा ठूलो महापाप मध्ये पर्दछ जसको कारण मानिस जहन्नम (नर्क) मा जानेछ । त्यस्तै अरु पनि यस्ता महापाप छन् जसले गर्दा मानवलाई बर्बाद गरी नर्क तर्फ धकेल्छ ।
अब म तपाई समक्ष सात महापापको बारेमा इनशाअल्लाह जे जति तत्वदर्शिताले भ्याएसम्म जानकारी गराउने कोशिस गर्दछु ।
(क) शिर्क,
(ख) जादू टुना गर्नु,
(ग) कसैको हत्या गर्नु,
(घ) ब्याज खानु,
(ङ) अनाथको धन खानु,
(च) युद्धको मैदानबाट भाग्नु,
(छ) पवित्र स्त्रीमाथि ब्याभिचारको झुटो आरोप लगाउनु
यि हरेक पापहरुमा संसारिक जीवन र परलोकको जीवनमा दण्ड निर्धारित छ । यि पापहरुको बारेमा केही व्याख्या तल गर्दछु ।
(क) शिर्क-वास्तविक सृष्टिकर्ता अल्लाहलाई नमानी अरु कसैलाई पूजा गर्न योग्य सम्झनु जस्तैः मूर्ति पूजा गर्नु, फोटोमा पूजा, आकाश, पृथ्वी, नदी नालाको पूजा, जनावरको पूजा, पंक्षिको पूजा, घर्षने जन्तुको पूजा, बोट बुट्यानको पूजा ईत्यादी।
वास्तविक सृष्टिकर्ता ईश्वर (अल्लाह) लाई नमानी अरु कसैलाई पूजा गर्न योग्य ईश्वर ठान्ने, यो संसार सृष्टि गर्ने, पालन गर्ने, हामीलाई जीवन प्रदान गर्ने, हाम्रो प्राण निकाल्न अधिकार दिने, पाप र पुण्यको हिसाब किताब गरी पुण्यवानलाई स्वर्ग र पापीलाई नर्कमा हाल्न आदेश दिने र अन्तमा यो संसारलाई ध्वस्त पार्ने काम मात्र एक परम शक्तिशाली महिमावान ईश्वर(अल्लाह) को अधिकारमा छ भने पूजा पनि उनैको हुनुपर्छ किनकि तपाई सोच्नु होस् यो सिंगो ब्राह्माण्डलाई हामीले बनाएको मूर्तिले सृष्टि गर्न सक्छ त ? भनेर तपाईसँग प्रश्न गरें भने तपाई अवश्य पनि भन्नु हुन्न यो त्यो मूर्तिले बनायो भनेर। जब त्यो मूर्तिमा त्यो क्षमता छैन भने आखिरी किन पूजा गर्ने ? यस सम्बन्धमा कुरआनमा भनिएको छः
“हे मानव हरु ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरुले एउटा झिङ्गा पनि बनाउन सक्दैनन्। यद्यपी त्यसको निम्ति सबै एकत्रित भए पनि र यदि झिङ्गाले उनीहरुसित कुनै चीज खोसेर लिएर जान्छ भने पनि तिमीहरुले त्यसबाट छुटाउन सक्दैनौ जो याचक (विन्ती गर्नेवाला) छ उ पनि असमर्थ छ र जोसँग तिनीहरुले याचना गर्दछन् ऊ पनि असहाय छ।”(सूरः २२ आयत नं. ७३)
(ख) जादू टुनाः-“इस्लामी धर्मशास्त्रमा लेखिएको छ जादू सिक्नु र सिकाउनु दुवै अवैध हो । किनकि जादूले केवल क्षति मात्र हुन्छ, जस्तै स्त्री र पुरुषलाई विछोड गराई दिन्छ”। (कुरआन सूरः अल बकरा आयत नं. १॰२)
यसैले जादू र टूनाबाट अल्लाहको शरण माग्नु पर्दछ । यस सम्बन्धमा कुरआनमा भनिएको छ,
“भन, म अल्लाहको शरण लिन्छु जसले रातलाई पन्छाएर प्रकाशमय गराउनु हुन्छ, हरेक त्यो पाप जो वहाँले सृष्टि गर्नु भएको छ र अंन्धकार पार्ने पापबाट जब त्यो छाउँछ र समूहमा फुक्दै हिंड्ने (जादू गर्नेवाला र जादू गर्नेवाली) को पापबाट र ईर्ष्या गर्नेवालाको पापबाट जब उ ईर्ष्या गर्न थाल्दछ”।(सूर-११३ अल-फलक, आयत नं. १-५)
