इस्लाम र प्रोफेट ईसा (अ.)
December 2, 2017
प्रोफेट ईसा (अ.)
हामी सबैका पालनकर्ता अल्लाहले मानव जातिको मार्गदर्शनको लागि विभिन्न स्थान तथा युगमा करिब एक लाख चौबीस हजार सन्देष्टाहरु पठाए, सबै सन्देष्टाहरु सच्चा थिए र असल ईशभक्त थिए तर थिए मानव नै । उनीहरुमध्ये एउटा प्रतिष्ठित सन्देष्टा थिए ईसा मसीह (अ.) उनको बारेमा सूरह निसा, आयत १७१ मा अल्लाह तआलाले भन्नु भयो। “हे ग्रन्थबाहकहरु हो ! आफ्नो धर्ममा बाढाइचाढाइ नगर । अल्लाहबारे सत्य बाहेक अरू केही नभन । मर्यम पुत्र ईसा क्राइस्ट त मात्र अल्लाहका दूत र उनको वाणी हुन् जुन उनले मर्यमतर्फ पठाए र उनको तर्फबाट आएको एउटा आत्मा हुनुहुन्थ्यो । अतः तिमीहरु अल्लाह र उनका रसूल (दूत) हरु माथि आस्था राख । तीन (ईश्वरहरु) न भन । बरु (यस्ता कुराबाट) बच्ने गर, यो नै तिमीहरुको लागि उत्तम हुने छ । किन कि अल्लाह त एक मात्र हुन् । सबै प्रशंसा उनैको लागि हुन् । उनका कोही सन्तान छैनन र न उनी कसैका सन्तान हुन्। उनी पवित्र र महान छन् । धर्ती तथा आकाशका हरेक कुराहरु उनकै अधिनमा छन् र अल्लाह त संरक्षकका रूपमा प्रर्याप्त छन् । ”
अल्लाहको हक भक्त माथि के छ ?
September 27, 2016
अल्लाहको हक भक्त माथि र भक्तको हक अल्लाह माथि के छ ?
यदि कोही मानिसले तपाईलाई पैसाको अति आवश्यकताको अवस्थामा तपाईलाई एक लाख रुपैयाँ दियो भने तपाई कति खुशी हुनुहुन्छ ? तपाईको मन त्यो व्यक्ति प्रति कति आदर र सम्मान हुन्छ होला ? पक्कै पनि तपाई हरेक समय उसको सेवाको लागि तयार हुनु हुन्छ किनकि उसले अति आवश्यकताको समयमा तपाईलाई मद्दत गरेको छ। कुनै मानिसले गरेको मद्दतको बदला उसले त्यो उपकारकर्ताको लागि आफ्नो ज्यान अर्पण गर्न पनि सक्छ भने आफ्नो सृष्टिकर्ताको उपकारको बदला के गर्न सक्छ ?
अय्यामे बीज़को रोज़ा राख्दा हुने फाइदा
May 26, 2017
अय्यामे बीज़को रोज़ा १३, १४ र १५
आज विज्ञानले अनुसन्धानद्वारा यो प्रमाणित गरेको छ कि जब चन्द्रमा पूर्ण हुन थाल्छ तब त्यस अवधिमा मानव शरीर पनि यसबाट प्रभावित हुन्छ, यसैले अन्य दिनको अपेक्षामा यी दिनमा मानव भित्र कामुकता, उत्तेजना सृर्जना हुन थाल्छ, सहवासमा उत्तेजित हुन थाल्छ, क्रोधमा वृद्धि हुन थाल्छ जसले गर्दा यी दिनहरुमा अपराधिक घटनाहरु धेरै घट्ने गर्दछ । अरबी क्यालेन्डरको मिती अर्थात हिजरी सम्बत अनुसार हरेक महिनाको १३, १४ र १५ तारिखमा अल्लाहको रसूल (सल्ल.) ले हाम्रो लागिरोज़ा (उपवास) राख्न उपदेश दिएका छन् । अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्ना तीन सहाबाहज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु, हज़रत अब्दुल्लाह बिनअमर बिन आस रज़ियल्लाहु अन्हुमारहज़रत अबू ज़ररज़ियल्लाहु अन्हुलाईउपदेश दिंदै भन्नु भएको थियो किअय्यामे बीज़को रोज़ालाई विशेष रूपमा पालन गर।
इस्लाम सत्यमार्ग
November 10, 2016
इस्लाम नै सत्यधर्म हो ।
