हामी नरम स्वभाव कसरी बन्ने ?
April 25, 2017
हामी नरम स्वभाव कसरी बन्ने ?
विवेक, गंभीर स्वभाव र धैर्यता यस्तो सुनौलो विशेषताहरु हुन जसले नैतिकतामा महत्वपूर्ण स्थान हुन्छ, नरम स्वभाव भएको व्यक्तिको व्यक्तित्व लोकप्रिय हुन्छ, उसको दुश्मन पनि मित्र बन्न थाल्छ र उ अल्लाहको दृष्टिमा धेरै प्यारो र अति पृय भक्त बन्छ ।
अशज्ज अब्दुल क़ैसले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग भन्नु भएको थियो:“तिमी भित्र दुई स्वभाव यस्तो छ त्यसलाई अल्लाहले मन पराउनु हुन्छ, नम्र स्वभाव र विवेक पूर्वक काम गर्ने”।
हामी सत्यबाट कसरी टाढा गयौं त ?
March 28, 2017
यस भन्दा अघिल्लो पाठबाट थाहा भए अनुसार हामी वास्तविक सत्यबाट कोसौं टाढा गएको पुष्टि प्रमाणित हुन्छ र यस शिर्षकबाट अझ हामी कसरी वास्तविक सत्यताबाट टाढा गएका रहेछौं भन्ने बारेमा केही ठोस प्रमाणित व्याख्या हेर्नुहोस्। धर्मग्रन्थले दिएको शिक्षा विरुद्ध हिंड्नु के हाम्रो लागि लाभदायक होला त ? अवश्य पनि लाभदायक छैन। हाम्रो लागि जुन ईशदूतले ईश्वरीय सत्य ज्ञान लिएर हामी कहाँ आउँथ्यो हामी उसैको विरुद्ध उल्टा काम गरेर हिंडेकाछौं ।
जस्को अनुसरण गर्नु प्रकृति अनुकूल थियो तर हामी उसको शिक्षा विरुद्ध हिंडीरहेका छौं किन ? के वहाँ हाम्रो शत्रु हो र ? हामीसँग वहाँले पारिश्रमिक माग्नु हुन्छ र ? पक्कै माग्नु हुन्न, तर किन हामी वहाँको विपक्षमा लाग्छौं त ?
हिजरीवर्ष 1439 को सन्देश
September 22, 2017
हिजरीवर्ष 1439 को सन्देश
हिजरीवर्ष 1439 औं (नयाँ वर्ष) को अवसरमा मानिसहरु हाँस्छन्, खेल्छन्, सांगितीक कार्यक्रम गर्ने, पटका पड्काउने, पटका उडाउने, मोज-मस्ती गर्दछन् यो त सामान्य नै हो तर नाइट क्लबमा त यस्तो तमासा हुन्छ कि जुन देखेर, सुनेर एक भलादमीव्यक्तिहरु लाजले टाउको निहुर्याउन बाध्यहुन्छ।
अहिले हामी अरबी पात्रो अनुसार अनुसार 1439 औं हिजरीवर्षमा प्रवेश गरिसकेका छौं, अरबी महिनाको पहिलो महिनाको नाममुहर्रम हो।
हिजरीवर्ष 1439 को सन्देश
September 22, 2017
हिजरीवर्ष 1439 को सन्देश
हिजरीवर्ष 1439 औं (नयाँ वर्ष) को अवसरमा मानिसहरु हाँस्छन्, खेल्छन्, सांगितीक कार्यक्रम गर्ने, पटका पड्काउने, पटका उडाउने, मोज-मस्ती गर्दछन् यो त सामान्य नै हो तर नाइट क्लबमा त यस्तो तमासा हुन्छ कि जुन देखेर, सुनेर एक भलादमीव्यक्तिहरु लाजले टाउको निहुर्याउन बाध्यहुन्छ।
अहिले हामी अरबी पात्रो अनुसार अनुसार 1439 औं हिजरीवर्षमा प्रवेश गरिसकेका छौं, अरबी महिनाको पहिलो महिनाको नाममुहर्रम हो।
हुद हुद पंक्षी र सबाकी रानी
March 21, 2017
हुद हुद पंक्षी र सबाकी रानी
हुद हुद पंक्षी र सबाकी रानी कहानीबाट हामीले केही शिक्षा पाउने छौं । संदेष्टा सुलैमान अलैहिस्सलामको सेनामा मानिस र जिन्नात बाहेक पशु पंक्षीहरु पनि थिए। सुलैमान अलैहिस्सलाम आफ्नो सेनालाई आफ्नो अधीनमा राख्दथे र हरेकको हालत वा अवस्थाबाट पूर्ण रूपमा जानकारी राख्दथे जो एक अनुभवी नायकको पहिचान हो। एक दिन हुद हुद नामको एउटा पंक्षी गायब भएको पाए, तब सोधे के हो मैले हुद हुदलाई देखि रहेको छैन, अनुमति नलिई कहाँ गयो होला ? यदि उसँग गायब हुने खास कुनै ठोस प्रमाण मिलेन भने म उसलाई कठोर सजाय दिन्छु अथवा जबह नै गरेर छाड्छु।
हेप्पी वर्थडे (जन्म दिनको शुभ-कामना) मनाउनु सही हो या ग़लत ?