समूहमा फुक्दै हिंड्नेको अभिप्राय हो वास्तवमा उनीहरु समूहमा रहेर जादू, टूना गर्दछन् । सूरः फलक़ र सूरः नास रातमा पढेर सुतेपछि उनीहरुलाई जादू, टूनाले कुनै असर गर्दैन । जो व्यक्ति अल्लाह माथि भरोषा गर्दछन् उसले जादू, टूना देखि डराउनु पर्दैन ।
(ग) हत्याराः-“जो कोही कसैको जानी बुझी हत्या गर्दछ भने त्यसलाई दण्ड नर्क हो । जसमा उ संधै भरी कठोर यातनामा रहनेछ। त्यसमाथि अल्लाहको धिक्कार हुनेछ र उसको लागि भयानक यातना तयार गरिएको छ।”(सूरः निसा- आयत नं. ९३)
अर्को ठाउँमा भनिएको छ, “कुनै जीव जन्तुको विना कारण हत्या नगर, जसलाई हत्या गर्न अल्लाहले अवैध गर्नु भएको छ । यदि कुनै निर्दोष मानिसमारिन्छ भने त्यो व्यक्तिको उत्तराधिकारीको अधिकार यो छ कि उक्त हत्याराको बदला लिने र उसले हत्या गर्न सिमा पार नगरोस् । निश्चय पनि उसलाई सहायता गरियोस्।” (सूरःबनी इसराईल, आयत नं. ३३)
अर्को ठाउँमा भनिएको छ, “दरिद्रताको डरले आफ्नो सन्तानको हत्या नगर, हामी उनीहरुलाई पनि जीविका दिनेछौं र तिमीलाई पनि, वास्तवमा भ्रुण हत्या महापाप हो ।”
(सूरःबनी इसराईल, आयत नं. ३३)
(घ) ब्याज लिनुः-ब्याजको अर्थ हो लाभ अंग्रेजीमा यसलाई इन्ट्रेस्ट भनिन्छ । ब्याजको परिभाषा हो असल पूँजीमा बृद्धि हुनु । ब्याज केवल उधारोमा हुन्छ यसलाई कुरआनमा भनिएको छ-
“लारिबाइल्लाफिन्नस्या”
अर्थः- “ब्याज केवल उधारो लेनदेनमा नै हुन्छ” ।
एक सामान्य अर्थ यो पनि होः-
“कुल्लु क़र्जि जर्रा मन्फ़ अ तन फ़हुवा रिबा”
अर्थ- हरेक कर्जा जसबाट नाफा हुन्छ त्यो ब्याज हो । जस्तै कसैले जैदलाई दस रुपैयाँ दियो र फिर्ता गर्दा उसले एक रुपैयाँ ज्यादा लिन्छ भने त्यो एक रुपैंयाँ ब्याज हो र दस रुपैयाँ असल पूँजी हो। अल्लाह तआलाको भनाईछः
“जुनमानिसहरुब्याजखान्छन्तिनीहरुचिहानबाटयसरीतर्सेर उठछन्किजस्तैशैतानले
छोएकोपागलहुन् तिनीहरुलेभन्नेगर्दथेकिब्यापारगर्नुपनित्यस्तैहोनीजस्तैब्याजलिनु।
तरब्यापारलाई अल्लाहलेजायजठहर्याउनु भएकोछब्याजलाईनाजायज।जुनमानिसले
आफुलाईअल्लाहकोआदेश पुगेर पनिब्याजको कारोवारगर्नछोड्दछ रजेजति भइसकेकोछ,
त्यसलेमाफीपाउनेछ रत्यसकोनिर्णय अल्लाहलेगर्नेछरयदिफेरिब्याजलिनथाल्योभने
त्यस्तामानिसहरुनर्कवासीहुनेछन्, र सधैंनर्कमारहनेछन् ”। (सूरः बकरा, आयत नं. २७५)
फेरि अर्को ठाउँमा भनिएको छ,
“एइमानवाला ! दुईगुनातीनगुनाब्याजनखाऊरअल्लाहसँग डराउताकिकामयाबीहासिल
गररनर्ककोआगोबाटबचजुननर्कवासीहरुकोलागितयार पारिएकोछ, ईश्वररउनकोरसूलको
पालनागरताकितिमीहरुमादयागरियोस् ”।(सूरः आले इम्रान, आयत नं. १३०,१३२)