आज म तपाईँहरुसमक्ष यो प्रश्न राख्न चाहन्छु कि यो विशाल जगतको सृष्टिकर्ता र यहाँका सम्पूर्ण मानव जातिलाई सृष्टि गर्ने, हुर्काउने, लाभ तथा हानि पुर्याउने विभिन्न आकार प्रकार र स्वरूप अनि भेषभुषामा बाँड्ने, मृत्यु दिने र यस धर्तीबाट हाम्रालागि आवश्यक पर्ने खाद्य सामाग्री र विभिन्न प्रकारका फलफूलहरु सृजना गर्ने तथा यो सम्पूर्ण जगतलाई आफ्नै नियमित गतिमा चलाउने त्यो को हुन सक्छ ? के तपार्इँलाई थाहा छ ? थाह छैन भन्ने जानी राख्नुहोस् -इस्लाम सत्यमार्ग हो।
पूजाहरूका विधिहरूको बारेमा ज्ञान (हज्जको बारेमा फतवाहरू)
पूजाहरूका विधिहरूको बारेमा ज्ञान (व्रतको बारेमा फतवाहरू)
पूजाहरूका विधिहरूको बारेमा ज्ञान (जकातको बारेमा फतवाहरू)
नमाज रसूल सल्लल्लाहो अलैहे वसल्लमको अन्तिम उपदेश
पूजाहरूका विधिहरूको बारेमा ज्ञान (नमाजको बारेमा फतवाहरू)
पूजाहरूका विधिहरूको बारेमा ज्ञान (पवित्रताको बारेमा फतवाहरू)
पूजाहरूका विधिहरूको बारेमा ज्ञान (सैद्धान्तिक फतवाहरू)
इस्लाममा आचरणको स्थान
अल्लाहले भन्नु भएको छ… “उहाँले नै अनपढहरुमा उनीहरुमध्येबाट एउटा रसूल पठाउनु भयो, जसले उनीहरुलाई कुरआन पढेर सुनाउनु हुन्छ र शुद्धिकरण गर्नुहुन्छ।” (श्रोत- सूरह अल्-जुमुआ : ६२/२) अल्लाहले आफ्नो रसूललाई पठाएर मानवमाथि ठूलो उपकार गर्नु भएको छ, किनकि उहाँद्वारा नै मानिसहरुको शुद्धिकरण भयो। उहाँले मनिसहरुलाई शिर्क, इर्ष्या र नराम्रो स्वभावबाट पवित्र पार्नु भयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो उद्देश्यलाई प्रष्ट पार्दै भन्नु भएको छ… “उच्च आचरणकै शिक्षा दिनको लागि मलाई पठाईएको छ।” (श्रोत- बैहिकी : २१३०१) उहाँको प्रमुख उद्देश्य नै व्यक्ति र समाजलाई उच्च आचरणको शिक्षा प्रदान गर्नु हो।
तपाईको आर्थिक कारोबार
अल्लाहले गाँस, बास र कपासकै पूर्तिको लागि मेहनत र मजदुरी गर्ने आदेश दिनु भएको छ। यी कुराहरु यसरी स्पष्ट हुन्छन्…
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “मानिस भिख माग्दा-माग्दै अल्लाहकहाँ पुग्छ, तर उसको अनुहारमा मासुको एक चोक्टा पनि हुँदैन।” (श्रोत- बुखारी : १४०५, मुस्लिम : १०४०)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “जसलाई भोकमरी लाग्यो र त्यसको निवारणको लागि मानिसकहाँ जान्छ भने उसको समस्या समाधान नहुन पनि सक्छ, तर जसले आफ्नो समस्या अल्लाहकहाँ लिएर जान्छ भने उहाँले त्यसलाई पूरा मात्र होइन, बरु आत्मनिर्भर बनाई दिनुहुन्छ।” (श्रोत- अहमद : ३८६९, अबु-दाऊद : १६४५)
ब्याज
ऋणीले ऋणको साँवा बाहेक दिनु पर्ने थप रकमलाई ब्याज भनिन्छ। यो इस्लामि विधान अनुसार अवैध छ, किनभने यसमा अन्याय र हानि छ।
हुनत ब्याजका धेरै किसिमहरु छन्, तर प्रसिद्ध र अति अवैध किसिम… ऋण र सापट बापतको ब्याज हो, किनकि यसमा खरिद-बिक्री केही पनि हुँदैन, तै पनि साहुले ऋणीमाथि ऋणको बोझ थप्ने गर्दछ। यो दुई किसिमका छन्-
ऋणीले ऋणको साँवा बाहेक दिनु पर्ने थप धन वा रकमलाई ब्याज भनिन्छ। .
IslamNepal.com