March 31, 2017
हैप्पी वर्थ डे मनाउनु इस्लामिक दृष्टिकोणले सही होइन
हेप्पी वर्थडे (जन्म दिनको शुभ-कामना) मनाउनु सही हो या ग़लत ? यस सम्बन्धमा जान्ने कोशिस गरौं । हामी आफ्नो जन्म दिनको अवसर पारेर सबै आफन्त र इष्टमित्र साथिभाईहरुलाई निमन्त्रणा गरी जन्म दिनको उपलक्ष्यमा केक काटेर धुमधामसँग मनाउने गर्दछौं । यो संस्कार भनेको पश्चिमा मूलबाट भित्रीएको आयातित संस्कार हो । तर हामी पनि यस संस्कारलाई धेरै रुचाउन थालिसकेका छौं । बत्ति निभ्यो भने अपशकुन मान्ने परापूर्व संस्कारलाई भूलेर बत्ति निभाउने संस्कार कसरी शुरु भयो ? हामी किन यसरी उल्टो संस्कारमा प्रवेश गर्यौ अचम्म लाग्छ । मलाई मात्र अचम्म लागेको होइन हाम्रा वृद्ध वृद्धा हजुर बा र हजुर आमा पनि छक्क पर्नु भएको छ तर केही आधुनिक र सहरिया हजुर बा र हजुर आमा भने यो संस्कारमा रमाउन थाल्नु भएको देखिन्छ । तर वास्तवमा हामी वर्थ डे मनाएर खुशी हुने होइन तर दुःखी हुनुपर्छ यस अर्थमा कि हरेक बर्ष हामी मृत्युको नजिक पुग्दैछौं र पुण्य कर्म गरेका छैनौं, मृत्यु पछि हाम्रो हालत कस्तो होला ? हामीले कहिल्यै आफ्नो जीवनको बारेमा सोच्ने गर्दछौं ? दिन प्रति दिन हाम्रो जीवनको एक-एक दिन घट्दैछ तर हामी कहिल्यै सोच्ने गर्छौं बर्ष भरिमा के के पुण्य कार्य गर्यौ र के के पाप काम हामीबाट भयो भनेर ? जसरी एकजना व्यापारीले हरेक दीन आफ्नो व्यापारको लेनदेनको बारेमा हिसाब किताब गर्छ । कतिको सामान बिक्री भयो, कति उधारो गयो, कति नगद कारोबार भयो, कति सामान बाँकी छ र के के सामान सकिएको छ, ठीक यसै गरी तपाई हामी पनि बर्षभरीमा आफुबाट भएका पुण्य कार्य र पाप कार्यको हिसाब किताब गरौं। हामीले बर्ष भरिमा के के काम गर्यौ जुन मृत्यु पछि हामीलाई त्यस भयानक सजायाबाट जोगाउन सक्छ, त्यसको लेखाजोखा गर्नुहोस् र पुण्यलाई वृद्धि गर्ने र पापलाई घटाउने उपाय सोचौं । किन र कसरी यी पापहरु हामीबाट हुन गए र कसरी आफुलाई त्यस पापकार्यबाट जोगाउन सकिंन्छ । एकान्तमा कपि कलम लिएर लेखौं, र हरेक बर्ष आफुलाई कसरी सुधार्ने त्यो विषयमा समयमै सोचौं नत्रता हामी कुन दिन यस लोकबाट बिदा हुनेछौं हामीलाई थाहा छैन र मौका नै नपाएला आफुलाई सुधार्ने !