कुरआनमा भनिएको छ,
“अल्लाहलेब्याजलाईसमाप्तपार्नुहुन्छरदानदिनेलाईउन्नति, बृद्धिगर्नुहुन्छरअल्लाहलेकुनैकृतघ्नरपापीलाईप्रेमगर्नुहुन्न ” (सूरः बकरा, आयत नं. २७६)
कुरआनमा भनिएको छ,
“जुनमानिसलेयस्तोगर्दैनभनेअल्लाहरउसकोरसूलसँगयुद्धकोलागितयारहौ, यदिपश्चातापगर्छौभनेआफ्नोवास्तविकरकमकोहकदारहौ, तिमीकसैलाई अत्यचारनगररतिमीमाथिपनिकसैलेअत्यचारनगरुन। ” (सूरः बकरा, आयत नं. २७९)
कुरआनमा भनिएको छ,
“यदिकठिनाईमाछभनेउसलाईतिर्नसजिलोनहुञ्जेलसम्मकोलागि समयदेउ।तरयदितिमीलेत्यसलाईदानकोरुपमामिनाहागरिदिन्छौभनेतिम्रोनिम्ति सबैभन्दाराम्रोहुन्छ, यदियोकुरातिमीबुझ्दछौभने।” (सूरः बकरा, आयत नं. २८०)
(ङ)अनाथकोधनखानुः-अनाथ त्यो बालकलाई भन्दछन् जसको बुवाको देहान्त उसको वाल्य अवस्थामा भएको हुन्छ । अनाथले विभिन्न किसीमको सामाजिक एवं आर्थिक समस्या झेल्नु पर्दछ । जसको बुवा देहान्त भएको छ र उसले आफ्नो धेरै सम्पति छोडेको छ भने यस्तो अवस्थामा उसको धनको रेखदेख गर्नको लागि एक व्यक्तिलाई नियुक्त गरिएको हुन्छ उसको कर्तव्य हो कि त्यस अनाथको धनलाई बढाउने प्रयास गर्नु र त्यो रेखदेखको बदलामा उसको लागि जो उचित धनराशि निर्धारित गरिएको हुन्छ त्यो भन्दा धेरै नलिनु। कुरआनमा भनिएको छः
“अनाथकोधनकोनजिकपनिनजानु, उचितढंगले, जबसम्मउयुवा अवस्थमापुग्दैन”
(सूरः अन आम- आयत नं. १२२, सूरः बनी इसराईल आयत नं. ३४)
जबसम्म अनाथ युवा अवस्थामा पुग्दैनन तब तक उसको धनमालको रेखदेख गर । त्यस पूँजीलाई उचित स्थानमा लगाउ ताकि उसलाई लाभ होस् । अनाथको धनलाई आफ्नो धनसँग मिलाएर ब्यापारमा पनि लगाउन सकिंन्छ तर जे जति हिस्सा उसको पूँजी छ त्यस पूँजीको प्रतिशतको हिसाबले लाभ पनि दिनुपर्छ । कुरआनमा भनिएको छः
“जोव्यक्तिअत्याचारगरेरअनाथकोधनखान्छन्उसलेआफ्नोपेटमा आगोभर्दछन्, रत्यो अवश्यनर्कमाजानेछ” ।
जब अनाथ युवा अवस्थामा पुग्दछ तब उसको माल उसलाई फिर्ता गर अनि त्यसमा हेरा फेरी नगर । कुरआनमा भनिएको छः
“अनाथकोधनउसलाईदिनुरआफ्नोकमजोरमालसँगउसकोराम्रोमालनलिनुरआफ्नो
मालसँगमिलाएरनखानुनिःसन्देहयोमहापापहो” । (सूरः अन निसा, आयत नं. १०)
नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नु हुन्छ,
“मरअनाथलाईपाल्नेवालास्वर्गमायसप्रकार रहन्छौंभन्दैआफ्नोदुईवटाऔंलाजोडेर त्यसतर्फसंकेतगर्दैदेखाउनुहुँन्थ्यो”। (सही बुखारी, हदीस नं. ६००५)
एक जना मानिसले आएर नबी सल्लल्लाहु अलैहि वसल्लमसंग आफ्नो कमजोरीको बारेमा भन्यो,
“मेरो दिलधेरैकठोरछतबनबीसल्लल्लाहुअलैहिवसल्लमलेभन्नुभयो, अनाथकोटाउकोमा हातलेसुमसुम्याउरनिर्धनलाईभोजनगराउ”। (मुस्नद अहमद, ७५७६)
(च)युद्धकोमैदानबाटभाग्नुः-युद्धको मैदनबाट भाग्दा आफ्नो साथिहरुलाई धोका हुन्छ र जसले यस्तो कार्य गर्दछ उसलाई काँतर भनिन्छ। काँतर व्यक्तिले आफ्नो ज्यान बचाउन अरु साथिहरुलाई संकटमा पार्दछ । यस्तो कार्यले साथिहरुमा सहाँस कम हुनुको साथै शत्रुहरुको मनोबलमा वृद्धि हुन जान्छ फलस्वरुप आफ्नो साथिहरु शत्रुहरुको फन्दामा परि ज्यान गुमाउन पर्ने हुन्छ । साथिहरुमा यस्तो एकता हुनुपर्छ कि मर्नु परे पनि संगै मर्ने र बाँचे साथिलाई पनि बचाउने कोसिश गर्नु पर्दछ । तर आफ्नो ज्यान बचाउन साथिलाई शत्रुको माझमा छाडेर भाग्नु हुँदैन ।
(छ)पवित्रनारीमाथिब्यभिचारकोआरोपलगाउनुः-पुरूष आफ्नो पत्निलाई ब्यभिचारको आरोप लगाउँछ र जबसम्म त्यसमा चारजना साक्षि हुँदैनन् भने काज़ीको सामने चार पटक कसम खाएर भन्दछ कि उ आफ्नो दावामा बिलकुल सत्य छ र पांचौ पटक उसले भन्दछ कि यदि उ झूटो छ भने उसमाथि अल्लाहको प्रकोप होस्, यसै गरी स्त्री पनि काज़ीको सामने कसम खाएर भन्छिन कि उनी आफ्नो दावामा सच्चा छिन्, र यदि आफ्नो दावामा झूटो भएमा अल्लाहको प्रकोप म माथि होस् ।
यसपछि उनीहरु दुई जना हम्मेशाको लागि पति पत्निको नाताबाट अलग हुनेछन् । त्यस अवस्थामा उसकी पत्निको गर्भ आफ्नो होइन भनेर भन्दछ भने त्यो बच्चा आमाको जिम्मामा आउँछ र बाबुको वंशबाट खारेज हुन्छ ।
कुनै पनि पवित्र नारी माथि शंकाको भरमा झूटो आरोप लगाउनु हुँदैन तर चारजना साक्षिले देखेको छ भने मात्र त्यो कुरा प्रमाणित मानिन्छ अन्यथा आरोप लगाउऩेवाला व्यक्तिले उसले झूटो बोलेको कबुल गरेमा इस्लामिक कानून अनुसार झूटो बोल्नेवालालाई असी कोर्रा हान्ने आदेश दिइएको छ ।
सृष्टिकर्ता को हुनुहुन्छ ?
March 27, 2017
यो संसारको सृष्टिकर्ता को हुनुहुन्छ ?
म तपाईसँग भन्छु यस सहरमा एउटा मोवाइलको कारखाना छ, जसको न कुनै मालिक छ, न कोही कामदार छन्, स्वयं त्यो कारखानाबाट सामान उत्पादन हुन्छ र बिक्री पनि हु्न्छ र स्वयं फाइदा पनि हुन्छ बताउनु के तपाई यो कुरा मान्न सक्नुहु्न्छ ? कदापि मान्न सक्नु हुन्न।
अब विचार गर्नुहोस् कि एउटा मोवाइलको कारखानाको बारेमा तपाई यो कुरा मान्नको लागि तयार हुनुहुन्न कि त्यो कुनै व्यक्तिले बनाए बिना बन्न सक्दैन भने, यो धर्ती, आकाश, जल, वायु तथा विभिन्न ग्रह-उपग्रहहरु, नक्षत्र, तिथि-मिति, त्यस्तै विभिन्न प्राणी-अप्राणी, जीव-जन्तु र वनस्पति यी सम्पूर्ण चीज वस्तुहरु कुनै घडीको समयचक्र जसरी चल्छन् ठीक त्यसैगरी एक निश्चित समयमा कसरी चल्छन् त ? तपाई भन्न सक्नुहुन्छ यो आफै बन्यो भनेर ? अवश्य पनि भन्न सक्नुहुन्न । यसैले यो सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता एउटै ईश्वर हुनुहुन्छ जो सांसारिक बन्धनबाट मुक्त हुनुहुन्छ। वहाँ ‘अर्श’ (ईश्वरीय सिंहासन) माथि हुनुहुन्छ।
सृष्टिकर्ता को हुनुहुन्छ ?