Read more: हेप्पी वर्थडे (जन्म दिनको शुभ-कामना) मनाउनु सही हो या ग़लत ?
पाप कार्य त्यो हो जुन काम गर्दा आफ्नो हृदयमा खट्किन्छर धर्म कार्य त्यो हो जुन गर्दा आफ्नो मन प्रशन्न हुन्छ । चाहे जति सुकै निर्दयी र पापी किन नहोस् तर उसको मनमा अवश्य नै आफुले गरेको पापले भित्र-भित्रै उसलाई पोल्छ । निश्चय नै मैले फलानोलाई अन्याय गरेको छु भनेर !
अल्लाहको हक भक्त माथि के छ ?
अल्लाहको हक भक्त माथि र भक्तको हक अल्लाह माथि के छ ?
यदि कोही मानिसले तपाईलाई पैसाको अति आवश्यकताको अवस्थामा तपाईलाई एक लाख रुपैयाँ दियो भने तपाई कति खुशी हुनुहुन्छ ? तपाईको मन त्यो व्यक्ति प्रति कति आदर र सम्मान हुन्छ होला ? पक्कै पनि तपाई हरेक समय उसको सेवाको लागि तयार हुनु हुन्छ किनकि उसले अति आवश्यकताको समयमा तपाईलाई मद्दत गरेको छ। कुनै मानिसले गरेको मद्दतको बदला उसले त्यो उपकारकर्ताको लागि आफ्नो ज्यान अर्पण गर्न पनि सक्छ भने आफ्नो सृष्टिकर्ताको उपकारको बदला के गर्न सक्छ ?
अल्लाहको महानता आयतुल कुर्सीको दर्पणमा
अल्लाहको महान्ता आयतुल कुर्सीको दर्पणमा
“अल्लाह उनी बाहेक कोही उपास्य छैन, जीवन्त एवं चिरस्थायी छन्। उसलाई न ऊँघ लाग्छ न निद्रा नै । आकाशहरु तथा पृथ्वीका सबै वस्तुहरु उनैका हुन छ। को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सक्ने ? उनी तिनीहरुका अगाडि र पछाडिका सबै कुरा जान्दछन् । र तिनीहरुले अल्लाहको ज्ञानबाट कुनैपनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैन, उसको प्रभुत्व आकाशहरु तथा पृथ्वी सबैमाथि छ। तिनीहरुको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी उच्च तथा महान छन्।” (सूरः बक़राः 255)
अल्लाह को हुन ?
अल्लाह तआलाको कथन छः “अल्लाह जस्तो कोही छैन र अल्लाह तआला सुन्नु हुन्छ र देख्नु हुन्छ ।” ( सूरः शूराः ४२)
हाम्रो मनमा यो प्रश्न बारम्बार उब्जीन्छअल्लाह को हुन ? उहाँको गुणहरु के कस्ता छन् ? र वहाँ कहाँ छन् ? आदी इत्यादी ।
अल्लाहको शब्द मनमा आउनासाथ एक महान महिमाको कल्पना मनमा उत्पन्न हुन्छ जो हर वस्तुको स्वामी र सृष्टिकर्ता हुन। उनले नै हरेक वस्तुलाई एक्लै सृष्टि गरेका हुन, सम्पूर्ण संसारलाई चलाउनेवाला उनी नै हुन, धर्ती र आकाशको हरेक चीज उसको आज्ञाको पालन गर्दछन्, उनी आफ्नो सम्पूर्ण विशेषताहरु र गूणहरुमा पूर्ण छन्, उनलाई खानपीन गर्ने आवश्यकता पर्दैन, अनि, विवाह, वंश तथा सन्तानको जरूरत पर्दैन …केवल उनको अस्तित्व उपासनाको योग्य छ ।
IslamNepal.com