March 27, 2017
यो संसारको सृष्टिकर्ता को हुनुहुन्छ ?
म तपाईसँग भन्छु यस सहरमा एउटा मोवाइलको कारखाना छ, जसको न कुनै मालिक छ, न कोही कामदार छन्, स्वयं त्यो कारखानाबाट सामान उत्पादन हुन्छ र बिक्री पनि हु्न्छ र स्वयं फाइदा पनि हुन्छ बताउनु के तपाई यो कुरा मान्न सक्नुहु्न्छ ? कदापि मान्न सक्नु हुन्न।
अब विचार गर्नुहोस् कि एउटा मोवाइलको कारखानाको बारेमा तपाई यो कुरा मान्नको लागि तयार हुनुहुन्न कि त्यो कुनै व्यक्तिले बनाए बिना बन्न सक्दैन भने, यो धर्ती, आकाश, जल, वायु तथा विभिन्न ग्रह-उपग्रहहरु, नक्षत्र, तिथि-मिति, त्यस्तै विभिन्न प्राणी-अप्राणी, जीव-जन्तु र वनस्पति यी सम्पूर्ण चीज वस्तुहरु कुनै घडीको समयचक्र जसरी चल्छन् ठीक त्यसैगरी एक निश्चित समयमा कसरी चल्छन् त ? तपाई भन्न सक्नुहुन्छ यो आफै बन्यो भनेर ? अवश्य पनि भन्न सक्नुहुन्न । यसैले यो सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता एउटै ईश्वर हुनुहुन्छ जो सांसारिक बन्धनबाट मुक्त हुनुहुन्छ। वहाँ ‘अर्श’ (ईश्वरीय सिंहासन) माथि हुनुहुन्छ।
सृष्टिकर्ताको उपासना गर्नुपर्छ, सृष्टि गरिएको चीजको होइन ।
June 19, 2015
अल्लाहको पूजा नै किन ?
यो सारा ब्रह्माण्डमा जे-जति चीजहरु विध्यमान छन् सबैको सृष्टिकर्ता, पालनकर्ता, सञ्चालनकर्ता, दाता, न्यायकर्ता, परम दयालु, दयावान, कृपावान, क्षमावान केवल एउटै हुनुहुन्छ । उनैलाई विभिन्न भाषा अनुसार अलग- अलग नामले बोल्ने गरिन्छ । उनै दाताको भक्ति गर्ने हामीलाई एक छिन पनि समय हुँदैन ?
Read more: सृष्टिकर्ताको उपासना गर्नुपर्छ, सृष्टि गरिएको चीजको होइन ।
हज़ गर्ने तरीका
August 22, 2017
हाजीहरु काबा (अल्लाह) को घरको सात पटक परिक्रमा गर्छन्
हज़ इस्लामको पाँचौं स्तम्भ हो । हज़ गर्नलाई हिजरीको नवौं बर्षको अन्त तिर अल्लाहको तर्फबाट अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा वाह्यद्वारा हुकुम प्रदान गरेको हो। हज़ निम्न व्यक्तिहरुमाथि अनिवार्य छ जस्तैः- बुद्धिमान, बालिग स्वतन्त्र, स्वास्थ्य, आर्थिक क्षमताले सक्षम छन् भने उसले जीवनमा एक पटक हज़ गर्नु पर्दछ । तर जग्गा जमिन विक्री गरेर, ऋण गरेर, ब्याजमा कर्जा लिएर, घरमा खानपिनको अभाव भएमा त्यस्तो व्यक्ति माथि हज अनिवार्य छैन । जसले पूर्ण सही रुपले हज़ गर्दछ अल्लाहले उसलाई स्वर्ग प्रदान गर्नु हुन्छ ।
हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२
August 23, 2017
हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२
जब वहाँ मिस्र पुगे, वहाँका राजा धेरै अत्याचारी थिए। कसैले राजालाई सूचना दियो, एक यात्रीको साथमा धेरै सुन्दरी महिला छ र उनिहरु यस समय हाम्रो देशमा छन्। तब राजाले तुरन्त सैनिक पठाए। उनिहरुले सारा अलैहिस्सलाम उसको सामने उपस्थित गरे। साराअलैहिस्सलाम जब वहाँबाट हिँडिन तब ईब्राहीम अलैहिस्सलाम नमाज पढ्न थाले। जब सारा अलैहिस्सलामलाई अत्याचारी राजाले देख्यो र उनितर्फ लम्कियो त्यसबखत तुरन्त ईश्वरीय प्रकोपबाट उ दण्डित भयो। हात, खुट्टा लुला भए र भयभित भएर विन्ती गर्न लाग्यो“हेपवित्रमहिला ! तिमी मेरो लागि ईश्वरसँग प्रार्थना गर, तब वहाँले मलाई क्षमा गरिदिनु हुन्छ, म प्रतिज्ञा गर्दछु कि अब तिमीलाई हात लगाउदिन”।वहाँले प्रार्थना गर्नुभयो, फेरी उ त्यही समय निको भयो। तर निको हुनासाथ उसले फेरि उनलाई समाउन हात लम्कायो उही प्रकोप फेरी दोहरियो, र यो पटक पहिलाको भन्दा धेरै कठोर थियो। फेरी उसले सारा अलैहिस्सलामसँग माफीको लागि विन्ति गर्यो र सारा अलैहिस्सलामले प्रार्थना गर्नु भयो र फेरी ठिक भयो। एवं रितले तिन पटक यस्तै भयो। तेश्रो पटक छुट्ने बित्तिकै सैनिकलाई आदेश दियो कि तिमीहरु यस नारीलाई यहाँबाट निकाल र हाजरा (जुन राजाका सेविका थिइन) लाई यिनको साथ पठाइदिनु भन्यो। राजाले यि कुनै सामान्य स्त्री होइनन पवित्र-नारी हुन्। त्यसै समय सारा वहाँबाट निस्किन र हाजरा उनलाई समर्पित गरिदिए। यता हजरत ईब्राहीम अलैहिस्सलाम उनि आएको संकेत पाउने बित्तिकै नमाजबाट उठे र सोधे भन के भयो ? उनले भनिन अल्लाहले उसको अत्यचारलाई उसै माथि प्रकोप उतारे र हाजरा मेरो सेवाको लागि आइन। यसैगरी संकट र परिक्षाहरुमा ईब्राहीम अलैहिस्सलामको उमेर 80 वर्षको भयो। अहिलेसम्म ईब्राहीम अलैहिस्सलामको अहिले कुनै सन्तान जन्मेका थिएनन्, मनमा सन्तानको होस् भन्ने चाहना थियो । अतः सारा अलैहिस्सलामको अनुरोधमा वहाँले हाजरासँग विवाह गर्नु भयो। फेरी ईश्वरसँग प्रार्थाना गरे कि“हे प्रभू ! तिमी मलाई एक उत्तमसन्तान प्रदान गर जो असलहोस् ”।
Read more: हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२
हज्ज तथा कुर्बानीका नायक ईब्राहीम अलैहिस्सलाम-भाग-१
August 22, 2017
केही मानिस मूर्तिको सामने झुक्ने गर्दथे।
जुलहिज्ज अरबी महिनाको १२ औं अर्थात आखिरी महिना हो र यसै महिनामा हज्ज र कुर्बानीको पर्व पर्दछ। यस पर्वको सम्बन्धमा जान्नु हाम्रो कर्तव्य हो चाहे मुस्लिम हो वा गैर मुस्लिम। मुस्लिम भाईले जान्नु यस कारणले कि उसलाई ज्ञान प्राप्तहोस् र गैर मुस्लिम भाईले जान्नु यस कारण कि यस पर्व प्रति जुन गलत भ्रमहरु मनमस्तिष्कमाथिए ति भ्रमहरु निवारण होस् र यसको वास्तविकता जान्न सकून।
Read more: हज्ज तथा कुर्बानीका नायक ईब्राहीम अलैहिस्सलाम-भाग-१
हामी कहाँ जाँदैछौं ?
November 15, 2016
सही बाटो कुन हो ?
आज हाम्रो समाज धार्मिक ग्रन्थबाट कति टाढा गईरहेका छन्, संसारको वास्तविक सृष्टिकर्ता अल्लाह (ईश्वर)को अतिरिक्त जसलाई पूज्य बनाईएकाछन्, उनीहरुमा उपर्युक्त गुण विद्यमान छैन जुन गुण ईश्वर (अल्लाह) मा हुन्छ । किनकि उनीहरु सबै मनुष्य थिए । उनीलाई खानु, पिउनु, सुत्नु आवश्यकता पर्दथ्यो। जब उनीहरु हामी जस्तै मानवबाट जन्मिएका थिए भने फेरि कसरी उनीहरुको पूजा हुन थाल्यो त ? किनकि मानवले ईशदूतमा भएको चमत्कारी शक्तिलाई देखे, जस्तै येशूले अंधा, कोढी तथा मृतकलाई अल्लाहको कृपाले जीवित पार्थे भन्ने भनाई कुरआनमा पढन पाइन्छ । त्यसैगरी मूसा अलैहिस्सल्लामले पनि अल्लाहको कृपाले आफ्नो लौरो फेक्दा सर्प बन्ने गर्दथ्यो भन्ने भनाई पनि कुरआनमा उल्लेख छ । जब त्यस्तो चमत्कारहरु देखेपछि यस्तो काम मानवले त गर्न सक्दैन होला भन्ने उनिहरुको मनमा पर्यो र यिनै चमत्कारहरुलाई देखेर मानवले उनीहरुलाई श्रद्धापूर्वक ईश्वरको रुपमा मान्न थालेका हुन्। त कसैले ईश्वरको अवतार मान्न थाले, ईश्वर उनको रुपमा धर्तिमा स-शरीर अवतरित भएका हुन कि भन्ने भान परेर उनको पूजा नै ईश्वरको पूजा सम्झिन थाले र हाल आएर व्यापक रुपमा मूर्तिपूजा, फोटो पूजा हुन थाल्यो।
“मानवको अज्ञान्ताको कारण ईशदूतमा भएकोचमत्कारी शक्तिलाई नबुझेर उनीहरुलाईश्रद्धापूर्वकईश्वरको रुपमा मान्न थालेका हुन्।”
के ईश्वर अवतार लिनुहुन्छ ?
हिन्दू समाजमा अवतारवादको धारणा फैलिएको छ ,वास्तवमा यो धर्मग्रन्थको बारेमा थाहा नपाएर यस्तो परिणाम सृजना भएको हो। जब कि धार्मिक ग्रन्थले यो प्रमाण सिद्ध गरेको छ कि ईश्वरको कोही साझेदार छैन र उहाँलाई कुनै चीजको आवश्यकता नै पर्दैन भने फेरि उहाँलाई किन मानवरुप धारण गरेर जन्म हुनु आवश्यक पर्छ त ?
प्रिय मित्र ! हामी धार्मिक पक्षपातबाट अलग भएर सोचौं जो परमेश्वर यत्ति ठूलो महान संसारको स्रष्टा ,पालनहार, स्वामी, शासक र संरक्षक हुनुहुन्छ। जसले पृथ्वी, आकाश, सूर्य, चन्द्रमा, तारा, विभिन्न नक्षत्र, मानव, जिन्न, फरिश्ता, जल, वायु, जीव-जन्तु वनस्पति र किटाणु आदि यस ब्रह्माण्डमा भएका सबै चीजहरु सृष्टि गर्नु भयो। उहाँको आदेशानुसार विभिन्न ग्रह तथा उपग्रहरु ठीक-ठीक गतिमा चल्दछन् । तिनीहरुलाई एक रौं बराबर पनि फरक नचल्ने व्यवस्था मिलाउनु भएकोछ भने यस्तो महान् ईश्वरको सम्बन्धमा हामी कसरी सोच्न सक्छौं कि मानवको मार्गदशर्नको लागि स्वयं आफैले सृष्टि गरेको कुनै मानिसको वीर्य बनेर नौ महिनासम्म गर्भमा शिशु जन्मे झैं जन्मिनु, फेरि वाल्यावस्था देखि किशोरावस्थामा पुग्नु, विवाह गर्नु, सन्तान जन्माउनु, मानवले झैं विभिन्न गाली गलौज, कुटाई खानु, जेल-नेल भोग्नु संसारको पालनकर्ताको लागि स्वभाविक हुन सक्छ त ? कदापि हुन सक्दैन। फेरि के यस्तो पनि हुनसक्छ ? ईश्वर मनुष्यको रुपमा पैदा हुँदा उसलाई मनुष्य नै मान्न सक्छन् कि सक्दैनन् त ? अवश्य मान्न सक्छन्। त्यति मात्र होइन त्यसको साथमा त्यही व्यवहार हुन्छ जो अरु मनुष्यको साथमा गरिन्छ। उहाँलाई पनि झूटा मुद्दामा फसाउँछन्, मतलब मानवले झेल्नुपर्ने हरेक प्रकारको समस्या उहाँले झेल्नुपर्छ। अब तपाई भन्नुहोस् के यस्तो अवस्थामा त्यो महान ईश्वरको अस्तित्व र प्रतिष्ठा लिलाम हुन पुग्छ कि पुग्दैन ?
यदि ईश्वरलाई हामी सर्वशक्तिमान मान्छौ भने यस संसारको पालनकर्तालाई मनुष्यसँग तुलना गर्नु उचित होइन । जब कसैले ईश्वरलाई मानवसँग तुलना गर्छ भने त्यो बुद्धिको दुर्बलताको उपज हो।
हामी हाम्रो दैनिक जीवनमा पनि यस कुराको अनुभव गर्दछौ कि कुनै पनि देशमा केही घटना घट्दछ भने त्यहाँ के स्वयं देशको प्रधानमन्त्री जानु हुन्छ त ? अवश्य पनि जानु हुन्न, कुनै समिति गठन गरेर छानविन गर्ने अनुमति दिनुहुन्छ र जसले घटना स्थलमा गएर सरकारी नियमानुसार आफ्नो कार्य सम्पादन गरेर प्रतिवेदन पेश गर्दछन्। फेरि जसलाई ईश्वरको अवतार मान्दथे, उनको जीवन चरित्रलाई हेर्दा थाह हुन्छ कि उनीहरु सबै मनुष्य थिए। उनीहरु पनि हिंड्-डुल, खानपान गर्दथे, आफू पनि आमाको कोखबाट जन्मिएका थिए भने उनीहरुका पनि छोरा-छोरी थिए। समय अनुसार बच्चा, जवान तथा बुढा हुन्थे, उनीहरु सुखी तथा दुःखी हुन्थे । उनीहरुमा यो कमजोरी तथा गल्ति पनि थियो, कसैलाई मख्खन चोरी त कसैलाई परस्त्रिसँग सम्बन्ध राख्ने आरोप छ त कसैलाई नशालु पदार्थ सेवन गर्ने। जुन ईश्वरले सही मार्गदर्शन गर्नु पर्नेमा आफैले गल्ति गर्नु हुन्छ भने त्यो ईश्वर हुन सक्छ त ? ईश्वरले त हर समय सारा संसारलाई निगरानी गरीरहेको हुन्छ ? जस्लाई कहिल्यै निन्द्रा लाग्दैन ? जसले हर प्राणीको विन्ति सुन्नु हुन्छ ? के ईश्वरको हातपाउ हुनसक्छ ? कसैको बुबा, आमा, दाजु-भाइ, छोरा-छोरी, पति-पत्नी या नातेदार ? यस्तो कदापि हुन सक्दैन। किनकि मानवले यस संसारलाई एकपल पनि चलाउन सक्छ भनेर। अवतारको यो कल्पना स्वयं वेदको सिद्धान्त विपरित छ।
ऋग्वेदका टिप्पणीकर्ता आशोराम आर्य टिप्पणी गर्नु हुन्छ- “जो मनुष्य ईश्वरकोअनेक अवतार मान्दछन् तिनीहरु सबैभन्दा ठूला मूर्ख हून्”।(ऋग्वेदको खण्ड १ सुक्त ७ मंन्त्र १०)
गान्धीजी लेख्नु हुन्छ-” मनुष्य ईश्वर मनुष्य हुनै सक्दैन। यसैले उहाँ कुनै मनुष्यको रुपमा अवतार लिनु हुन्न।” (प्रार्थनाको महत्व पृष्ट संख्या ६७ )
स्रोतः- सत्यको खोज (किताबबाट)
अनुवादकः- मुहम्मद इब्राहीम खरेल
पहिलो प्रकाशन मितीः वि.सं. 2068 फाल्गुन 25 (ईश्वी 2012 मार्च 08)
This email address is being protected from spambots. You need JavaScript enabled to view it.
IslamNepal.com